विहे अघि रणवीर कपुर र आलिया भट्ट लिभिङ टुगेदरमा !
सारांश
- पछिल्लो समय पुरै बलिउड रणवीर कपुर र आलिया भट्टको सम्बन्धका कारण तरंगीत छ ।
- उनीहरु विवाह गर्दैछन् भनेर प्राय भारतीय सञ्चारमाध्यमहरुमा समाचार तथा गसिप आइरहेकै हुन्छ ।
- दुवैका परिवारका सदस्यहरुले एक अर्कालाई मन पराएका कारण पनि यो जोडी चाँडै विवाह बन्धनमा बाँधिन सक्ने अड्कलबाजीहरु भइरहेको हो ।
पछिल्लो समय पुरै बलिउड रणवीर कपुर र आलिया भट्टको सम्बन्धका कारण तरंगीत छ । उनीहरु विवाह गर्दैछन् भनेर प्राय भारतीय सञ्चारमाध्यमहरुमा समाचार तथा गसिप आइरहेकै हुन्छ । दुवैका परिवारका सदस्यहरुले एक अर्कालाई मन पराएका कारण पनि यो जोडी चाँडै विवाह बन्धनमा बाँधिन सक्ने अड्कलबाजीहरु भइरहेको हो । उनीहरुले गोप्यरुपमा इन्गेजमेन्ट समेत गरिसकेको आशंका भारतीय सञ्चारमाध्यमहरुले गर्दै आइरहेका छन् ।
यसै बीच विवाहको चर्चा चलिरहेकै बेला भरखरै अर्को खबर बाहिरिएको छ । जस अनुसार रणवीर र आलिया लिभिङ टुगेदरमा बस्दैछन् । फिल्म ब्रम्हास्त्रको शुटिङको क्रममा नजिकिएर उनीहरुलाई आफन्तबाटै लिभिङ टुगेदरमा बस्न सल्लाह आएको हो ।
रणबीरको आमा नितुले उनीहरुलाई एक अर्काको विषयमा थप बुझ्नका लागि पनि लिभिङ टुगेदरमा बस्न सल्लाह दिएको बताइन्छ । लिभिङ टुगेदरमा बस्नका लागि अहिले उनीहरुले घर खोजी रहेका छन् ।
प्रतिक्रिया