७५३ जना मागेकोमा २४ हजारले दिए निवेदन

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ १९, २०७५
|
|
१७ पटक हेरिएको
Shares
७५३ जना मागेकोमा २४ हजारले दिए निवेदन

सारांश

  • काठमाडौं ।
  • प्रत्येक स्थानीय तह अन्तर्गतको रोजगार सेवा केन्द्रमा चाहिने रोजगार संयोजक पदमा करीब २४ हजारले इच्छा व्यक्त गर्दै निवेदन दिएका छन् ।
  • माघ ४ गतेदेखि आवेदन खुल्ला गरिएको थियो ।

काठमाडौं । प्रत्येक स्थानीय तह अन्तर्गतको रोजगार सेवा केन्द्रमा चाहिने रोजगार संयोजक पदमा करीब २४ हजारले इच्छा व्यक्त गर्दै निवेदन दिएका छन् ।

माघ ४ गतेदेखि आवेदन खुल्ला गरिएको थियो । सातै प्रदेशमा गरी २३ हजार ९८६ जनाले रोजगार संयोजकमा रहन इच्छा व्यक्त गर्दै निवेदन दिएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार ७५३ स्थानीय तहमा एकएक जना रहने गरी रोजगार संयोजकको लागि आवेदन मागेको हो ।

प्रदेश १ बाट ३ हजार ६६५, प्रदेश २ बाट ३ हजार ६७१, प्रदेश ३ बाट ४ हजार ९९४, गण्डकी प्रदेशबाट १ हजार ९५५, प्रदेश नं ५ बाट दुई हजार ३०१, कर्णाली प्रदेशबाट तीन हजार ३७८ र सुदूरपश्चिम प्रदेशबाट चार हजार चार जनाको आवेदन परेको मन्त्रालयले जनाएको छ ।

तोकिएको मापदण्डका आधारमा स्वचालित कम्युटर प्रणालीबाट रिक्त पदको तीन गुणा बराबरको आवेदकको प्रारम्भिक सूची तयार गरिनेछ । प्रारम्भिक छनोट सकिएसँगै कम्प्युटर सीप परीक्षाका लागि सूचना जारी गरिने बताइएको छ ।

रोजगार संयोजकले स्थानीय तहभित्र रहेका बेरोजगार व्यक्तिको तथ्यांक संलन तथा विश्लेषण गरी बेरोजगारको सूची अद्यावधिक गर्ने, सूचीकृत बेरोजगार व्यक्तिलाई परिचयपत्र प्रदान गर्नुपर्नेछ ।

रोजगारदाताबाट माग भए बमोजिम सूचीकृत बेरोजगार व्यक्तिलाई रोजगारीका लागि काममा जान सूचित गर्ने, बेरोजगारको ज्ञान, सीप, अनुभव, क्षमता र बजारको मागका आधारमा आवश्यक पर्ने सीप विकास तालीमको पहिचान गरी सम्बन्धित तालीम केन्द्रमा सिफारिस गर्नेछन् । बेरोजगार परिवारलाई प्रदान गर्ने निर्वाह भत्ता वितरण गर्ने र रोजगारसम्बन्धी सरोकारवालाई सहजीकरण गर्नेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ऋण चुक्ता नगर्नेको जग्गा रोक्का गर्न सहकारीद्वारा मालपोतमा निवेदन
ऋण चुक्ता नगर्नेको जग्गा रोक्का गर्न सहकारीद्वारा मालपोतमा निवेदन
नेपाली नागरिकसँग समलिंगी विवाह गर्ने विदेशीलाई गैर पर्यटकीय भिसा दिन सर्वोच्चको आदेश
नेपाली नागरिकसँग समलिंगी विवाह गर्ने विदेशीलाई गैर पर्यटकीय भिसा दिन सर्वोच्चको आदेश
बसाइँसराइले मासिँदै लोक संस्कृति
बसाइँसराइले मासिँदै लोक संस्कृति
स्थानीय तह निर्वाचन अपडेट : २० ठाउँको अन्तिम नतिजा आउँदा एमाले ८ र कांग्रेस ७ ठाउँमा विजयी
स्थानीय तह निर्वाचन अपडेट : २० ठाउँको अन्तिम नतिजा आउँदा एमाले ८ र कांग्रेस ७ ठाउँमा विजयी
राष्ट्रवादी शक्तिसित सहकार्य हुन्छः थापा
राष्ट्रवादी शक्तिसित सहकार्य हुन्छः थापा
म त माया गर्ने मान्छे:प्रिय
म त माया गर्ने मान्छे:प्रिय
अधिनायकवाद शुरु हुन लाग्यो : सभापति देउवा
अधिनायकवाद शुरु हुन लाग्यो : सभापति देउवा
माघ १३ गते पत्रपत्रिकाहरुको मुख्य समाचारहरु
माघ १३ गते पत्रपत्रिकाहरुको मुख्य समाचारहरु
अन्तस्शुल्क स्टिकर छपाई सम्बन्धी काम अघि नबढाउन लेखा समितिको निर्देशन
अन्तस्शुल्क स्टिकर छपाई सम्बन्धी काम अघि नबढाउन लेखा समितिको निर्देशन
मनाेरञ्जन समाचार : स‌ंजय दत्तकाे अन्तर्वाता एकाएक भयाे भाइरल
मनाेरञ्जन समाचार : स‌ंजय दत्तकाे अन्तर्वाता एकाएक भयाे भाइरल

तपाईंले छुटाउनुभयो कि?