यमबुद्धको ३० बर्षको उमेरमा निधन

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ १, २०७३
|
|
२५५ पटक हेरिएको
Shares
यमबुद्धको ३० बर्षको उमेरमा निधन

सारांश

  • चर्चित (-यापर )गायक अनिल अधिकारी यमबुद्धको ३० बर्षको उमेरमा आज निधन भएको छ ।
  • धरानमा जन्मिएका अधिकारी पछिल्लो समय सपरिवार लण्डनमा बस्दंै आएका थिए ।
  • -याप गायक अधिकारी नेपाली सांगितिक क्षेत्रमा यमबुद्धको नामले चर्चित थिए ।

चर्चित (-यापर )गायक अनिल अधिकारी यमबुद्धको ३० बर्षको उमेरमा आज निधन भएको छ ।

धरानमा जन्मिएका अधिकारी पछिल्लो समय सपरिवार लण्डनमा बस्दंै आएका थिए । -याप गायक अधिकारी नेपाली सांगितिक क्षेत्रमा यमबुद्धको नामले चर्चित थिए ।

उत्तर लण्डनस्थित निवासमा आत्महत्या गरेका परिवार सदस्यले पुष्टी गरेका बीबीसी नेपाली समाचारले उल्लेख गरेको छ। बीबीसीका भगिरथ योगीसँग परिवारका सदस्यले मृत्युको पुष्टी गरेका विवरणमा उल्लेख छ।

उनको शव पोष्टमार्टमका लागि नर्थवीक पार्क हस्पिटल ह्यारोमा राखिएको छ।

उनका एकादेश र पागलपन निक्कै चर्चित गित -याप गित हुन । केही महिनाअघिमात्रै हलिउड र बलिउडको गायकसँग मिलेर नयाँ म्युजिक भिडियो सार्वजानिक गरेका थिए ।

उनि आज बिहान लण्डनमा आफु बस्ने अपार्टमेण्टको शौचालयमा झुण्डिएको अवस्थामा फेला परेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?