रविन्द्र अधिकारीले सम्हाल्ने भए पर्यटनको कमाण्ड
सारांश
- काठमाडौं, २ चैत ।
- नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सरकारमा सामेल हुने नयाँ मन्त्रीको नाम र मन्त्रालय टुङ्गो लगाएको छ ।
- एमालेका चर्चित युवा नेता रविन्द्र अधिकारीले पर्यटन मन्त्रालयको कमाण्ड सम्हाल्ने भएका छन् ।
काठमाडौं, २ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सरकारमा सामेल हुने नयाँ मन्त्रीको नाम र मन्त्रालय टुङ्गो लगाएको छ । एमालेका चर्चित युवा नेता रविन्द्र अधिकारीले पर्यटन मन्त्रालयको कमाण्ड सम्हाल्ने भएका छन् ।
त्यस्तै, एमालेले प्रदीप ज्ञवालीलाई परराष्ट्र, गोकर्ण विष्टलाई श्रम तथा रोजगार, लालबाबु पण्डितलाई संघीय मामिला तथा सामान्य प्रशासन, जगत विश्वकर्मालाई युवा तथा खेलकुद, रघुवीर महासेठलाई भौतिक पूर्वाधार मन्त्री बनाउने भएको छ । त्यस्तै गोकुल बास्कोटालाई सूचना तथा सञ्चार मन्त्रीका रुपमा पठाउने भएको छ ।
प्रतिक्रिया
कुल कमेन्ट:
1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Karki Rajendra
हार्दिक बधाई एवम् सफल कार्यकालकाे शुभकामना दाजु Rabindra Adhikari