यू-२३ टोलीको कप्तानमा विमल घर्तीमगर, उप-कप्तानमा अनन्त तामाङ

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ २५, २०७४
|
|
२१ पटक हेरिएको
Shares
यू-२३ टोलीको कप्तानमा विमल घर्तीमगर, उप-कप्तानमा अनन्त तामाङ

सारांश

  • काठमाडौं ।
  • नेपालले एएफसी यू-२३ च्याम्प्यिनसिप खेल्ने भएको छ ।
  • एएफसी यू-२३ को नेतृत्व विमल घर्ती मगरलाई दिइएको छ ।

काठमाडौं । नेपालले एएफसी यू-२३ च्याम्प्यिनसिप खेल्ने भएको छ । एएफसी यू-२३ को नेतृत्व विमल घर्ती मगरलाई दिइएको छ ।

दुई वर्षअघि नेपालले साफ यू १९ च्याम्पियनसिपको उपाधि जित्दाका कप्तान समेत रहेका विमलले यसपटक पनि एएफसी यू २३ टोलीको नेतृत्व गर्ने मौका पाएका छन् ।

नेपालका प्रशिक्षक राजुकाजी शाक्यले आइतबार २३ खेलाडीको अन्तिम छनोट गर्दै राष्ट्रिय टोलीमा समेत रहेको विमललाई कप्तानको जिम्मेवारी दिएका हुन् । यस्तै राष्ट्रिय खेलाडी अनन्त तामाङ टोलीको उप-कप्तान रहेका छन् ।

युएईमा हुने च्याम्पियनसिप छनोट खेल्न नेपाल असार २९ गते त्यसतर्फ प्रस्थान गर्नेछ । टोलीले मंगलबार काठमाडौंमा बंगलादेशसँगको मैत्रीपूर्ण खेल खेल्नेछ ।

समूह ‘डी’ मा परेको नेपालले पहिलो खेल आयोजक युइएसँग ३१ गते खेल्नेछ । साउन २ गते उज्वेकिस्तान र त्यसको दुई दिनपछि समूह चरणको अन्तिम खेलमा नेपालले लेबनानको सामना गर्नेछ ।

छनोट भएका यू २३ टोलीका खेलाडी

गोलकिपरएलेन न्यौपाने, अशोक बराल, किशोर गिरी

रक्षकअनन्त तामाङ, दीनेश राजवंशी, गौरव बुढाथोकी, कमल श्रेष्ठ, अमित तामाङ, निरज बस्नेत, छिरिङ गुरुङ, लक्ष्मण जिसी

मिडफिल्डहेमन गुरुङ, हेमन्त मगर, सुमन लामा, सुनिल बल, पुजन उपरकोटी, तेज तामाङ, डोना थापा, विवेक बस्नेत

फरवार्ड – विमल घर्ती मगर, अन्जन विष्ट, संजोग राई, विश्वास श्रेष्ठ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?