फेरि देउवालाइ भयाे धाेका !
सारांश
- काठमाडाै, २ असार ।
- नेपाली कांग्रेस निकट नेपाल ट्रेड युनियनको छैटौं महाधिवेशनले पुष्कर आचार्यको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ।
- राजधानीमा शनिबार सकिएको चुनावी मतपरिणाम अनुसार आचार्यले ८१८ मत ल्याएर विजयी भएका छन्।
काठमाडाै, २ असार । नेपाली कांग्रेस निकट नेपाल ट्रेड युनियनको छैटौं महाधिवेशनले पुष्कर आचार्यको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ।
राजधानीमा शनिबार सकिएको चुनावी मतपरिणाम अनुसार आचार्यले ८१८ मत ल्याएर विजयी भएका छन्।
वरिष्ठ नेता रामचन्द्र पौडेल तथा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहको साथ पाएका आचार्यको प्यानल खुला एक सदस्यबाहेक अरु पद जितेको हो। सभापति शेरबहादुर देउवा नजिक दाहाल समूहले एक पद मात्रै जित्यो।
वरिष्ठ उपाध्यक्षमा महेन्द्रप्रसाद यादव ६६८ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी अयोध्याप्रसाद यादवले ५६७ मत ल्याएका हुन्। उपाध्यक्ष खुलातर्फ ७९८ मतसहित तेजेन्द्रजंग कार्की, महिला उपाध्यक्षमा ७२२ मत ल्याएर इन्दिरा सापकोटा, उपाध्यक्ष सेवातर्फ ७६१ मतसहित नेत्रविक्रम थापा, उत्पादनतर्फ उपाध्यक्षमा ८०८ मत ल्याएर ललितबहादुर श्रेष्ठ, अनौपचारिक तथा स्वरोजगार उपाध्यक्षतर्फ ७४२ मतसहित आशा सिंह राठौर विजयी भएका छन्।
प्रतिक्रिया