१५ हजार मतान्तरले चुनाव जित्छु : मो. इस्तियाक राई, नेता जसपा (अन्तर्वार्ता)

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक २४, २०७९
|
|
३५ पटक हेरिएको
Shares
१५ हजार मतान्तरले चुनाव जित्छु : मो. इस्तियाक राई, नेता जसपा (अन्तर्वार्ता)

सारांश

  • निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवारहरु चुनाव प्रचार प्रसारको अन्तिम तयारीमा छन्।
  • निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवार चुनावी नतिजा आफ्नो पक्षमा पार्न तल्लीन छन्।
  • यसै सेरोफेरोमा बाँके क्षेत्र क्षेत्र नम्बु दुईबाट प्रतिनिधिसभाका लागि जसपा उम्मेदवार मोहम्मद इस्तियाक राईसँग गरिएको कुराकानीको संपादित अंश : अहिले निर्वाचन क्षेत्रमा हुनुहुन्छ, चुनाव प्रचारमा खटिनु भएको छ, मतदाताको कस्तो प्रतिक्रिया पाउनु भएको छ ?

निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवारहरु चुनाव प्रचार प्रसारको अन्तिम तयारीमा छन्। निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवार चुनावी नतिजा आफ्नो पक्षमा पार्न तल्लीन छन्।

यसै सेरोफेरोमा बाँके क्षेत्र क्षेत्र नम्बु दुईबाट प्रतिनिधिसभाका लागि जसपा उम्मेदवार मोहम्मद इस्तियाक राईसँग गरिएको कुराकानीको संपादित अंश :

अहिले निर्वाचन क्षेत्रमा हुनुहुन्छ, चुनाव प्रचारमा खटिनु भएको छ, मतदाताको कस्तो प्रतिक्रिया पाउनु भएको छ ?

हामी चुनावी प्रचार र प्रसारको अन्तिम चरणमा पुगेका छौं। जनतासँग प्रत्यक्ष सम्पर्कमा छौं। अहिले घरदैलो अभियानमा छौं। मतदाताबाट राम्रो र सकारात्मक प्रतिक्रिया पाइरहेका छौं।

तपाईंको प्रतिश्पर्धी मुख्यगरि राप्रंपाका उम्मेदवार धवलशमशेर राणासँग हुँदैछ, उहाँसँगको प्रतिस्पर्धा कत्तिको गाह्रो हुन्छ जस्तो लागेको छ?

मेरो प्रतिस्पर्धा राप्रपा उम्मेदवारसँग हुँदैन। मेरो प्रतिस्पर्धा नेपाली कांग्रेसका उम्मेदवारसँग हुन्छ। कहीँ पनि शतप्रतिशत भन्ने हुँदैन। तर म १५ हजार बढी मतान्तरले चुनाव जित्छु।

यसअघि कांग्रेसभित्र थोरै अन्तरद्वन्द्व थियो। अहिले त्यो समाधान भएको छ। त्यसकारण मेरो प्रतिस्पर्धा राप्रपासँग भन्दा पनि कांग्रेससँग हुन्छ। र म १५ हजार मतान्तरले चुनाव जित्छु।

त्यहाँ त धवलसमशेर राणाको निकै राम्रो प्रभाव क्षेत्र पनि हो। फेरि उहाँलाई एमालेको पनि समर्थन छ, तपाईं एक्लै चुनाव लड्दै हुनुहुन्छ, जित संभव छ?

यसअघिको चुनावमा पनि म एक्लै लडेर जितेको हो। कांग्रेस र राप्रपाको गठबन्धन अनि एमाले र माओवादीबीच तालमेल हुँदासमेत म एक्लै लडेर जितेर आएको हुँ। यो पटक पनि म एक्लै प्रतिस्पर्धा गर्दैछु र जितेर आउँदैछु।

मतदाताबाट कस्तो प्रतिक्रिया पाउनु भएको छ?
मैले आफ्नो एजेडा मतदातासमक्ष राखिसकेको छु। उहाँहरु विकास गर्न सक्ने, र विकास गर्ने मान्छेलाई चुनाव जिताउँछौं भन्नु भएको छ।

फेरि मैले नेपालगञ्जमा गरेको विकास यहाँका जनतालाई थाहा भएको हुनाले मेरो जित सुनिश्चित छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बैतडीमा २५ प्रतिशत मत खस्यो , न्वादेउमा बिष्फोटको आवाज आएपछि मतदाता त्रसित
बैतडीमा २५ प्रतिशत मत खस्यो , न्वादेउमा बिष्फोटको आवाज आएपछि मतदाता त्रसित
सांसद सुरेन्द्र यादव अपहरण आरोपमा आङकाजी शेर्पा र डा.बाबुराम भट्टराई विरुद्ध उजुरी
सांसद सुरेन्द्र यादव अपहरण आरोपमा आङकाजी शेर्पा र डा.बाबुराम भट्टराई विरुद्ध उजुरी
हमासमाथि अरबको दबाब बढाउने प्रयासमा ब्लिङ्केन
हमासमाथि अरबको दबाब बढाउने प्रयासमा ब्लिङ्केन
कस्तो छ शनिबार तपाईंको राशिफल?
कस्तो छ शनिबार तपाईंको राशिफल?
सांसदको भूमिका प्रभावकारी हुनसकेको छैन : सांसद तामाङ
सांसदको भूमिका प्रभावकारी हुनसकेको छैन : सांसद तामाङ
स्वास्नी मान्छेको पाठेघर तिम्रो विर्य बोक्ने ”झोला” मात्र हो महाशय ??
स्वास्नी मान्छेको पाठेघर तिम्रो विर्य बोक्ने ”झोला” मात्र हो महाशय ??
गरिब देशहरुमा सन् २०२१ को अन्तमा मात्र कोरोना भ्याक्सिन आउनसक्ने
गरिब देशहरुमा सन् २०२१ को अन्तमा मात्र कोरोना भ्याक्सिन आउनसक्ने
ज्याला गरेर नातिनी पढाउँदै चेपाङ हजुरआमाहरु
ज्याला गरेर नातिनी पढाउँदै चेपाङ हजुरआमाहरु
तीनकुने सामूहिक हत्याका अभियुक्त भण्डारी कारागार चलान
तीनकुने सामूहिक हत्याका अभियुक्त भण्डारी कारागार चलान
स्थानीय तह चुनावलाई ८ अर्ब ११ करोड रुपैयाँ बजेट सुनिश्चित
स्थानीय तह चुनावलाई ८ अर्ब ११ करोड रुपैयाँ बजेट सुनिश्चित

तपाईंले छुटाउनुभयो कि?