राप्रपा राष्ट्रिय अध्यक्षमा डा लोहनी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ ११, २०७३
|
|
१७५ पटक हेरिएको
Shares
राप्रपा राष्ट्रिय अध्यक्षमा डा लोहनी

सारांश

  • राष्ट्रिय प्रजातन्त्र पार्टीको राष्ट्रिय अध्यक्ष पशुपतिशम्शेर जबराको समयावधि सोमबारदेखि सकिएको छ ।
  • तत्कालीन राप्रपामा लागू गरिएको चक्रीय प्रणालीअनुसार लोकेन्द्रबहादुर चन्द, राणा र वरिष्ठ नेता डा प्रकाशचन्द्र लोहनीले क्रमशः पार्टीको नेतृत्व करिब छ –छ महिना लिने सहमति भएअनुसार चन्दले पार्टी अध्यक्षको जिम्मेवारी पूरा गरेपछि साउन ११ देखि अध्यक्ष भएका राणाले पनि छ महिनाको अवधि पूरा भएको छ ।
  • सो पार्टी र राप्रपा नेपालको एकीकरण हुनुअगावै राप्रपाको उच्चस्तरीय कार्यसम्पादन समितिको निर्णयानुसार राणाको पद आजदेखि लागू हुने गरी सकिएको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको राष्ट्रिय अध्यक्ष पशुपतिशम्शेर जबराको समयावधि सोमबारदेखि सकिएको छ ।

तत्कालीन राप्रपामा लागू गरिएको चक्रीय प्रणालीअनुसार लोकेन्द्रबहादुर चन्द, राणा र वरिष्ठ नेता डा प्रकाशचन्द्र लोहनीले क्रमशः पार्टीको नेतृत्व करिब छ –छ महिना लिने सहमति भएअनुसार चन्दले पार्टी अध्यक्षको जिम्मेवारी पूरा गरेपछि साउन ११ देखि अध्यक्ष भएका राणाले पनि छ महिनाको अवधि पूरा भएको छ । सो पार्टी र राप्रपा नेपालको एकीकरण हुनुअगावै राप्रपाको उच्चस्तरीय कार्यसम्पादन समितिको निर्णयानुसार राणाको पद आजदेखि लागू हुने गरी सकिएको हो ।

तत्कालीन राप्रपामा राणापछिको नेतृत्व वरिष्ठ नेता डा लोहनीले गर्ने सहमति भएको लोहनीका प्रेस सहयोगी जनक पाठकले जानकारी दिए । दुवै पार्टी एकीकरण हुँदा पनि सो विषयलाई प्राथमिकतामा राखिएको थियो ।

नयाँ अध्यक्षका लागि पार्टीका वरिष्ठ नेता डा लोहनीले राष्ट्रिय पदको जिम्मेवारी आजैदेखि लिनुपर्ने भए पनि पार्टी अध्यक्ष कमल थापा काठमाडौँ बाहिर रहेकाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज नबस्ने भएको छ । गत मङ्सिर ६ गते दुवै पार्टी एकीकरण भएर बनेको राप्रपाको बुधबार बस्ने बैठकले डा लोहनीलाई अध्यक्षका रुपमा अनुमोदन गर्ने पार्टीका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए।

पार्टी महाधिवेशन आगामी फागुन ६ देखि ९ गतेसम्म स्थानीय भृकुटीमण्डपमा हुने भएको छ । सोका लागि आवश्यक तयारीका कार्य जारी छ । महाधिवेशनको कार्यतालिका सार्वजनिक भइसकेकाले नयाँ अध्यक्ष डा लोहनीले करिब एक महिना मात्र पार्टीलाई नेतृत्व दिनेछन् । उनले बुधबार आफ्नो कार्ययोजना सार्वजनिक गर्नेछन् ।

महाधिवेशनमा आगामी नेतृत्व सर्वसम्मत रुपमा छनोट गर्न देशभर नै सहमतिबाट प्रतिनिधि छनोटको प्रयास भइरहेको छ । पार्टीको यही माघ ७ देखि १५ गतेसम्म देशभर वडा, गाउँ र नगरको अधिवेशन जारी छ ।

महाधिवेशनका लागि पार्टी अध्यक्ष कमल थापाको संयोजकत्वमा ५०१ सदस्य रहेको एकता महाधिवेशन व्यवस्थापन मूल समारोह समिति गठन भइसकेको छ । सोही प्रयोजनका लागि प्रचारप्रसार, मञ्च व्यवस्थापन, सुरक्षा व्यवस्थापन, अतिथि स्वागत तथा व्यवस्थापनलगायत १२ उपसमिति गठन भएका छन् ।

पार्टीका नेता देवेन्द्र प्रधानका अनुसार देशभर साधारण सदस्य वितरण तथा तल्लो तहदेखि प्रतिनिधि छनोटको प्रक्रिया सुरु भइसकेको छ । आगामी फागुन २ गतेसम्म देशभरबाट प्रतिनिधि छनोट गरी केन्द्रीय निर्वाचन समितिमा नाम पठाउनुपर्ने बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सन्दीपलाई वेष्टइन्डिजमा ‘ब्रेकथ्रु स्टार अवार्ड’
सन्दीपलाई वेष्टइन्डिजमा ‘ब्रेकथ्रु स्टार अवार्ड’
फेसबुक चलाएर बस्ने विमानास्थलका कर्मचारीलाई कारवाही हुन्छ, चलाउनेको फोटो संकलन भइसक्योः पर्यटनमन्त्री भट्टराई
फेसबुक चलाएर बस्ने विमानास्थलका कर्मचारीलाई कारवाही हुन्छ, चलाउनेको फोटो संकलन भइसक्योः पर्यटनमन्त्री भट्टराई
राष्ट्रपति र प्रधानमन्त्रीको अश्लिल फोटो बनाउने पत्रकार पक्राउ !
राष्ट्रपति र प्रधानमन्त्रीको अश्लिल फोटो बनाउने पत्रकार पक्राउ !
शान्तिपूर्ण रुपमा उम्मेदवारी दर्ता सुरु
शान्तिपूर्ण रुपमा उम्मेदवारी दर्ता सुरु
फ्रान्सले विश्वकप जितेमा प्रशिक्षकले यस्तो रेकर्ड कायम गर्नेछन्
फ्रान्सले विश्वकप जितेमा प्रशिक्षकले यस्तो रेकर्ड कायम गर्नेछन्
उच्चमा मुद्दा नटुंगिदै हाइप्रोफाइल वन्यजन्तु तस्कर सर्वाेच्चमा
उच्चमा मुद्दा नटुंगिदै हाइप्रोफाइल वन्यजन्तु तस्कर सर्वाेच्चमा
चौबीस करोड राजश्व संकलन
चौबीस करोड राजश्व संकलन
मुलुकभर लोडसेडिङ हुन नदिने तयारी, आगामी हिउँद पनि उज्यालै हुने
मुलुकभर लोडसेडिङ हुन नदिने तयारी, आगामी हिउँद पनि उज्यालै हुने
आईपीएलको उपाधि भिडन्त आज, चेन्नई र मुम्बई ईण्डियन्स आमने–सामने
आईपीएलको उपाधि भिडन्त आज, चेन्नई र मुम्बई ईण्डियन्स आमने–सामने
‘पत्रिकाको विज्ञापन पार्टीले होइन शुभेच्छुकले छापेका हुन’ एमाले
‘पत्रिकाको विज्ञापन पार्टीले होइन शुभेच्छुकले छापेका हुन’ एमाले

तपाईंले छुटाउनुभयो कि?