मोदी सरकारलाई अर्को ठुलो झटका !! भारतीयलाई पनि अमेरिका प्रवेशमा रोक…

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ १८, २०७३
|
|
८३८ पटक हेरिएको
Shares
मोदी सरकारलाई अर्को ठुलो झटका !! भारतीयलाई पनि अमेरिका प्रवेशमा रोक…

सारांश

  • नयाँ दिल्ली, १८ माघ ।
  • डोनल्ड ट्रम्प सरकारको आदेशका कारण अमेरिकामा एच-१ बी भिसमा आउने प्रवासीको जीवनमा मुस्किल बढ्ने देखिएको छ।
  • खासगरी भारतीय आइटी कम्पनीहरुले आफ्ना कमर्चारीलाई अमेरिका पठाउनका लागि एच-१ बी भिसाको धेरै प्रयोग गर्दै आएका छन् ।
नयाँ दिल्ली, १८ माघ । डोनल्ड ट्रम्प सरकारको आदेशका कारण अमेरिकामा एच-१ बी भिसमा आउने प्रवासीको जीवनमा मुस्किल बढ्ने देखिएको छ।

खासगरी भारतीय आइटी कम्पनीहरुले आफ्ना कमर्चारीलाई अमेरिका पठाउनका लागि एच-१ बी भिसाको धेरै प्रयोग गर्दै आएका छन् । ह्वाइट हाउसले यस भिसा प्रावधानमार्फत अमेरिका आउनेलाई कडाई गर्नका लागि निर्देशन दिनेबारेको तथ्यहरु बाहिरिएसँगै भारतीय आइटी कम्पनी त्रसित भएका हुन् ।

भोक्स डटकमका अनुसार यीमध्ये एक वैधानिक आप्रवासीलाई पनि कम गर्नु रहेको छ । यसमा कानुनीरुपमा अमेरिका आउनेको संख्या घटाएर अमेरिकी रोजगार बढाउने कुरा गरिएको छ। दोस्रो उपायसम्बन्धी ड्राफ्टमा ‘विदेशी विद्यार्थीमाथि कडा निगरानी र एच-१ बी भिसाधारीलाई काममा राख्नेवाला कम्पनीको जाँच गरिने कुरा उल्लेख गरिएको छ ।
एच-१ बी भिसा अध्यागमन ऐन र राष्ट्रिय कानुनको धारा १०१ (ए) (१५) (एच) अन्तर्गत संयुक्त राज्य अमेरिकामा एक गैर-आप्रवासी भिसा हो । यसले अमेरिकी कम्पनीहरुले विशेष मानिएका व्यवसायमा अस्थायी रुपमा विदेशी कर्मचारीलाई नियुक्त गर्ने अनुमति दिन्छ ।
ट्रम्प सरकारले तयार गरेको ड्राफ्टमा मातृभूमि सुरक्षा अधिकारीहरुले यसको जाँच गर्ने उल्लेख छ । ओबामा सरकारले एच-१ बी भिसाधारीका पत्नीलाई पनि अमेरिकामा काम गर्ने अधिकार दिएको थियो ।
ट्रम्प सरकारले त्यसलाई उल्ट्याउने तयारीमा लागेको छ । यदि यस कार्यकारी आदेशलाई लागू गरियो भने यसले भारतबाट अमेरिकामा ज्ञान लिन जानेहरुलाई गम्भीर धक्का पर्नेछ ।
यस सम्बन्धमा न्यासकमका प्रमुख आर चन्द्रशेखरले भारतीय सञ्चारमाध्यमसँग प्रतिक्रिया दिन अस्वीकार गरे । ‘हाम्रो बुझाई भनेको दक्षण कामदारको ओहोरदोहोरले विश्वभरको अर्थतन्त्रलाई नै फाइदा पुग्छ । यसै कारणले आज सिलिकन भ्यालीमा विश्वभरको ज्ञान एकीकृत छ ।’ उनले अमेरिकामा बढिरहेको संरक्षणवादमाथि भारतीय आईटी उद्योगले नजर लगाइरहेको पनि दाबी गरे ।
हुन त भारतमा ट्रम्पले प्रधानमन्त्री नरेन्द्र मोदीलाई गरेको टेलिफोनको ह्याङ अझे उत्रेको छैन । रसिया र चीनका राष्ट्रपतिलाई भन्दा मोदीलाई पहिले फोन आउँदा भारतमा दिपावाली नै भएको थियो । तर अब त्यो एक कल फोनको खुसीको नशामा ट्रम्पले भारतीयविरुद्ध पानी हाल्न थालिसकेका छन् ।
ट्रम्पले अघिल्लो शुक्रवार एक कार्यकारी निर्देशनमार्फत अमेरिकामा सात मुस्लिमबहुल देशबाट शरणार्थीको आगमनमा रोक लगाइदिएका थिए । यसले अमेरिकामा भागदौडको माहोल बन्न पुग्यो ।
यो निर्देशनपछि न्यूयोर्कको एक सं‌घीय अदालतका न्यायाधीशले यस आदेशमाथि अन्तरिम आदेशमार्फत रोक लगाइदिइसकेका छन् । तर यसलाई लिएर पनि त्यहाँ भ्रमको माहोल कायमै छ । ट्रम्पको आदेशको असर सिरिया, इराक, इरान, सोमालिया, सुडान, यमन र लिबियाका कानुनीरुपमा आएका आप्रवासीमाथि पनि परेको छ ।
गुगल, फेसबुक, माइक्रोसफ्ट, ट्विटर, उबर र कयौँ अन्य कम्पनीहरुले अमेरिकी सरकारको एन्टी-इमिग्रेशन नीतीको कडा आलोचना गरेका छन् ।
भारतीय आईटी कम्पनीले यी सात देशका कामदारलाई राखेका त छैनन् तर एच-१ बी भिसा र मुसलमानविरुद्ध ट्रम्प सरकारको कडा प्रस्तुतिका कारण डराइरहेका छन् ।
भारतको एक ठूलो आईटी कम्पनीका वरिष्ठ कार्यकारीले भने, ‘शुक्रबार जुन निर्णय आएको छ, त्यसबाट हामी दु:खी छौँ। मलाई लाग्छ ट्रम्पको कार्यकालका क्रममा हामीले यसैमा बानी हुनुपर्छ ।’
उनका अनुसार आउने केही दिनमा अमेरिकालाई लिएर कम्पनीका वरिष्ठ अधिकारीहरुले नयाँ नीतिबारे विचार गर्नेछन् ।
एक अर्को आईटी कम्पनीले शुक्रबार आएको ट्रम्पको निर्णयबाट चकित नभएको बताएका छन् । उनले यदि ट्रम्प सरकारको कुनै निर्णयपबाट भारतीय आईटी इन्डस्ट्रीलाई हानी हुन्छ भने त्यसका लागि अर्को कदम चालिने उल्लेख गरे ।कारोबार दैनिकमा खबर छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेसभित्र पौडेललाई देखियो आफ्नै समुह सम्हाल्न सकस
कांग्रेसभित्र पौडेललाई देखियो आफ्नै समुह सम्हाल्न सकस
राष्ट्रपति भण्डारीद्वारा दुईवटा विधेयक प्रमाणीकरण
राष्ट्रपति भण्डारीद्वारा दुईवटा विधेयक प्रमाणीकरण
डा केसीलाइ मन्त्री बास्काेटाकाे जवाफ: सरकारी अड्डाहरु कसैको अनसन बस्ने ठाउँ होइनन्
जिप दुर्घटना: गापा सचिवको मृत्यु, उपाध्यक्ष घाइते
जिप दुर्घटना: गापा सचिवको मृत्यु, उपाध्यक्ष घाइते
आज माघे संक्रान्ति पर्व देशभर मनाइँदै
आज माघे संक्रान्ति पर्व देशभर मनाइँदै
रामचन्द्र पाैडेललाई शशांकको जवाफ ‘तपाईं धेरै उत्तेजित नहुनुहोस्’
न्यूनतम पारिश्रमिक पुग्योे, समितिको काम पूरा भो !
न्यूनतम पारिश्रमिक पुग्योे, समितिको काम पूरा भो !
सरकारले रोक्यो मुख्यमन्त्री लालबाबु राउतको अमेरिका भ्रमण
सरकारले रोक्यो मुख्यमन्त्री लालबाबु राउतको अमेरिका भ्रमण
एसिया कप क्रिकेटः फाइनलमा भारत र बंगलादेश भिड्दै, लयमा ब्याटिङ् गर्दै बंगलादेश !
एसिया कप क्रिकेटः फाइनलमा भारत र बंगलादेश भिड्दै, लयमा ब्याटिङ् गर्दै बंगलादेश !
सरकारको लक्ष्य पूरा गर्न कोशी पर्यटन महोत्सव
सरकारको लक्ष्य पूरा गर्न कोशी पर्यटन महोत्सव

तपाईंले छुटाउनुभयो कि?