यस्तो छ पकेटमारको कोडभाषा केटालाई छापा र केटीलाई भद्री

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष ४, २०७५
|
|
२४ पटक हेरिएको
Shares
यस्तो छ पकेटमारको कोडभाषा केटालाई छापा र केटीलाई भद्री

सारांश

  • काठमाडौंका विभिन्न क्षेत्रमा चल्ने सार्वजनिक यातायातमा पकेटमारीमा संलग्न ७७ जनालाई पक्राउ गरेको छ ।
  • महनगरीय प्रहरी परिसर काठमाडौंले उपत्यकामा पछिल्लो १५ दिनभित्र चोरी र लुटपाटमा संलग्न रहेको आरोपमा ४ महिलासहित ७७ जनालाई पक्राउ गरेको हो ।
  • काठमाडौंका सार्वजनिक सवारी साधनमा लुटपाट गर्नेदेखि विभिन्न सार्वजनिक स्थल र घर तथा आवासीय क्षेत्रमा समेत उनीहरुको संलग्नता रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त लामाले जानकारी दिए ।

काठमाडौंका विभिन्न क्षेत्रमा चल्ने सार्वजनिक यातायातमा पकेटमारीमा संलग्न ७७ जनालाई पक्राउ गरेको छ । महनगरीय प्रहरी परिसर काठमाडौंले उपत्यकामा पछिल्लो १५ दिनभित्र चोरी र लुटपाटमा संलग्न रहेको आरोपमा ४ महिलासहित ७७ जनालाई पक्राउ गरेको हो । काठमाडौंका सार्वजनिक सवारी साधनमा लुटपाट गर्नेदेखि विभिन्न सार्वजनिक स्थल र घर तथा आवासीय क्षेत्रमा समेत उनीहरुको संलग्नता रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त लामाले जानकारी दिए । उपत्यकामा चोरी र लुटपाटमा संलग्न उक्त गिरोहले २–२ जनाको दरले ६ जनाको समूह बनाई सार्वजनिक बसहरुमा यात्रारत यात्रुहरुबाट नगद, पैसा, गहना लुटपाट गर्ने गरेको समेत प्रहरीले जनाएको छ ।

त्यस्तै प्रहरीले पक्राउ पर्नेहरुबाट बरामद गरिएको ५ लाख ९६ हजार पीडितलाई आवश्यकता र व्यवहारिकताको आधारमा फिर्ता गरिसकेको छ । बरामद भएको १ लाख ६० हजार ७०० रुपैयाँ चोरीमा मुद्दा चलाई अदालतमा प्रमाणित गरी फिर्ता गर्ने क्रममा रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै दाङको घोराहीमा बस्ने धनीमान रोकामगरको न्युरोडबाट लुटिएको १ लाख ९ हजार पकेट मार्दामादै पक्राउ गरी प्रहरीले फिर्ता गरेको छ ।

पक्राउ परेकाहरुको साथबाट प्रहरीले ३९ थान मोबाइल, ४ थान आइप्याड, ५ थान ल्यापटप, सुनचाँदीका गहना, नक्कली पेस्तोल, चक्कुलगायतका सामानहरु समेत बरामद गरेको छ । पक्राउ परेकाहरुमाथि थप आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाइएको छ ।

यस्तो छ पाकेटमारले प्रयोग गर्ने कोड भाषा

पैसालाई – द
मोबाइललाई – कान
पकेटमारी पीडित– रामे
पकेटमारी गर्नुलाई – मास्टररकासी
पैसा धेरै छ – टानको द
पैसा थोरै छ – जुटको द
गाडी – काँचा
केटा – छापा
केटी – भद्री
प्रहरी आयो – ठुल्दाइ आयो
ड्राइभर – माम
खलासी – मले
गाडीबाट झरेर भाग – टप्की
गाडीभित्र अगाडि सर – अकल जा
गाडीभित्र पछाडि सर – चिछल जा

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

घाँस काट्दा रुखबाट लडेर एक जनाको मृत्यु
घाँस काट्दा रुखबाट लडेर एक जनाको मृत्यु
ऋषि धमलाले जिसस क्राईष्टको कुरा उठाउँदा एकनाथले यसरी गरे आक्रमण (भिडियोसहित)
ऋषि धमलाले जिसस क्राईष्टको कुरा उठाउँदा एकनाथले यसरी गरे आक्रमण (भिडियोसहित)
सदनमा प्रतिनिधित्व गर्ने सबै दलको सहमतिमा राष्ट्रपतिको चुनाव हुनुपर्छ
सदनमा प्रतिनिधित्व गर्ने सबै दलको सहमतिमा राष्ट्रपतिको चुनाव हुनुपर्छ
वृद्धाश्रमलाई पुर्खाको पवित्र थलोका रुपमा विकास गर्ने – नगरप्रमुख
वृद्धाश्रमलाई पुर्खाको पवित्र थलोका रुपमा विकास गर्ने – नगरप्रमुख
आज बिजोर नम्बरका सवारी मात्र चल्ने
आज बिजोर नम्बरका सवारी मात्र चल्ने
तयार भयो उड्ने कार- के हामी पनि यो जाम को सास्ती बाट मुक्त हुन्छौं त ?
तयार भयो उड्ने कार- के हामी पनि यो जाम को सास्ती बाट मुक्त हुन्छौं त ?
कस्ताे छ तपाईंकाे राशिफल ?
कस्ताे छ तपाईंकाे राशिफल ?
विष्णु पौडेललाई अर्थमन्त्री बनाउने प्रधानमन्त्री ओलीको तयारी, प्रचण्डको पनि समर्थन !
विष्णु पौडेललाई अर्थमन्त्री बनाउने प्रधानमन्त्री ओलीको तयारी, प्रचण्डको पनि समर्थन !
ग्यास उद्योगको गाडी रोक्न खोज्ने १४ जना ग्यास विक्रेता पक्राउ….
ग्यास उद्योगको गाडी रोक्न खोज्ने १४ जना ग्यास विक्रेता पक्राउ….
पप्पुलाई ११ अर्बको काम, साढे २ अर्बका आयोजना अलपत्र
पप्पुलाई ११ अर्बको काम, साढे २ अर्बका आयोजना अलपत्र

तपाईंले छुटाउनुभयो कि?