ऋषि धमलाको प्रश्नः सहकारी ठगीमा धनराज र ऋषिकेशमाथि अनुसन्धान खोई ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक १९, २०८१
|
|
४२ पटक हेरिएको
Shares
ऋषि धमलाको प्रश्नः सहकारी ठगीमा धनराज र ऋषिकेशमाथि अनुसन्धान खोई ?

सारांश

  • काठमाडौं।
  • रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले सहकारी ठगी प्रकरणमा कांग्रेस–एमालेका नेता बचाउने काम नगर्न चेतावनी दिएका छन् ।
  • समसामयिक विषयमा रिपोर्टर्स क्लबमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै सभापति धमलाले कांग्रेस उपसभापति धनराज गुरुङ र एमाले नेता ऋषिकेश पोखरेललाई पनि सहकारी ठगी प्रकरणमा अनुसन्धानको दायरामा ल्याउनुपर्ने बताएका हुन् ।

काठमाडौं। रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले सहकारी ठगी प्रकरणमा कांग्रेस–एमालेका नेता बचाउने काम नगर्न चेतावनी दिएका छन् । समसामयिक विषयमा रिपोर्टर्स क्लबमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै सभापति धमलाले कांग्रेस उपसभापति धनराज गुरुङ र एमाले नेता ऋषिकेश पोखरेललाई पनि सहकारी ठगी प्रकरणमा अनुसन्धानको दायरामा ल्याउनुपर्ने बताएका हुन् ।

‘सहकारी ठगी प्रकरणमा कांग्रेस एमालेका नेताहरुलाई बचाउने काम नगरौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि अनुसन्धान जारी छ । अदालतले एउटा निर्णय गर्छ । तर, धनराज गुरुङ र ऋषिकेश पोखरेललाई खोई अनुसन्धान ? कांग्रेस, एमालेका नेताहरुलाई पनि अनुसन्धान गर्नुपर्यो,’– उनले भने ।

प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिका सभापतिसमेत रहेका पोखरेल र कांग्रेस उपसभापति गुरुङ दुवै जना श्रीमतीका कारण विवादमा तानिएका छन् । कांग्रेस उपसभापति गुरुङकी पूर्व श्रीमती ज्योति गुरुङले ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारीको बचत रकम हिनामिना गरेको र सो कार्यमा धनराजको पनि संलग्नता रहेको आरोप छ ।

त्यस्तै, सार्वजनिक लेखा समितिका सभापतिसमेत रहेका पोखरेकी श्रीमती अञ्जला कोइरालामाथि उमागौरी कृषि सहकारी संस्थाको बचत रकम अपचलन गरेको आरोप छ । सो कार्यमा ऋषिकेशको पनि संलग्नता रहेको भन्दै प्रश्न उठिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालले एक खेल अगावै जित्यो केन्याविरुद्धको एकदिवसीय सिरिज
नेपालले एक खेल अगावै जित्यो केन्याविरुद्धको एकदिवसीय सिरिज
वेस्ट इन्डिजविरुद्ध भारतलाई एक खेल अघि शृंखला
वेस्ट इन्डिजविरुद्ध भारतलाई एक खेल अघि शृंखला
Akshay Kumar met Sonali Bendre on hearing about her cancer, calls her a fighter
Akshay Kumar met Sonali Bendre on hearing about her cancer, calls her a fighter
जनकपुर अञ्‍चल अस्पतालमा सुत्केरीको मृत्यु, अस्पताल तनाब ग्रस्त
जनकपुर अञ्‍चल अस्पतालमा सुत्केरीको मृत्यु, अस्पताल तनाब ग्रस्त
आज कतिमा कारोबार हुँदैछ सुन ?
आज कतिमा कारोबार हुँदैछ सुन ?
पृथ्वीनारायणको शालिकमा राष्ट्रपति र प्रधानमन्त्रीद्वारा  माल्यार्पण (हेर्नुहोस् ७ तस्बिरमा)
पृथ्वीनारायणको शालिकमा राष्ट्रपति र प्रधानमन्त्रीद्वारा माल्यार्पण (हेर्नुहोस् ७ तस्बिरमा)
सुन्दर हरैचामा एमाले कांग्रेसलाई पछ्याउदै….
सुन्दर हरैचामा एमाले कांग्रेसलाई पछ्याउदै….
थाम्बुचेतमा प्रहरी र स्थानीयवासीका बीचमा झडप : आठ प्रहरी घाइते
थाम्बुचेतमा प्रहरी र स्थानीयवासीका बीचमा झडप : आठ प्रहरी घाइते
सरकारले गर्ने लगानी उत्पादकत्व वृद्धिमा केन्द्रित हुनुपर्छ : मुख्यमन्त्री कार्की
सरकारले गर्ने लगानी उत्पादकत्व वृद्धिमा केन्द्रित हुनुपर्छ : मुख्यमन्त्री कार्की
राजपा र फोरमले टुंग्याए राष्ट्रियसभाका ४ उम्मेदवार
राजपा र फोरमले टुंग्याए राष्ट्रियसभाका ४ उम्मेदवार