अमेरिकाले नेपाली शरणार्थीलाई अब शरण नदिने

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ १४, २०७४
|
|
५७ पटक हेरिएको
Shares
अमेरिकाले नेपाली शरणार्थीलाई अब शरण नदिने

सारांश

  • काठमाडौं, १४ असार ।
  • अमेरिकाको एक पुनरावेदन अदालतले नेपालीहरूलाई राजनीतिक शरण दिन नसकिने फैसला गरेको छ ।
  • अमेरिकी पुनरावेदन अदालत ‘युनाइटेड स्टेटस् कोर्ट अफ अपिल्स फर द सेकेण्ड सर्किट’ले नेपालको राजनीतिक परिदृश्य सकारात्मक बन्दै गरेको भन्दै आवेदकले उल्लेख गरे जस्तो भयावह स्थिति नरहेको स्पष्ट पारेको हो ।

काठमाडौं, १४ असार । अमेरिकाको एक पुनरावेदन अदालतले नेपालीहरूलाई राजनीतिक शरण दिन नसकिने फैसला गरेको छ ।

अमेरिकी पुनरावेदन अदालत ‘युनाइटेड स्टेटस् कोर्ट अफ अपिल्स फर द सेकेण्ड सर्किट’ले नेपालको राजनीतिक परिदृश्य सकारात्मक बन्दै गरेको भन्दै आवेदकले उल्लेख गरे जस्तो भयावह स्थिति नरहेको स्पष्ट पारेको हो ।

विशेषत, राजनीतिक शरण (असाइलम) सम्बन्धी मुद्वाको अन्तिम छिनोफानो पुनरावेदन अदालतले गर्ने गर्दछ । जुन फैसला, नजिरको रुपमा स्थापित हुन्छ ।

एक नेपाली नागरिकको मुद्दामा अमेरिकी पुनरावेदनको सो निर्णयलाई सार्वजनिक गरिएको छ । जसले नेपाली नागरिक सम्बन्धित आगामी असाइलम मुद्दामा नजिरको काम गर्नसक्ने बताइएको छ ।

यसले अमेरिकामा असाइलम सम्बन्धी नेपाली आवेदकहरू प्रभावित हुनेसक्ने भन्दै अमेरिकामा रहेका नेपालीहरू डराएका छन् ।

आवेदकले आफू नेपाली कांग्रेसको सक्रिय सदस्य रहेको र माओवादी विद्रोहीबाट ज्यानको खतरा रहेकाले भागेर अमेरिका पुगेको भन्दै अमेरिकामा शरण पाउन माग गरिएको थियो ।

अवैधानिक रुपमा अमेरिका प्रवेश गरेका नेपालीहरू त्यहाँ बसोबास गर्नका लागि शरणार्थीको माग गर्दै आएका छन् । अदालतको यो फैसलाले अब अबैधानिक नेपालीहरूलाई मुस्किल खडा गरिदिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यी दुई कुरा नभए एकता नगर्न वाइसिएलले दियो प्रचण्डलाई दवाव
यी दुई कुरा नभए एकता नगर्न वाइसिएलले दियो प्रचण्डलाई दवाव
बहुचर्चित धुर्मुसु–सुन्तली ‘नमूना नेपाल’ परियोजनाको सुरुवात ७ नं प्रदेशबाट हुँदै
बहुचर्चित धुर्मुसु–सुन्तली ‘नमूना नेपाल’ परियोजनाको सुरुवात ७ नं प्रदेशबाट हुँदै
नवनियुक्त मन्त्री भट्टराईद्वारा बल्खु र पेरिसडाँडा पुगेर शहीदप्रति माल्यार्पण
नवनियुक्त मन्त्री भट्टराईद्वारा बल्खु र पेरिसडाँडा पुगेर शहीदप्रति माल्यार्पण
गोरखा २ मा माओवादी अध्यक्ष दाहालको उम्मेदवारी दर्ता
गोरखा २ मा माओवादी अध्यक्ष दाहालको उम्मेदवारी दर्ता
विश्वकप क्रिकेटः नेदरल्याण्ड्सलाई हराउँदै बंगलादेश ‘सुपर-८’ नजिक
विश्वकप क्रिकेटः नेदरल्याण्ड्सलाई हराउँदै बंगलादेश ‘सुपर-८’ नजिक
अर्जेन्टिना अन्तिम १६ मा पुग्छ? यस्तो छ अंकगणित
अर्जेन्टिना अन्तिम १६ मा पुग्छ? यस्तो छ अंकगणित
5 terrorists killed in J-K’s Baramulla encounter
5 terrorists killed in J-K’s Baramulla encounter
महरा सभामुख बन्दा माओवादीनिकट पत्रकारहरुमा घम्साघम्सी, रातोपाटीलाई प्रतिपक्षको यस्तो काउन्टर
महरा सभामुख बन्दा माओवादीनिकट पत्रकारहरुमा घम्साघम्सी, रातोपाटीलाई प्रतिपक्षको यस्तो काउन्टर
स्थायी कमिटी बाट लालबाबु पण्डित आउट ( नामावलीसहित)
स्थायी कमिटी बाट लालबाबु पण्डित आउट ( नामावलीसहित)
फिस्टुला रोगबारे अभिमुखीकरण
फिस्टुला रोगबारे अभिमुखीकरण