साहस र आत्मवलले कोरोनालाई जित्ने २७८
सारांश
- कोरोना भाइरसको महामारीले विश्वका विभिन्न देशका नागरिकको ठूलो संख्याले ज्यान गुमायो ।
- कोरोनाको औषधी पत्ता लगाउन अहिले विश्व नै लागि परेको छ ।
- औषधी नै नभए पनि आत्मबल र साहसका कारण विश्वका धेरै कोरोना संक्रमितले यसमाथि विजय पाउन सफल भएका छन् ।
कोरोना भाइरसको महामारीले विश्वका विभिन्न देशका नागरिकको ठूलो संख्याले ज्यान गुमायो । कोरोनाको औषधी पत्ता लगाउन अहिले विश्व नै लागि परेको छ । औषधी नै नभए पनि आत्मबल र साहसका कारण विश्वका धेरै कोरोना संक्रमितले यसमाथि विजय पाउन सफल भएका छन् । नेपालमा पनि अहिले कोरोनाको संक्रमण तिव्र गतिमा फैलिदैछ । दिनहुँ औसत २०० को संख्यामा कोरोना संक्रमित थपिरहेका छन् नेपालमा । अहिलेसम्म नेपालमा कोरोनाका कारण ९ जनाले ज्यान गुमाइसकेका छन् ।
धेरै देशको तुलनामा कोरोनाबाट ज्यान गुमाउनेहरुको संख्या नेपालमा निकै कम छ । भारतमै पनि निकै ठूलो संख्यामा कोरोनाका कारण ज्यान गइसकेको छ । साहस र आत्मवलकै कारण नेपालमा आजसम्म २ दुई सय ७८ जनाले कोरोना संक्रमण जितेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गराएको जानकारी अनुसार कोरोनामाथि विजय पपाई आजसम्म कुल डिस्चार्ज हुनेको संख्या २७८ पुगेको छ ।
हिजोमात्रै पनि १२ जना कोरोना संक्रमित ठीक भई डिस्चार्ज भए । हिजो डिस्चार्ज हुने १२ जनामा ८ जना जनकपुरबाट, टेकु, बलम्बु, शिक्षण अस्पतालबाट एक एक जना र बुटवलबाट ४ जना रहेका छन् । डिस्चार्ज भएका दुई सय ७८ जनामा २२२ जना पुरुष र ५६ जना महिला रहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् । नेपालमा कोरोनाबाट संक्रमित हुनेमा महिलाभन्दा पुरुषको संख्या बढि रहेको छ । नेपालको सामाजिक परिवेशका कारण घर बाहिरको कृयाकलापमा पुरुष बढि सक्रिय रहने भएका कारण पनि कोरोनाको संक्रमण पुरुषमा बढि देखिएको हो ।
हिजो बुधबार नेपालमा २०१ जना कोरोना संक्रमित थपिएका छन् । बुधबार थपिएको यो संख्यासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २३०० पुगेको छ । वैशाखसम्म सुस्त रहेको संक्रमणको दर जेठ महिना लागेपछि ह्वात्तै बढेको छ । कोरोनाका कारण ज्यान गुमाउने ९ जनामध्ये ८ जनाको मृत्यु पनि जेठ महिनामै भएको हो ।
प्रतिक्रिया