‘रेल नि आउँछ, पानी जहाज नि आउँछ, टिकट काट्न केही समय धैर्य गरौं’

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २३, २०७५
|
|
२५ पटक हेरिएको
Shares
‘रेल नि आउँछ, पानी जहाज नि आउँछ, टिकट काट्न केही समय धैर्य गरौं’

सारांश

  • काठमाडौं २३ पुस ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार हिउँदे अधिवेशनको संसद बैठकलाई सम्बोधन गर्दै आफ्नो सरकारले १० महिनामा हासिल गरेका उपलब्धीहरु सांसदलाई सुनाएका छन् ।
  • बैठकलाई सम्बोधन गर्ने क्रममा, सुरुमै उनले संसदमा उठेका रंगविरंगी प्रश्नहरुको जवाफ दिनुभन्दा यस आर्थिक वर्षका बजेट र नीति तथा कार्यक्रमका कार्यान्वयनका स्थितिबारे जानकारी दिने बताएका थिए ।

काठमाडौं २३ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार हिउँदे अधिवेशनको संसद बैठकलाई सम्बोधन गर्दै आफ्नो सरकारले १० महिनामा हासिल गरेका उपलब्धीहरु सांसदलाई सुनाएका छन् ।

बैठकलाई सम्बोधन गर्ने क्रममा, सुरुमै उनले संसदमा उठेका रंगविरंगी प्रश्नहरुको जवाफ दिनुभन्दा यस आर्थिक वर्षका बजेट र नीति तथा कार्यक्रमका कार्यान्वयनका स्थितिबारे जानकारी दिने बताएका थिए । उनले सरकार भेटिएन भनेर सबैतिर आलोचना भइरहेकाले आफूले सरकारले गरेका केही कामहरुका बारे जानकारी दिएको बताएका थिए ।

रेल र पानी जाहज संचालनका विषयलाई लिएर आफूलाई धेरैले सामाजिक सञ्जालमा प्रश्न गरेको बताउँदै उनले रेल र पानी जाहज चढ्नका लागि केही धैर्य गर्न आग्रह गरेका थिए । ‘रेल नि आउँछ पानी जहाज नि आउँछ । टिकट काट्न केही समय धैर्य गरौं,’ उनले भने । कान्तिपुरबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?