कांग्रेसको राष्ट्रिय जागरण अभियान, सबै जिल्लामा प्रतिनिधि तोकिए
सारांश
- काठमाडौं ।
- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय जागरण अभियानका लागि केन्द्रीय प्रतिनिधिहरू खटाएको छ ।
- लोकतन्त्र दिवसको अवसर पारेर वैशाख ११ गते सुरु गर्न लागेको पहिलो चरणको जागरण अभियानका लागि कांग्रेसले शुक्रबार ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरू खटाएको हो ।
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय जागरण अभियानका लागि केन्द्रीय प्रतिनिधिहरू खटाएको छ । लोकतन्त्र दिवसको अवसर पारेर वैशाख ११ गते सुरु गर्न लागेको पहिलो चरणको जागरण अभियानका लागि कांग्रेसले शुक्रबार ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरू खटाएको हो ।
प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार जेठ ११ मा सम्पन्न हुने एक महिना लामो अभियान सफल पार्न केन्द्रीय प्रतिनिधि खटाइएको हो । ‘हिमाल पहाड, तराई–मधेस ः नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियान’ मा कांग्रेसले केन्द्रीय समितिका पदाधिकारी र केन्द्रीय अनुशासन समितिका सदस्यहरूलाई भने जिल्ला प्रतिनिधिका रूपमा खटाएको छैन । केन्द्रीय पदाधिकारी र अनुशासन समितिका सदस्यहरू अभियान उद्घाटनका अवसरमा विभिन्न जिल्लामा सामेल हुने प्रवक्ता शर्माले बताए । प्रदेशस्तरको जागरण अभियानका क्रममा भने उनीहरूले सरसल्लाहबमोजिम काम गर्ने शर्माको भनाइ छ ।
जागरण अभियानका लागि प्रदेश–१ को ताप्लेजुङमा सरिता प्रसाईं, पाँचथरमा लक्ष्मी परियार, इलाममा अमृत अर्याल, संखुवासभामा सीता गुरुङ, तेह्रथुममा हसन अन्सारी, धनकुटामा डा. नारायण खड्का, भोजपुरमा रामहरि खतिवडा, खोटाङमा उदयशमशेर राणा, सोलुखुम्बुमा लक्ष्मी राई, ओखलढुंगामा मिनाक्षी झा, उदयपुरमा प्रदीप गिरी, झापामा ज्ञानेन्द्रबहादुर कार्की, मोरङमा कृष्णप्रसाद सिटौला र सुनसरीमा महेश आचार्यलाई केन्द्रीय प्रतिनिधिका रूपमा खटाइएको छ ।
प्रदेश–२ को सप्तरीमा आनन्दप्रसाद ढुंगाना, सिरहामा महेन्द्र यादव, धनुषामा बलबहादुर केसी, महोत्तरीमा चित्रलेखा यादव, सर्लाहीमा महालक्ष्मी उपाध्याय ‘डिना’, रौतहटमा रमेश रिजाल, बारामा प्रकाशमान सिंह र पर्सामा फरमुल्लाह मन्सुरलाई खटाइएको छ ।
त्यस्तै, प्रदेश–३ को दोलखामा रामकृष्ण यादव, रामेछापमा किरण यादव, सिन्धुलीमा डा. रामशरण महत, काभ्रेपलाञ्चोकमा अम्बिका बस्नेत, रसुवामा जीवन परियार, नुवाकोटमा मीन विश्वकर्मा, धादिङमा प्रदीप पौडेल, चितवनमा रमेश लेखक, मकवानपुरमा अर्जुननरसिंह केसी, भक्तपुरमा डा. मीनेन्द्र रिजाल, ललितपुरमा सुरेन्द्रराज पाण्डे र काठमाडौंमा बालकृष्ण खाँण केन्द्रीय प्रतिनिधि रहेका छन् ।
गण्डकी प्रदेशको गोरखामा ध्यानगोविन्द रञ्जितकार, लम्जुङमा कमला पन्त, तनहुँमा नविन्द्रराज जोशी, कास्कीमा अर्जुनप्रसाद जोशी, मनाङमा कृष्णचन्द्र नेपाली, मुस्ताङमा बहादुरसिंह (लामा) तामाङ, पर्वतमा चिनकाजी श्रेष्ठ, स्याङ्जामा गोविन्द भट्टराई, म्याग्दीमा शुक्रराज शर्मा, बाग्लुङमा शंकर भण्डारी र नवलपुर (बर्दघाट सुस्तापूर्व) दीपक गिरीलाई खटाएको छ ।
प्रदेश–५ को नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) राधेचन्द्र यादव, रुपन्देहीमा पुष्प भुसाल, कपिलवस्तुमा हरिप्रसाद नेपाल, पाल्पामा बालकृष्ण पाण्डे, अर्घाखाँचीमा दीपककुमार उपाध्याय, गुल्मीमा अजयकुमार चौरसिया, रुकुम (पूर्वी भाग)मा रत्न शेरचन, रोल्पामा मानबहादुर विश्वकर्मा, प्युठानमा शिवराज जोशी (सुर्खेत), दाङमा मोहनबहादुर बस्नेत, बाँकेमा श्यामकुमार घिमिरे र बर्दियामा डा. डिला संग्रौलालाई केन्द्रीय प्रतिनिधि बनाएको छ ।
कर्णाली प्रदेशको रुकुम (पश्चिम भाग)मा राजनप्रसाद पन्त, सल्यानमा पार्वता डिसी चौधरी, डोल्पामा कुमार खड्का, जुम्लामा रमा पौडेल, मुगुमा दिनबन्धु श्रेष्ठ, कालिकोटमा हृदयराज थानी, कालिकोटमा डा. चन्द्र भण्डारी, जाजरकोटमा ध्रुव वाग्ले, दैलेखमा दिलबहादुर घर्ती र सुर्खेतमा जीवनबहादुर शाहीलाई खटाइएको छ ।
यसैगरी, सुदूरपश्चिम प्रदेशको बाजुरामा दिलेन्द्रप्रसाद बडू, बझाङमा मनमोहन भट्टराई, डोटीमा शिवप्रसाद हुमागाईं, अछाममा गगनकुमार थापा, दार्चुलामा अतहर कमाल मुसलमान, बैतडीमा किरणराज शर्मा पौडेल, डडेल्धुरामा वीरबहादुर बलायर, कञ्चनपुरमा गुरुराज घिमिरे र कैलालीमा एनपी साउदलाई केन्द्रीय प्रतिनिधिका रूपमा खटाइएको छ ।
प्रवक्ता शर्माका अनुसार जिल्लामा खटाइएका केन्द्रीय प्रतिनिधिहरूलाई एक महिनासम्म सम्बन्धित जिल्लामै बसेर निर्धारित कार्यक्रम सम्पन्न गराउने कार्यभार दिइएको छ । कांग्रेसले सम्पूर्ण जिल्ला, क्षेत्र, गाउँ–नगर, वडा र टोलसम्मै सञ्चालन गरिने जागरण अभियानलाई तीन चरणमा सम्पन्न गर्ने कार्यक्रम बनाएको हो ।
प्रतिक्रिया