ज्वरोका बिरामीको चाप

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र १०, २०७६
|
|
२४ पटक हेरिएको
Shares
ज्वरोका बिरामीको चाप

सारांश

  • विराटनगरस्थित प्रदेशिक अस्पताल (कोशी) को आकस्मिक वार्डमा भाइरल ज्वरोका बिरामीको चाप बढेको छ ।
  • मौसममा आएको परिवर्तनको कारण भाइरल ज्वरोको बिरामी बढेको अस्पतालका डा सङ्ज्ञा ज्ञवालीले बताउनुभयो ।
  • अस्पतालमा दैनिक ३० बढी भाइरल ज्वरोका बिरामी आउने गरेका छन् ।

विराटनगरस्थित प्रदेशिक अस्पताल (कोशी) को आकस्मिक वार्डमा भाइरल ज्वरोका बिरामीको चाप बढेको छ । मौसममा आएको परिवर्तनको कारण भाइरल ज्वरोको बिरामी बढेको अस्पतालका डा सङ्ज्ञा ज्ञवालीले बताउनुभयो ।अस्पतालमा दैनिक ३० बढी भाइरल ज्वरोका बिरामी आउने गरेका छन् । भाइरल ज्वरो आउँदा शरीर तातो हुने, धेरै ज्वरो आउने, टाउको र शरीर दुख्ने र वान्ता हुने लक्षण देखा पर्दछ । यसको लक्षण डेङ्गुसँग मिल्दोजुल्दो रहेको चिकित्सकको भनाइ रहेको छ ।

अस्पतालमा विगत दुई महीनाको अवधिमा दुई हजार ५०० भन्दा बढी भाइरल ज्वरोका बिरामी आएर उपचार गराएको डा ज्ञवालीले जानकारी दिनुभयो ।बिरामी भएर आउनेमा मोरङ, सुनसरीका शहरी र ग्रामीण क्षेत्रमा बसोबास गर्ने छन् । भाइरल ज्वरोबाट बच्न मास्कको प्रयोग गर्ने, धेरै भीड भएको ठाउँमा नजाने, झोल खानेकुरा बढी खाने र सरसफाइमा ध्यान दिनुपर्ने डा ज्ञवालीले सल्लाह दिनुभएको छ ।

अस्पतालमा उपचार गराउन आएका बिरामीमध्ये ४० जनामा डेङ्गुको सङ्क्रमण देखिएर उपचार भएको अस्पतालले जनाएको छ । अस्पतालमा डेङ्गु पहिचान गर्ने कीटको अभाव नरहेको डा ज्ञवालीले जानकारी दिनुभयो ।

डेङ्गु रोगबाट बच्न दिउँसो हिँड्दा शरीर छोपिने कपडा लगाएर हिँड्ने, घरको वरिपरि पानी जम्न नदिने र घरभित्र भाँडा, बोतलमा पानी जमाएर नराख्ने, सुत्केरी भएका महिलाले आफू र बच्चालाई यो सङ्क्रमणबाट बच्न झुलको प्रयोग गर्ने, धेरै मानिस आवतजावत हुने स्थानमा नजाने आदि सुझाव चिकित्सकले दिएका छन् ।

उच्च ज्वरो आउनु, शरीरका जोर्नी दुख्नु, आँखाका गेडी दुख्ने, शरीरमा रातो धब्बा देखिनु र वाकवाक लाग्ने भएमा डेङ्गुको सङ्क्रमण भएको बुझ्नुपर्ने चिकित्सकको भनाइ छ । त्यस्तो लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा गएर तत्कालै उपचार गराउनुपर्ने सल्लाह चिकित्सकको रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दार्चुलाको गागामा सशस्त्रको गुल्म राख्ने तयारी
दार्चुलाको गागामा सशस्त्रको गुल्म राख्ने तयारी
रोहित र राहुलको सतकमा भारतको जित, अंक तालिकाको शीर्ष स्थानमा उक्लियो
रोहित र राहुलको सतकमा भारतको जित, अंक तालिकाको शीर्ष स्थानमा उक्लियो
नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो
नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो
राष्ट्रपतिजस्तो व्यक्ति पार्टीप्रति झुकाव जोडिएर बस्नहुन्न : डा. महत
राष्ट्रपतिजस्तो व्यक्ति पार्टीप्रति झुकाव जोडिएर बस्नहुन्न : डा. महत
हावाहुरीले बारामा ठूलो मानवीय क्षति, ज्यान गुमाउनेको संख्या २८ पुग्यो
हावाहुरीले बारामा ठूलो मानवीय क्षति, ज्यान गुमाउनेको संख्या २८ पुग्यो
मुस्ताङमा छैन कोरोनाको चिन्ता
मुस्ताङमा छैन कोरोनाको चिन्ता
आजबाट सुपर लिगः उदघाटन खेलमा काठमाडौं र इलाम आमुन्ने सामुन्ने
आजबाट सुपर लिगः उदघाटन खेलमा काठमाडौं र इलाम आमुन्ने सामुन्ने
उदयपुरमा कांग्रेसका नारायण खड्काको ह्याट्रिक, एमालेकी मन्जु ५४८ मतान्तरले पराजित
उदयपुरमा कांग्रेसका नारायण खड्काको ह्याट्रिक, एमालेकी मन्जु ५४८ मतान्तरले पराजित
सगरमाथा अञ्चल अस्पताल लथालिंग
सगरमाथा अञ्चल अस्पताल लथालिंग
सप्तरीको बाढीमा परेका जनताको उद्दारमा तत्काल खटिन एमालेले दियो कार्यकर्तालाई निर्देशन
सप्तरीको बाढीमा परेका जनताको उद्दारमा तत्काल खटिन एमालेले दियो कार्यकर्तालाई निर्देशन

तपाईंले छुटाउनुभयो कि?