आज बिजोर नम्बरका सवारी मात्र चल्ने

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र १३, २०७५
|
|
३१ पटक हेरिएको
Shares
आज बिजोर नम्बरका सवारी मात्र चल्ने

सारांश

  • काठमाडौं १३ भदौ ।
  • काठमाडौंमा भोलिदेखि शुरु हुने चौंथो बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) शिखर सम्मेलनलाई मध्यनजर गर्दै आज बिजोर नम्बरका गाडी मात्र चल्नेछन् ।
  • भदौ १४ र १५ गते हुन गईरहेको चौथो बिमस्टेक सम्मेलनमा सहभागी हुन आउने विदेशी विशिष्ट पाहुनाको आवागमनलाई मध्यनजर गर्दै आज बिजोर नम्बरका सवारी चल्नेछन् ।

काठमाडौं १३ भदौ । काठमाडौंमा भोलिदेखि शुरु हुने चौंथो बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) शिखर सम्मेलनलाई मध्यनजर गर्दै आज बिजोर नम्बरका गाडी मात्र चल्नेछन् ।

भदौ १४ र १५ गते हुन गईरहेको चौथो बिमस्टेक सम्मेलनमा सहभागी हुन आउने विदेशी विशिष्ट पाहुनाको आवागमनलाई मध्यनजर गर्दै आज बिजोर नम्बरका सवारी चल्नेछन् ।

महानगरीय ट्रफिक प्रहरी महाशाखाका अनुसार सुरक्षित, व्यवस्थित र सहज बनाउन भाद्र १३, १४ र १५ गते तीनदिन उपत्यकामा चल्ने सम्पुर्ण निजी र भाडाका सवारी साधनलाई जोर बिजोर प्रणाली लगाइएको हो ।

कतिपय अत्यावश्यक सवारी साधनलाई भने जोर बिजोर प्रणाली लागू नहुने बताइएको छ । बिमस्टेक कार्यक्रममा जान निमन्त्रणा भएका सवारी साधन, गृह तथा परराष्ट्र र बिमस्टेकमा खटिएका कर्मचारीका सवारी, सांसदका सवारी साधन, अत्यावश्यक सेवा जस्तै बिरामी बोकेका गाडी, परीक्षामा हिडेका विद्यार्थी, एयरपोर्ट टिकेट भएका, कुटनीतिक नियोगका सवारी साधन, सुचना विभागबाट प्रेस पास लिएका पत्रकारलाई जोर बिजोर लागू नगरिने बताइएको छ ।

राति १० बजेदेखि बिहान ६ बजेसम्म भने जुनसुकै सवारी साधन चलाउन पाइनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अफगानिस्तानलाई हराउँदै नेपाल विश्वकपको ‘सुपर सिक्स’ मा
अफगानिस्तानलाई हराउँदै नेपाल विश्वकपको ‘सुपर सिक्स’ मा
भरतपुरमा रेनु दाहालको अग्रता कायमै
भरतपुरमा रेनु दाहालको अग्रता कायमै
अष्ट्रेलियाको मेलबर्नस्थित बौद्ध मन्दिरमा आगलागी
अष्ट्रेलियाको मेलबर्नस्थित बौद्ध मन्दिरमा आगलागी
जसपाले खोस्यो बाबुराम, हिसिला लगायतको जिम्मेवारी
जसपाले खोस्यो बाबुराम, हिसिला लगायतको जिम्मेवारी
बलिउड अभिनेत्री दीया मिर्जाले गरिन् सम्बन्ध विच्छेद, ११ वर्षे वैवाहिक जीवनको अन्त्य
बलिउड अभिनेत्री दीया मिर्जाले गरिन् सम्बन्ध विच्छेद, ११ वर्षे वैवाहिक जीवनको अन्त्य
नेइमारपछिको विश्वकै दोस्रो महंगो खेलाडी कोटिन्हो
नेइमारपछिको विश्वकै दोस्रो महंगो खेलाडी कोटिन्हो
वीर अस्पतालको ‘भीभीआईपी’ सधै खाली
वीर अस्पतालको ‘भीभीआईपी’ सधै खाली
नेप्लिज मेडिकल स्टुडेन्ट एशोसिएशन बंगलादेशले सरकारलाई दियो ७२ घण्टे अल्टिमेटम (विज्ञप्तीसहित
नेप्लिज मेडिकल स्टुडेन्ट एशोसिएशन बंगलादेशले सरकारलाई दियो ७२ घण्टे अल्टिमेटम (विज्ञप्तीसहित
प्रेसमैत्री कानून बनाउन सरोकार वालाकाे माग !
प्रेसमैत्री कानून बनाउन सरोकार वालाकाे माग !
आन्दोलनको तयारीमा राजपा : दुईदिन नेपाल ठप्प पार्ने, अब के होला ?
आन्दोलनको तयारीमा राजपा : दुईदिन नेपाल ठप्प पार्ने, अब के होला ?

तपाईंले छुटाउनुभयो कि?