लिसङ्खु पाखरमा एमाले विजयी

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ ३, २०७४
|
|
२१५ पटक हेरिएको
Shares
लिसङ्खु पाखरमा एमाले विजयी

सारांश

  • चौतारा, ३ जेठ ।
  • सिन्धुपाल्चोकको लिसङ्खु पाखर गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का कमलप्रसाद नेपाल दुई हजार ७६१ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
  • उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का राजु लामा तामाङले दुई हजार ७३१ मत प्राप्त गर्नुभयो ।

चौतारा, ३ जेठ । सिन्धुपाल्चोकको लिसङ्खु पाखर गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का कमलप्रसाद नेपाल दुई हजार ७६१ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का राजु लामा तामाङले दुई हजार ७३१ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा एमालेका हेमगङ्गा मोक्तानले दुई हजार ८५२ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्व माओवादी केन्द्रका फुलम लामाले दुई हजार ४१७ मत प्राप्त गर्नुभयो ।

सो गाउँपालिकाको वडा नं १, ३, ४ र ७ मा माओवादी केन्द्रको पुरै समूह विजयी भएको छ । वडा नं २ र ६ मा एमाले तथा वडा नं ५ मा काँग्रेस पुरै समूहसहित विजयी भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?