विराटनगरको कार्यपालिकामा काँग्रेसको बहुमत

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण ३, २०७४
|
|
१८ पटक हेरिएको
Shares
विराटनगरको कार्यपालिकामा काँग्रेसको बहुमत

सारांश

  • विराटनगर, ३ साउन ।
  • विराटनगर महानगरपालिकाको २९ सदस्यीय कार्यपालिकामा नेपाली काँग्रेसले स्पष्ट बहुमत प्राप्त गरेको छ ।
  • नगरसभाको सोमबार सम्पन्न निर्वाचनमा आफ्ना सात सदस्य निर्वाचित भएपछि काँग्रेसलाई स्पष्ट बहुमत पुगेको हो ।

विराटनगर, ३ साउन । विराटनगर महानगरपालिकाको २९ सदस्यीय कार्यपालिकामा नेपाली काँग्रेसले स्पष्ट बहुमत प्राप्त गरेको छ ।

नगरसभाको सोमबार सम्पन्न निर्वाचनमा आफ्ना सात सदस्य निर्वाचित भएपछि काँग्रेसलाई स्पष्ट बहुमत पुगेको हो ।

कार्यपालिकाको गठनसम्बन्धी व्यवस्थाअनुसार महानगरपालिकाको प्रत्येक वडाबाट निर्वाचित पाँचजना सदस्यमध्येबाट कार्यपालिकाको सदस्यका लागि निर्वाचन गर्नुपर्ने हुन्छ ।

सो नगरकार्यपालिकामा काँग्रेसबाट १८, सङ्घीय समाजवादी फोरमबाट छ, नेकपा (एमाले)बाट तीन, नेकपा (माओवादी केन्द्र)बाट दुईजना रहनेछन् । पाँच महिला पदका लागि ११ जनाले प्रतिस्पर्धा गरेकामा काँग्रेसबाट सात र माओवादी केन्द्रबाट एकजना विजयी भएका हुन् ।

निर्वाचित महिला सदस्यहरुमा काँग्रेसबाट सुशीला पोखरेल ५३ मत, कमला सुब्बा ५३, बिनादेवी धानुक ५२, शीला श्रेष्ठ ५२ र माओवादी केन्द्रबाट चम्पा खत्रीले ५२ मत प्राप्त गरी विजयी भएका छन् ।

त्यसैगरी, दलित र अल्पसंख्यकको तर्फबाट काँग्रेसका अरुण खेतान ५४, गायत्री दास ५४ र राजेश भुजेल ५१ मत प्राप्त गरी विजयी भएका छन् ।

महानगरपालिकाको सदस्यका लागि काँग्रेस र माओवादी केन्द्रबीच तालमेल भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भक्तपुरको बिस्काः यस्ता छन् जात्राभित्रका जात्रा
भक्तपुरको बिस्काः यस्ता छन् जात्राभित्रका जात्रा
दक्षिण कारियाको अपार्टमेन्टमा आगलागी : दुईको मृत्यु २९ घाइते
दक्षिण कारियाको अपार्टमेन्टमा आगलागी : दुईको मृत्यु २९ घाइते
झगडामा भाइले दाजुको दुवै हात छिनालेपछि…
झगडामा भाइले दाजुको दुवै हात छिनालेपछि…
हिन्दूराष्ट्र पूर्नस्थापनाका लागि ठूलो अन्तर्रा्ष्ट्रिय सम्मेलन
हिन्दूराष्ट्र पूर्नस्थापनाका लागि ठूलो अन्तर्रा्ष्ट्रिय सम्मेलन
सडकको स्तरोन्नतिले मुसहर परिवार विस्थापित
सडकको स्तरोन्नतिले मुसहर परिवार विस्थापित
धनुषामा राष्ट्रिय परिचयपत्र लिन सास्ती
धनुषामा राष्ट्रिय परिचयपत्र लिन सास्ती
भ्रष्टाचारको जालो अन्त्य नगर्दासम्म मुलुकको विकास र समृद्धि हुन्नः उपप्रधानमन्त्री श्रेष्ठ
भ्रष्टाचारको जालो अन्त्य नगर्दासम्म मुलुकको विकास र समृद्धि हुन्नः उपप्रधानमन्त्री श्रेष्ठ
खानेपानी मन्त्री बिनाले गरिन् पहिलो दिनमै सचिवमाथि छड्के
केरुङ–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययनमै ३५ अर्ब रुपैयाँ लाग्ने
केरुङ–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययनमै ३५ अर्ब रुपैयाँ लाग्ने
दिदीबहिनी एवं दाजुभाइ नहुनेका लागि आज बालगोपालेश्वर खुला
दिदीबहिनी एवं दाजुभाइ नहुनेका लागि आज बालगोपालेश्वर खुला

तपाईंले छुटाउनुभयो कि?