पाकिस्तानको लाहोरस्थित सूफी धार्मिक स्थलबाहिर विस्फोट, ५ जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख २५, २०७६
|
|
१८ पटक हेरिएको
Shares
पाकिस्तानको लाहोरस्थित सूफी धार्मिक स्थलबाहिर विस्फोट, ५ जनाको मृत्यु

सारांश

  • बीबीसी।
  • पाकिस्तानको लाहोरस्थित सूफी मुसलमानहरूको एउटा धार्मिक स्थलबाहिर विस्फोटन भएको अधिकारीहरूले बताएका छन्।
  • पाकिस्तानी अधिकारीहरूका अनुसार विस्फोटनमा परेर कम्तीमा पाँच जनाको मृत्यु भएको छ।

बीबीसी। पाकिस्तानको लाहोरस्थित सूफी मुसलमानहरूको एउटा धार्मिक स्थलबाहिर विस्फोटन भएको अधिकारीहरूले बताएका छन्।पाकिस्तानी अधिकारीहरूका अनुसार विस्फोटनमा परेर कम्तीमा पाँच जनाको मृत्यु भएको छ। स्थानीय जियो न्यूज टेलिभिजनका अनुसार धेरै व्यक्ति घाइतेको भएको आशङ्का गरिएको छ।जियो न्यूजले प्रहरीको एउटा गाडीलाई आक्रमणको तारो बनाइएको जनाएको छ। प्रारम्भिक विवरणहरूका अनुसार दाता दरबार सुफी दरगाहनजिकै विस्फोटन भएको थियो।विस्फोटन भएको ठाउँमा ठूलो सङ्ख्या सुरक्षकर्मीहरू पुगेका छन्। अहिलेसम्म कसैले विस्फोटनको जिम्मेवारी लिएको छैन।

शिया र सुन्नी दुवै सम्प्रदायका हजारौँ मुसलमानहरू सो दरगाहमा प्रत्येक वर्ष जान्छन्। सो स्थलमा गैरमुस्लिमहरू पनि दर्शन गर्न जान्छन्।सन् २०१० मा सो दरगाहमा भएका दुई आत्मघाती विस्फोटनमा दर्जनौँ मानिसहरूको ज्यान गएको थियो। लाहोर पाकिस्तानको दोस्रो ठूलो सहर हो।इस्लाम धर्मअन्तर्गर भएको भए पनि सूफी सम्प्रदाय अनुसरण गर्ने मानिसहरूलाई कट्टरपन्थी लडाकुहरूले आक्रमण गर्ने गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?