कर्णालीमा खाद्यान्न अपुग

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २८, २०७५
|
|
२७ पटक हेरिएको
Shares
कर्णालीमा खाद्यान्न अपुग

सारांश

  • सुर्खेत, २८ साउन ।
  • आर्थिक वर्ष २०७४÷७५ मा कर्णाली प्रदेशमा १८ हजार चार सय सात मेट्रिक टन खाद्यान्न अपुग भएको पाइएको छ ।
  • कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार प्रदेशका रुकुम, सल्यान र सुर्खेतबाहेकका जिल्लामा खाद्यान्न समस्या भएको थियो ।

सुर्खेत, २८ साउन । आर्थिक वर्ष २०७४÷७५ मा कर्णाली प्रदेशमा १८ हजार चार सय सात मेट्रिक टन खाद्यान्न अपुग भएको पाइएको छ ।कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार प्रदेशका रुकुम, सल्यान र सुर्खेतबाहेकका जिल्लामा खाद्यान्न समस्या भएको थियो । मन्त्रालयका प्राविधिक सहायक दीपेन्द्र श्रीवास्तवले गत आवमा रुकुममा धान, गहुँ, मकैलगायत बाली दुई हजार ६६४ मेट्रिक टन सञ्चित भएको थियो ।

यस्तै सुर्खेतमा पाँच हजार ४०५ मेट्रिक टन, सल्यानमा १३ हजार ६३० मेट्रिक टन खाद्यान्न सञ्चित गरिएको थियो । कालीकोटमा १४ हजार ६३३ मेट्रिक टन, दैलेखमा एक हजार ५३०, डोल्पामा दुई हजार ६६६, जाजरकोतमा तीन हजार ५९४, जुम्लामा चार हजार १६६, मुगुमा पाँच हजार १०२ तथा हुम्लामा आठ हजार ४१५ मेट्रिक टन खाद्यान्न अपुग भएको श्रीवास्तवले जानकारी दिनुभयो ।

साबिकको कर्णाली अञ्चलका बासिन्दालाई प्रतिव्यक्ति १९१ किलो तथा रुकुम, सल्यान, सुर्खेत, दैलेख र जाजरकोटका नागरिकलाई २०१ किलो खाद्यान्न आवश्यक पर्छ । पछिल्लो समय विदेशिने युवाको सङ्ख्या बढ्नु, कृषि पेशातर्फ आकर्षित नहुनु, वर्षा कम हुनु, बसाइँसराइ, अव्यस्थित शहरीकरण र जलवायु परिवर्तनका कारण खाद्यान्न उत्पादनमा कमी आएको मन्त्रालयका कृषि प्रसार अधिकृत पूर्णबहादुर थापाले बताउनुभयो ।विसं २०६८ को राष्ट्रिय जनगणनाअनुसार कर्णालीको जनसंख्या १३ लाख २५ हजार रहेको थियो । विसं २०७४ मा जनसंख्या वृद्धि भएर १८ लाख चार हजार पुगेको तथ्याङ्क छ ।

उक्त जनसंख्यालाई वार्षिक तीन लाख ५८ हजार ३१६ मेट्रिक टन खाद्यान्न आवश्यक पर्छ । अहिलेको अवस्थामा तीन लाख ३९ हजार ९०९ मेट्रिक टन खाद्यान्न उपलब्ध छ ।अठार हजार ४०७ मेट्रिक टन खाद्यान्न यस प्रदेशमा बाहिरबाट खरिद गरी ल्याउनुपर्ने मन्त्रालयले जनाएको छ । रु एक अर्ब २८ करोड ८४ लाख ९० हजारभन्दा बढीको खाद्यान्न प्रत्येक वर्ष कर्णालीले आयात गर्नुपर्दछ । मन्त्रालयका अनुसार आव २०७३÷७४ मा कर्णाली प्रदेशले रु एक अर्ब ७५ करोडको खाद्यान्न खरिद गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?