प्रधानमन्त्री देउवा आज स्वदेश फर्कदैं
सारांश
- काठमाडौं ।
- भारतको पाँच दिने राजकीय भ्रमणमा रहनु भएका प्रधानमन्त्री शेर बहादुर देउवा आज स्वदेश फर्कदैं हुनुहुन्छ ।
- बेलुका साढे ६ बजेको फ्लाइटबाट प्रधानमन्त्री देउवा दिल्ली हुँदै राती ८ बजे काठमाण्डौं आइपुग्ने कार्यक्रम रहेको छ ।
काठमाडौं । भारतको पाँच दिने राजकीय भ्रमणमा रहनु भएका प्रधानमन्त्री शेर बहादुर देउवा आज स्वदेश फर्कदैं हुनुहुन्छ । बेलुका साढे ६ बजेको फ्लाइटबाट प्रधानमन्त्री देउवा दिल्ली हुँदै राती ८ बजे काठमाण्डौं आइपुग्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री देउवाले आज विहारको बोधगया मन्दिरको दर्शन गर्नु हुने कार्यक्रम रहेको छ । विहान साढे ९ बजे बोधगया जाने कार्यक्रम रहेको हाम्रा नयाँ दिल्ली सहकर्मी कमलदेव भट्टराईले जनाएका छन् । उहाँले हिजो भारतको आन्ध्र प्रदेशमा रहेको तिरुपति मन्दिरमा विशेष पुजा गर्नु भएको थियो ।
देउवा तेलङ्गना राज्यको हैदरावादबाट विशेष विमानद्वारा दर्शनका लागि तिरुपति पुग्नु भएको थियो । यस्तै शुक्रबार देउवाले हैदरावादमा सूचना प्रविधिको क्षेत्रमा भएको प्रगतीहरुको अवलोकन गर्नु भएको थियो । तिरुपतिको दर्शन सकेर हिजै भारतको बोधगया आइपुगेका प्रधानमन्त्री देउवासंग विहारका मुख्यमन्त्री नितिश कुमारले भेट गर्नु भएको थियो ।
भेटका क्रममा प्रधानमन्त्री देउवा र मुख्यमन्त्री कुमारबीच हालै नेपालको तराई र विहारका कतिपय सीमा क्षेत्रमा बाढीका कारण भएको क्षतिका विषयमा छलफल भएको थियो । नेपाल र भारततर्फ बाढीले पुर्याएको क्षति तथा बाढी नियन्त्रणका लागि दुबै देशका तर्फबाट संयुक्त रुपमा दिगो व्यवस्थापनको पहल गर्नुपर्नेमा प्रधानमन्त्री देउवाले जोड दिनु भएको थियो ।
प्रतिक्रिया