एकैघरका पत्रकार दाजुभाइ चुनावी मैदानमा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर १२, २०७४
|
|
४९ पटक हेरिएको
Shares
एकैघरका पत्रकार दाजुभाइ चुनावी मैदानमा

सारांश

  • भक्तपुर, १२ मंसिर   यही मंसिर २१ गते हुने निर्वाचनमा एकैघरका पत्रकार दाजुभाइ चुनावी मैदानमा ओर्लिएका छन् ।
  • नेपाल मजदुर किसान पार्टीमा बसेर ५० वर्षभन्दा बढी समय राजनीति गर्नुभएका नेमकिपाका केन्द्रीय सदस्य बुद्धिकुमार गोसाईका जेठा छोरा सरोजराज गोसाईले क्षेत्र नं १ प्रदेश (ख) बाट र माहिला सुरेन्द्रराज गोसाईले क्षेत्र नं २ प्रदेश नं (क) बाट उम्मेदवारी दिनुभएको हो ।
  • सरोजराज भक्तपुरबाट प्रकाशित मजदुर दैनिकका कार्यकारी सम्पादक, वासु उमावि व्यवस्थापन समितिका अध्यक्ष एवं ख्वप कलेजका प्राध्यापक हुनुहुन्थ्यो भने  सुरेन्द्रराज अनलाईन मजदुरका सम्पादक एवंम बाल विकास इंग्लिस स्कुलका प्राध्यानाध्यापक हुनुहुन्थ्यो ।

भक्तपुर, १२ मंसिर   यही मंसिर २१ गते हुने निर्वाचनमा एकैघरका पत्रकार दाजुभाइ चुनावी मैदानमा ओर्लिएका छन् ।

नेपाल मजदुर किसान पार्टीमा बसेर ५० वर्षभन्दा बढी समय राजनीति गर्नुभएका नेमकिपाका केन्द्रीय सदस्य बुद्धिकुमार गोसाईका जेठा छोरा सरोजराज गोसाईले क्षेत्र नं १ प्रदेश (ख) बाट र माहिला सुरेन्द्रराज गोसाईले क्षेत्र नं २ प्रदेश नं (क) बाट उम्मेदवारी दिनुभएको हो ।
सरोजराज भक्तपुरबाट प्रकाशित मजदुर दैनिकका कार्यकारी सम्पादक, वासु उमावि व्यवस्थापन समितिका अध्यक्ष एवं ख्वप कलेजका प्राध्यापक हुनुहुन्थ्यो भने  सुरेन्द्रराज अनलाईन मजदुरका सम्पादक एवंम बाल विकास इंग्लिस स्कुलका प्राध्यानाध्यापक हुनुहुन्थ्यो ।

विसं २०३० मा जन्मनुभएका सरोज र २०३६ सालमा जन्मनुभएका सुरेन्द्रले २०४६ सालको पञ्चायतीविरुद्धको आन्दोलनमा विद्यार्थी क्षेत्रबाट सक्रिय रहँदै राजनीतिमा आउनुभएको हो ।
नेमकिपाका विभिन्न भ्रातृ संगठनमा रहेर काम गर्दै केन्द्रित सदस्य हुनुभएका उहाँहरूलाई पार्टीले टिकट दिएपछि शैक्षिक र लामो समयको पत्रकारिता पेशालाई थाती राखेर चुनावी मैदानमा उत्रिनुभएको छ ।

नेपाल पत्रकार महासंघ भक्तपुर शाखाका संस्थापक सदस्यसमेत हुनुभएका सरोजराज भक्तपुर क्षेत्र नं २ (ख) सूर्यविनायक प्रदेशबाट प्रदेशसभा सदस्यको उम्मेदवारी पछि घरदैलो कार्यक्रममा व्यस्त हुनुहुन्छ

उहाँ भन्नुहुन्छ– “हामी दाजुभाइ सानै हुँदा घरमा गोप्यरुपमा पञ्चायतविरुद्ध मोर्चाबन्दी बनेकाले राजनीतितर्फ आकर्षित भईयो । पत्रकारितालाई पनि निरन्तरता दिँदै आइयो, अहिले पार्टीले जिम्मेवारी सुम्पेको छ, त्यो जिम्मेवारी बहन गर्न जनताको साथ र सहयोग माग्दै हिँडेको छु ।”

उहाँ उम्मेदवार भएको क्षेत्रमा प्रदेशसभातर्फ नेकपा (एमाले) का शशीजंग थापा, नेपाली काँग्रेसका अंगद खड्कासँग कडा प्रतिस्पर्धा हुने भएको छ । सबैले आआफ्नो जित सुनिश्चित भएको दाबी गरिरहँदा गोसाई पनि समाजवाद स्थापना र गरिबी उन्मूलनको लक्ष्य लिएर मतदातासँग भोट मागिरहेको बताउनुहुन्छ ।

प्राध्यापनका साथै नेमकिपाको विभिन्न संगठनको नेतृत्व गर्दै हाल एक विद्यालयको प्राध्यानाध्यापक र अनलाइन मजदुरको सम्पादक भएर कार्य गरिरहनुभएका सुरेन्द्रराज पनि क्षेत्र नं १ (ख) भक्तपुर प्रदेशको चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

नेमकिपाको पक्कड रहेको र हालसम्म एकलौटी रुपमा नेमकिपाले विजय हासिल गर्दै आएको यो क्षेत्रमा उहाँसँग प्रतिस्पर्धाका लागि वाम गठबन्धनबाट रोमन शिलाकार र नेपाली काँग्रेसबाट अनिल भुजु पनि चुनावी मैदानमा हुनुहुन्छ

यो प्रदेशमा नेमकिपाको किल्ला भत्काउन सबै दललाई मुस्किल पर्ने देखिएसँगै गोसाईको जित सुनिश्चित रहेको चर्चा चल्दै गर्दा उहाँले भने यस प्रदेशको विकासका लागि आफू प्रतिबद्ध भएर लागिरहने बताउनुहुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?