लालबाबु पण्डित बिराटनगरको मेयरको उम्मेदवार बन्न तयार

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र १८, २०७३
|
|
१३६५ पटक हेरिएको
Shares
लालबाबु पण्डित बिराटनगरको मेयरको उम्मेदवार बन्न तयार

सारांश

  • पूर्वसामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले बिराटनगर उपमहानगरपालिकाको मेयरको उम्मेदवार बन्न आफू तयार रहेको बताएका छन् ।
  • एमालेको स्थानीय नेतृत्वले पण्डितलाई मेयरमा चुनाव लड्न आग्रह गरेपछि उनी तयार बनेका हुन् ।
  • बिराटनगरको मेयरमा चर्चा बढेपछि अनलाइनखबरको जिज्ञासामा पूर्वमन्त्री पण्डितले भने-‘पार्टीले तपाईले नै लड्नुपर्‍यो भन्यो भने म पछि हट्दिनँ ।

पूर्वसामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले बिराटनगर उपमहानगरपालिकाको मेयरको उम्मेदवार बन्न आफू तयार रहेको बताएका छन् । एमालेको स्थानीय नेतृत्वले पण्डितलाई मेयरमा चुनाव लड्न आग्रह गरेपछि उनी तयार बनेका हुन् ।

बिराटनगरको मेयरमा चर्चा बढेपछि अनलाइनखबरको जिज्ञासामा पूर्वमन्त्री पण्डितले भने-‘पार्टीले तपाईले नै लड्नुपर्‍यो भन्यो भने म पछि हट्दिनँ ।’
उनले अघि भने- ‘एमालेले चुनाव जित्नुपर्छ, यसका लागि म आवश्यक हुँ भन्ने पार्टीले भन्छ भने म तयार छु ।’
उनले बिराटनगरलाई महानगरपालिका बनाउन आफूले धेरै मेहनत गरे पनि विगतमा सफल नभएको बताए । ‘केही पार्टीले नचाहँदा त्यो सम्भव भएन, अब बिराटनगरको विकासका लागि पनि एमालेको नेतृत्व चाहिएको छ’ उनले भनेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?