उपभोक्ताको ढाड सेक्दै मूल्यवृद्धि, खानेतेलको मूल्य २८ प्रतिशतसम्म बढ्यो

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख २८, २०७९
|
|
५२ पटक हेरिएको
Shares
उपभोक्ताको ढाड सेक्दै मूल्यवृद्धि, खानेतेलको मूल्य २८ प्रतिशतसम्म बढ्यो

सारांश

  • भारतको तुलनामा नेपालतर्फ ०.
  • ३३ प्रतिशत बढी मूल्यवृद्धि चालू आर्थिक वर्षको ९ महिने अवधिमा सबै उपभोग्य वस्तुको मूल्य बढेको छ ।
  • नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार साउनदेखि चैतसम्मको अधिकांश उपभोग्य वस्तुको मूल्य उच्चदरमा बढेको हो ।

भारतको तुलनामा नेपालतर्फ ०.३३ प्रतिशत बढी मूल्यवृद्धि
चालू आर्थिक वर्षको ९ महिने अवधिमा सबै उपभोग्य वस्तुको मूल्य बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार साउनदेखि चैतसम्मको अधिकांश उपभोग्य वस्तुको मूल्य उच्चदरमा बढेको हो ।

यस अवधिमा नेपालको समग्र मुद्रास्फीति (महँगी) ७.२८ प्रतिशत छ । जुन, गत आर्थिक वर्षको सोही अवधिमा ३.१० प्रतिशतमा सिमित थियो । केन्द्रीय बैंकका अनुसार यो वर्ष सबैजसो खाद्य वस्तुको मूल्य उकालो लागेको छ भने खानेतेल, दाल, गेडागुडी, अण्डा, मासु, पेयपदार्थ लगायतको मूल्य समेत बढिरहेको छ ।

यस अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.४० प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ७.१८ प्रतिशत छ । यस्तै, गत आर्थिक वर्ष २०७७÷७८ को चैत मसान्तको तुलनामा घ्यू तथा तेलको मूल्यवृद्धि २८.३६ प्रतिशतसम्म छ । यसैगरी, दुग्ध पदार्थ तथा अण्डाको मूल्य ११.५६ प्रतिशत बढेको छ भने दाल तथा गेडागुडीको मूल्य १०.५३ प्रतिशतले बढेको छ । यसका साथै, सुर्तीजन्य पदार्थको मूल्य ८.९१ प्रतिशतले बढेको केन्द्रीय बैंकले जानकारी दिएको छ ।

साथै, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात भाडा २०.१६ प्रतिशतले बढेको छ । यसैगरी, शिक्षातर्फको महँगी ८.७९ प्रतिशतले बढ्दा विविध वस्तु तथा सेवाको महँगी ८.१७ प्रतिशतले बढेको छ । यसरी, चालू वर्षको समग्र मूल्यवृद्धि हेर्दा खानेतेलको मूल्य सबैभन्दा धेरैले बढेको छ भने सार्वजनिक यातायातको भाडा पनि उच्चदरले बढेको पाइएको छ । यस्तै, यस अवधिमा निर्माण सामग्रीको थोक मूल्यवृद्धि २५.२२ प्रतिशत छ ।

यही समयमा तलब तथा ज्यालादर गत वर्षको चैत मसान्तको तुलनामा ८.५२ प्रतिशत बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सूचकाङ्क १.८९ प्रतिशतले बढेको थियो । समीक्षा महिनामा तलब सूचकाङ्क र ज्यालादर सूचकाङ्क क्रमशः ९.४४ प्रतिशत र ८.२७ प्रतिशतले बढेको छ ।

यस्तै, केन्द्रीय बैंकले सार्वजनिक गरेको तथ्यांकले भारतको तुलनामा नेपालमा बढी महँगी बढेको देखाएको छ । भारतमा ६.९५ प्रतिशतमा सिमिति मूल्यवृद्धि नेपालतर्फ ७.२८ प्रतिशत पुगेको छ । जुन, भारतको भन्दा ०.३३ प्रतिशतले बढी हो ।​

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आठौँ बृहत् राष्ट्रिय खेलकूद :एक हजार ३०७ पदकका लागि पाँच हजार २११ खेलाडी प्रतिष्पर्धी
आठौँ बृहत् राष्ट्रिय खेलकूद :एक हजार ३०७ पदकका लागि पाँच हजार २११ खेलाडी प्रतिष्पर्धी
खुकुरी प्रहार गरी वृद्धको हत्या
खुकुरी प्रहार गरी वृद्धको हत्या
नवनियुक्त मन्त्री भट्टराईद्वारा बल्खु र पेरिसडाँडा पुगेर शहीदप्रति माल्यार्पण
नवनियुक्त मन्त्री भट्टराईद्वारा बल्खु र पेरिसडाँडा पुगेर शहीदप्रति माल्यार्पण
शेखर कोइरालाकाे दाबीः फौजदारी मुद्दा लागेकालाई राजनीतिक मुद्दा भनेर छुट दिँदा देशको छवि बदनाम भयो
शेखर कोइरालाकाे दाबीः फौजदारी मुद्दा लागेकालाई राजनीतिक मुद्दा भनेर छुट दिँदा देशको छवि बदनाम भयो
काममा ढिला सुस्ती गर्ने ठेकेदार प्रहरी फन्दामा !
ठूला पार्टीहरुले एमालेको लोकप्रियतालाई कमजोर बनाएर हराए : गुरुङ
ठूला पार्टीहरुले एमालेको लोकप्रियतालाई कमजोर बनाएर हराए : गुरुङ
सहकारी ठगी प्रकरणः जीबीसहित १९ जनाविरुद्ध पूरक अभियोग दर्ता
सहकारी ठगी प्रकरणः जीबीसहित १९ जनाविरुद्ध पूरक अभियोग दर्ता
बुटवलमा गोली हानेर एकजनाको हत्या
बुटवलमा गोली हानेर एकजनाको हत्या
For what reason Do Persons Think That Internet dating Is Worth That? Here Is A number of the Benefits Of Internet dating!
गोदावरी नदीमा डुङ्गा पल्टिँदा कम्तीमा १२ जनाको मृत्यु, ३० बेपत्ता
गोदावरी नदीमा डुङ्गा पल्टिँदा कम्तीमा १२ जनाको मृत्यु, ३० बेपत्ता