लोकप्रिय लोकगायक बद्री पंगेनीसहित ११ जनालाई पक्राउ, २ लाख ४ हजार नगद बरामद

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ४, २०७४
|
|
२० पटक हेरिएको
Shares
लोकप्रिय लोकगायक बद्री पंगेनीसहित ११ जनालाई पक्राउ, २ लाख ४ हजार नगद बरामद

सारांश

  • श्रावण ४, २०७४- महाराजगन्ज प्रहरी वृत्तले बाँसबारी क्षेत्रबाट लोकप्रिय लोकगायक बद्री पंगेनीसहित ११ जनालाई पक्राउ गरेको छ ।
  • होहल्ला गरेर अशान्ति मच्चाएको भन्दै स्थानीयले दिएको उजुरीको आधारमा छापा मार्दा गायक पंगेनीसहित ११ जना बुधबार पक्राउ परेका हुन् ।
  • गायक पंगेनी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष समेत हुन् ।

श्रावण ४, २०७४- महाराजगन्ज प्रहरी वृत्तले बाँसबारी क्षेत्रबाट लोकप्रिय लोकगायक बद्री पंगेनीसहित ११ जनालाई पक्राउ गरेको छ । होहल्ला गरेर अशान्ति मच्चाएको भन्दै स्थानीयले दिएको उजुरीको आधारमा छापा मार्दा गायक पंगेनीसहित ११ जना बुधबार पक्राउ परेका हुन् । गायक पंगेनी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष समेत हुन् ।

उनीहरु जमघट भएको भाडाको कोठाबाट २ लाख ४ हजार नगद र केही गड्डी तास पनि बरामद गरेको प्रहरीले जनाएको छ । उनीहरु जुवातास खोल्न बसेको हुनसक्ने प्रहरीको आशंका छ ।

प्रहरीले बरामद सामग्रीसहित मुचुल्का गरेर पक्राउ परेकाहरुलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बुझाएको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?