पेट्रोल–डिजेलको मूल्य वर्षकै न्यून

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष १८, २०७५
|
|
२० पटक हेरिएको
Shares
पेट्रोल–डिजेलको मूल्य वर्षकै न्यून

सारांश

  • काठमाडौं, १८ पुस ।
  • कच्चा तेलको भाउ निरन्तर ओरालो लागेको छ ।
  • जसकारण नेपालले तेल खरिद गर्दै आएको इन्डियन आयल कर्पोरेसन (आइओसी) ले पछिल्लो एक वर्षमा सबैभन्दा कम मूल्य निर्धारण गरी भारतमा पेट्रोल, डिजेल बिक्री गरिरहेको छ ।

काठमाडौं, १८ पुस । कच्चा तेलको भाउ निरन्तर ओरालो लागेको छ । जसकारण नेपालले तेल खरिद गर्दै आएको इन्डियन आयल कर्पोरेसन (आइओसी) ले पछिल्लो एक वर्षमा सबैभन्दा कम मूल्य निर्धारण गरी भारतमा पेट्रोल, डिजेल बिक्री गरिरहेको छ ।

आइओसीले सोमबार पेट्रोलमा २८ पैसा र डिजेलमा २३ पैसा मूल्य घटाएर दिल्लीमा प्रतिलिटर पेट्रोल ६८.८६ भारु र डिजेल ६२.८६ भारु निर्धारण गरेको छ । यो सन् २०१८ को सबैभन्दा कम मूल्य हो । भारतमा मूल्य घटेसँगै अब नेपाल र भारतको इन्धन मूल्य पनि बराबरी भएको छ ।

यसअघि भारतीय बजारमा इन्धनको भाउ सस्तो हुँदा तराईका सीमावर्ती क्षेत्रमा रहेको पेट्रोलपम्पबाट इन्धन तस्करी हुने र भारतीय गाडि नेपालतर्फ आएर तेल भरेर जाने गरेका थिए । दुवै देशको मूल्य करिब समान भएपछि अब तस्करीको समस्या हट्नेछ । भारतमा इन्धनको मूल्य घटेसँगै नेपालमा पनि २ देखि ३ रुपैयाँ मूल्य घट्न सक्ने आकलन गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?