सरकारविरुद्ध आन्दोलन गर्ने तयारी भैरहेको पौडेलको खुलासा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ १९, २०७७
|
|
६६ पटक हेरिएको
Shares
सरकारविरुद्ध आन्दोलन गर्ने तयारी भैरहेको पौडेलको खुलासा

सारांश

  • तनहुँ, १९ असार ।
  • प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना नियन्त्रणका लागि स्थानीय तहले खेलेको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।
  • तनहुँ जिल्लाका विभिन्न स्थानीय तहमा रहेको आइसोलेशन कक्षका लागि आज स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै उनले संविधानले नै स्थानीय तहलाई अधिकार सम्पन्न बनाएकाले कोरोना नियन्त्रणका लागि स्थानीय तहले प्रभावकारी भूमिका खेलेको बताए ।

तनहुँ, १९ असार । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना नियन्त्रणका लागि स्थानीय तहले खेलेको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । तनहुँ जिल्लाका विभिन्न स्थानीय तहमा रहेको आइसोलेशन कक्षका लागि आज स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै उनले संविधानले नै स्थानीय तहलाई अधिकार सम्पन्न बनाएकाले कोरोना नियन्त्रणका लागि स्थानीय तहले प्रभावकारी भूमिका खेलेको बताए ।

“स्थानीय तह जनताको नजिकको सरकार हो, सङ्कटमा स्थानीय तहले खेलेको भूमिकालाई नजर अन्दाज गर्न सकिँदैन”, उनले भने । उनले आत्मबल बलियो भए कोरोनालाई सहजै जित्न सकिने भएकाले कोरोना सङ्क्रमित आत्तिन नहुने सुझाव दिए।

फरक प्रसङ्गमा उनले भ्रष्टाचार, बेरोजगारी र पक्षपातविरुद्धमा काँग्रेसले आन्दोलन गर्ने तयारी गरेको बताए । प्रेसले सकारात्मक भूमिका खेलेकै कारण सरकार गलत काम गर्नबाट पछाडि हटेको उल्लेख गर्दै उनले भने, “प्रतिपक्षी दलले भन्दा पनि सरकारलाई प्रेसले बढी खबरदारी गरिरहेको छ, अहिलेको अवस्थामा प्रेसको भूमिका पनि अतुलनीय छ ।”

सो अवसरमा उनले जिपी कोइराला श्वासप्रश्वास अस्पतालका लागि ३० थान टावेल, ३०० थान सर्जिकल मास्क, १० लिटर स्यानीटाइजर, १० थान पिपिइ, आदिकवि भानुभक्त क्याम्पसका लागि ४२ थान टावेल, ३०० थान सर्जिकल मास्क, १० लिटर स्यानीटाइजर, १० थान पिपिइ हस्तान्तरण गरेका थिए ।

यसैगरी उनले बन्दीपुर गाउँपालिकाका लागि छ थान टावेल, ३०० थान सर्जिकल मास्क, पाँच लिटर स्यानीटाइजर, पाँच थान पिपिइ, दमौली अस्पतालका लागि १२ थान टावेल, ३०० थान सर्जिकल मास्क, पाँच लिटर स्यानीटाइजर, छ थान पिपिइ, भीमाद नगरपालिकाका लागि छ थान टावेल, ३०० थान सर्जिकल मास्क, पाँच लिटर स्यानीटाइजर, पाँच थान पिपिइ, देवघाट गाउँपालिकाका लागि छ थान टावेल, ३०० थान सर्जिकल मास्क, पाँच लिटर स्यानीटाइजर, पाँच थान पिपिइ, नेपाल पत्रकार महासङ्घ तनहुँका लागि ७० थान एन ९५ मास्क, २०० थान मास्क र १७ थान स्यानीटाइजर हस्तान्तरण गरेका थिए । रासस

(https://www.sociobits.org/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डोटीमा बलात्कार, काठमाडौंमा गर्भपतन, बलात्कार गर्ने शिक्षक धरौटीमा रिहा
अध्यक्ष ओली र प्रचण्डबीच भेटवार्ता,राष्ट्रपतिको निर्वाचनबारे छलफल
अध्यक्ष ओली र प्रचण्डबीच भेटवार्ता,राष्ट्रपतिको निर्वाचनबारे छलफल
उदयपुरकाे कटारी अस्पतालबाट सर्पदंश उपचार गराउन पहल
उदयपुरकाे कटारी अस्पतालबाट सर्पदंश उपचार गराउन पहल
जब पाइलटले भने- सबैले प्रार्थना गर्नुहोला…
जब पाइलटले भने- सबैले प्रार्थना गर्नुहोला…
भारत पहिरो अपडेटः १२३ जनाको मृत्यु, सय जनाभन्दा बढी फसेको आशंका
भारत पहिरो अपडेटः १२३ जनाको मृत्यु, सय जनाभन्दा बढी फसेको आशंका
‘सरकार ढाल्ने षडयन्त्र’ भइरहँदा ओली नेपाल भेटवार्ता
‘सरकार ढाल्ने षडयन्त्र’ भइरहँदा ओली नेपाल भेटवार्ता
वामदेव गौतमलाई एकीकृत समाजवादीमा आउन माधव नेपालको प्रस्ताव
वामदेव गौतमलाई एकीकृत समाजवादीमा आउन माधव नेपालको प्रस्ताव
Lucky8 Casino Avis 2023 Five-hundred + 500 Free Rounds De Bonus Offert
‘नेपाल राजासहितको हिन्दूराष्ट्र बन्छ’ : कमल थापा (भिडियोसहित)
‘नेपाल राजासहितको हिन्दूराष्ट्र बन्छ’ : कमल थापा (भिडियोसहित)
सरकारी क्याम्पसले विद्यार्थी पाउन छाडे, सरस्वतीमा नेपाली पढ्ने १ जना !
सरकारी क्याम्पसले विद्यार्थी पाउन छाडे, सरस्वतीमा नेपाली पढ्ने १ जना !