उपप्रधानमन्त्री पोखरेल र गृहमन्त्री थापा होम आइसोलेसनमा
सारांश
- उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा बादल होम आइशोलेशनमा बसेका छन् ।
- कोभिड १९ को कन्ट्याक्ट ट्रेसिङमा परेपछि होम आइशोलेशनमा बसेका हुन् ।
- कोरोना भाइरसको रोकथाम तथा जोखिम व्यवस्थापनका लागि बनेको सीसीएमसीका कार्यालय सहयोगीलाई संक्रमण भएपछि पोखरेल र बादल होम आइशोलेशनमा बसेका हुन् ।
उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा बादल होम आइशोलेशनमा बसेका छन् । कोभिड १९ को कन्ट्याक्ट ट्रेसिङमा परेपछि होम आइशोलेशनमा बसेका हुन् । कोरोना भाइरसको रोकथाम तथा जोखिम व्यवस्थापनका लागि बनेको सीसीएमसीका कार्यालय सहयोगीलाई संक्रमण भएपछि पोखरेल र बादल होम आइशोलेशनमा बसेका हुन् । ती कार्यालय सहयोगी १० दिन अघि बसेको सीसीएमसी बैठकमा चीया पुर्याउन छिरेका थिए । उनलाई संक्रमण भएपछि कन्ट्याक्ट ट्रेसिङमा पोखरेल र बादल परेका छन् ।
यसैगरी, पोखरेल र बादल होम आइशोलेशनमा बसेपछि नेकपा सचिवालय बैठक केही दिन पछि सरेको छ । बैठक १८ भाद्रमा बस्ने तय भएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया