यस्ती आमा, जसले छोरालार्इ काखमा राखेर आफैँलार्इ बमले उडाइन्

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ २५, २०७४
|
|
५१ पटक हेरिएको
Shares
यस्ती आमा, जसले छोरालार्इ काखमा राखेर आफैँलार्इ बमले उडाइन्

सारांश

  • इराक ।
  • द्वन्द्वग्रस्त मुलुक इराकको मोसुलबाट एउटा अचम्मको भिडियो सार्वजनिक भएको छ ।
  • त्यहाँ एक महिलाले आफ्ना नाबालक छोरासहित आफूलाई पनि बमले उडाएकी छिन् ।

इराक । द्वन्द्वग्रस्त मुलुक इराकको मोसुलबाट एउटा अचम्मको भिडियो सार्वजनिक भएको छ ।

त्यहाँ एक महिलाले आफ्ना नाबालक छोरासहित आफूलाई पनि बमले उडाएकी छिन् । घटनामा अन्य दर्जनौँ मानिस पनि घाइते भएका छन् ।

काखमा नाबालक छोरा बोकेकी ती महिला हाते व्याग बोकेकी थिइन् जसभित्र बम थियो । सुरक्षाकर्मीको अनुसन्धानपछि यी महिला महिला एकजना आईएस आतंकवादीकी पत्नी भएको खुलेको छ ।

इराकी पुलिसका सार्जेन्ट अली अब्दुल्ला हुसेनका अनुसार ती महिला पहिले धेरै संख्यामा सैनिकहरू जम्मा भएको स्थानमा पुगेकी थिइन् । त्यहाँ उनले बस विष्फोट गराउन असफल भइन् । र उनले पहिलो पटकमै बमलार्इ विस्फोट गराउन असफल भइन् ।

त्यसपछि सैनिकहरुले आफूमाथि शंका गरेको हो कि भनी उनी डराइन् । त्यसपछि उनी त्यहाँबाट भाग्न छिटोछिटो हिँड्न थालिन् ।

उनी भाग्दा भाग्दै बम पड्किन पुग्यो । यो बम विस्फोट हुँदा त्यहाँ दर्जनौँ मानिस घाइते हुन पुगे । यो घटनामा महिला र उनका छोराको घटनास्थलमै ज्यान गयो ।
हुसेनका अनुसार अघिल्लो तीन दिनमा इराकी सुरक्षा बललार्इ निशाना बनाउँदै यस किसिमका चारवटा घटना भइसकेका छन् ।

इराकमा आईएस आतंकवादीको अन्तिम गढ मोसुलमा सेना जितको करिब नजिक पुगेको छ । इराकी सुरक्षा बलले चाँडै नै मोसुलमा पूर्णनियन्त्रण कायम गर्ने जनाएको छ । आईएस आतंकवादीको गढमा रहेको सैन्य बस्ती पुर्णरूपमा ध्वस्त बनाइसकिएकाले इराकी सेनाले यस्तो दावी गरेको हो ।

शहर बाहिर शिविरमा रहेका एक व्यापारी मोहम्मद हाजी अहमदका अनुसार यदि शहरमा पुनर्निर्माणको काम थालिएन भने त्यहाँका बासिन्दालार्इ पुनर्स्थापित गराउन एकदमै गाह्रो छ ।

मोसुल सहर अब कुनै बेला आतंकवादी संगठनको गढका रूपमा कुख्यात अब हार खाने अन्तिम अवस्थामा पुगिसकेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रियसभामा रामबहादुर थापाको उम्मेदवारी खारेज
राष्ट्रियसभामा रामबहादुर थापाको उम्मेदवारी खारेज
दुई दिने भारत बन्द आह्वान, बैकिङ युनियनको पनि ऐक्यबद्धता
दुई दिने भारत बन्द आह्वान, बैकिङ युनियनको पनि ऐक्यबद्धता
अरुण खोलाले डाइभर्सन बगायो, पूर्-पश्चिम राजमार्ग अवरुद्ध
अरुण खोलाले डाइभर्सन बगायो, पूर्-पश्चिम राजमार्ग अवरुद्ध
सुदूरपश्चिम प्रदेश सरकारले इजरायलमा मृत्यु भएकाको परिवारलाई दुई लाख दिने
सुदूरपश्चिम प्रदेश सरकारले इजरायलमा मृत्यु भएकाको परिवारलाई दुई लाख दिने
फोहर र हिलो नियन्त्रणमा पहल थालिने
फोहर र हिलो नियन्त्रणमा पहल थालिने
किन आउँदैछन् बेलायती मन्त्री यसै साता नेपाल ?
किन आउँदैछन् बेलायती मन्त्री यसै साता नेपाल ?
अध्यक्ष तिमिल्सिनालाई चीनको नेसनल्स पिपुल्स कांग्रेस भ्रमणको निम्तो
अध्यक्ष तिमिल्सिनालाई चीनको नेसनल्स पिपुल्स कांग्रेस भ्रमणको निम्तो
श्री एयरलाइन्सकी एयरहोस्टेजलाई दुर्व्यवहार गर्ने युवक पक्राउ
श्री एयरलाइन्सकी एयरहोस्टेजलाई दुर्व्यवहार गर्ने युवक पक्राउ
जापानमा बौद्ध धर्मको प्रचार गर्दै रोबोट
जापानमा बौद्ध धर्मको प्रचार गर्दै रोबोट
विश्वकप फुटबल २०१८ : ब्राजिल र कोस्टारिकाबीच घाइते नेइमारकाे जादु चल्ला त ?
विश्वकप फुटबल २०१८ : ब्राजिल र कोस्टारिकाबीच घाइते नेइमारकाे जादु चल्ला त ?