लुम्बिनीमा बुद्धिष्ट मार्ट

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष २५, २०७५
|
|
२३ पटक हेरिएको
Shares
लुम्बिनीमा बुद्धिष्ट मार्ट

सारांश

  • लुम्बिनी, २५ पुस ।
  • कपिलवस्तुको तिलौराकोट, कुदान, सगरहवा र निग्लीहवा तथा नवलपरासीको रामग्राम क्षेत्रलाई अन्तर्राष्ट्रिय पर्यटन व्यापारको मुख्य प्याकेजमा राख्न सहयोग पु¥याउने उद्देश्यले लुम्बिनीमा अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट हुने भएको छ ।
  • बिहिबारदेखि लुम्बिनीमा अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट हुने भएको छ ।

लुम्बिनी, २५ पुस । कपिलवस्तुको तिलौराकोट, कुदान, सगरहवा र निग्लीहवा तथा नवलपरासीको रामग्राम क्षेत्रलाई अन्तर्राष्ट्रिय पर्यटन व्यापारको मुख्य प्याकेजमा राख्न सहयोग पु¥याउने उद्देश्यले लुम्बिनीमा अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट हुने भएको छ । बिहिबारदेखि लुम्बिनीमा अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट हुने भएको छ । उक्त कार्यक्रमबाट आन्तरिक र बाह्य बुद्ध सर्किटको प्रवद्र्धन तथा व्यापारमा टेवा पुग्नेछ ।

रुपन्देहीको लुम्बिनी र देवदह, कपिलवस्तुको तिलौराकोट, कुदान, सगरहवा र निग्लीहवा, नवलपरासीको रामग्रामसहितको आन्तरिक बुद्धिष्ट सर्किट तथा भारतको बोधगया, राजगीर, सारनाथ र कुशीनगर जोडेर बाह्य सर्किट बनाई संसारभर बुद्धिष्ट सर्किटको एकैखाले प्याकेज तयार गर्ने तयारी भइरहेको नेपाल ट्राभल्स एण्ड टुर्स एशोसिएसन ९नाट्टा०का अध्यक्ष सिएन पाण्डेले बताउनुभयो ।

“नेपाल, भारत, श्रीलङ्का, थाइल्याण्ड, म्यानमा, भियतनाम र चीनका महत्वपूर्ण साइट जोडेर सिल्क रुटका रुपमा बुद्धिष्ट सर्किटलाई प्रवद्र्धन गरिनेछ,” उहाँले भन्नुभयो । कार्यक्रम संयोजक विष्णुप्रसाद शर्माका अनुसार विश्वभरबाट आउने टुर अपरेटरलाई लुम्बिनी, देवदह, तिलौराकोट, कुदान, सगरहवा, निग्लीहवा र रामग्रामसहितको बुद्ध सर्किटको भ्रमण गराइनेछ ।

बिहिबार लुम्बिनीमा आयोजित कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारी, प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेललगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजक संस्थाले जनाएको छ ।

“लुम्बिनीलाई चिनाउन कार्यक्रम फलदायी हुनेछ,” नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले भन्नुभयो । नाट्टाका वरिष्ठ उपाध्यक्ष एवं बुद्धिष्ट इण्टरनेशनल ट्राभल मार्ट मूल आयोजक समितिका सदस्यसचिव अच्युत शर्मा गुरागाईंले मार्टबाट पर्यटन बजारमा लुम्बिनीको महत्व अझै बढाउने बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नारायणकाजीले दिए एकताको फर्मुला, ओली प्रधानमन्त्री प्रचण्ड के बन्लान ? (भिडियोसहित)
नारायणकाजीले दिए एकताको फर्मुला, ओली प्रधानमन्त्री प्रचण्ड के बन्लान ? (भिडियोसहित)
अकस्मात स्वास्थ्यमा समस्या आएपछि गृहमन्त्री श्रेष्ठ चीनको अस्पतालमा भर्ना
अकस्मात स्वास्थ्यमा समस्या आएपछि गृहमन्त्री श्रेष्ठ चीनको अस्पतालमा भर्ना
समानुपातिक सांसदबारे कुनै निर्णय नगरिएको प्रचण्डको दावी
समानुपातिक सांसदबारे कुनै निर्णय नगरिएको प्रचण्डको दावी
राष्ट्रपति विद्यादेवी भण्डारी आज म्यान्मार जाँदै
राष्ट्रपति विद्यादेवी भण्डारी आज म्यान्मार जाँदै
पर्यटन बोर्ड सदस्य छनोटमा पर्यटनमन्त्रीको चलखेल: दासलाई नियुक्त गर्ने तयारी
पर्यटन बोर्ड सदस्य छनोटमा पर्यटनमन्त्रीको चलखेल: दासलाई नियुक्त गर्ने तयारी
  खर्चको विवरण सार्वजनिक नगर्ने उम्मेदवारलाई १५ हजार जरिवाना
  खर्चको विवरण सार्वजनिक नगर्ने उम्मेदवारलाई १५ हजार जरिवाना
आज प्रधानमन्त्री देउवाको सम्बोधन सहित राजिनामा
राष्ट्रपति निर्वाचनमा पौडेल र नेम्वाङको उम्मेदवारी कायम
राष्ट्रपति निर्वाचनमा पौडेल र नेम्वाङको उम्मेदवारी कायम
कर्मचारीका माग पुरा गर्न सरकार सहमत
कर्मचारीका माग पुरा गर्न सरकार सहमत
बाथरुममा लडेर एमाले नेता ढुङ्गेलको मृत्यु
बाथरुममा लडेर एमाले नेता ढुङ्गेलको मृत्यु

तपाईंले छुटाउनुभयो कि?