नयाँ वर्षले बिथोलिएको राजनीतिलाई अगाडि बढाउँछ : अध्यक्ष ओली

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष १७, २०७९
|
|
४० पटक हेरिएको
Shares
नयाँ वर्षले बिथोलिएको राजनीतिलाई अगाडि बढाउँछ : अध्यक्ष ओली

सारांश

  • काठमाडाैं।
  • नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक स्थिरता, सुशासन, विकास र समृद्धिका दूरगामी यात्रालाई पुनः अगाडि बढाउने विश्वास व्यक्त गरेका छन्।
  • नयाँ वर्ष सन् २०२३ को उपलक्ष्यमा आज जारी शुभकामना सन्देशमा उनले नयाँ वर्षको आगमनसँगै मुलुक राष्ट्रिय राजनीतिक दिशा निर्धारण गर्ने प्रयासमा अघि बढेको बताएका हुन्।

काठमाडाैं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक स्थिरता, सुशासन, विकास र समृद्धिका दूरगामी यात्रालाई पुनः अगाडि बढाउने विश्वास व्यक्त गरेका छन्।

नयाँ वर्ष सन् २०२३ को उपलक्ष्यमा आज जारी शुभकामना सन्देशमा उनले नयाँ वर्षको आगमनसँगै मुलुक राष्ट्रिय राजनीतिक दिशा निर्धारण गर्ने प्रयासमा अघि बढेको बताएका हुन्। उनले सन्देशमा भनेका छन्, “एमाले देशभक्तिपूर्ण, लोकतान्त्रिक, परिवर्तनकारी, विकासमुखी र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्शालाई पूरा गर्न चाहन्छ।”

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले एमालेले लोकतन्त्रलाई राजनीतिक अधिकारको सङ्कुचित परिभाषाबाट माथि उठाउँदै जनताका सबै आवश्यकता र अधिकार परिपूर्तिको जीवनमूल्य समेटिएको परिपूर्ण लोकतन्त्रका रूपमा व्यवहारमा अनुदित गर्न चाहेको बताए।

“हामी जनताको जीवनमा परिवर्तन ल्याउन देशलाई सुशासनयुक्त, पछौटेपनमुक्त गरिबीरहित, सुशासित, आधुनिक, समृद्ध र सुविधासम्पन्न बनाउन आफूले लिएको अग्रसरतालाई अझ असाधारण र द्रूतगतिमा अघि बढाउन चाहन्छौँ”, उनको सन्देशमा भनिएको छ।

समृद्ध नेपाल, सुखी नेपालीको यस राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्न सुस्थिर राजनीति अपरिहार्य रहेको उल्लेख गर्दै उनले त्यसका लागि आ-आफ्ना ठाउँबाट योगदान गर्न सबै राजनीतिक दल र पक्षहरूसँग आग्रह गरेका छन्।

“व्यक्ति र समूहका निजी दुराकाङ्क्षहरूले सिर्जना गर्न सक्ने अवरोधलाई पन्छाउँदै मुलुक निर्माणको प्राथमिकतामा केन्द्रित हुन सबैलाई आग्रह गर्दछु”, उनले जारी गरेकाे सन्देशमा भनिएको छ। समृद्ध नेपाल र सुखी नेपालीको साझा राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने यस बाटोमा सबै पेसा, क्षेत्र, वर्ग र समुदायको साथ रहने छ भन्ने अपेक्षा उनको रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौं ७ मा गाई र तराजुको प्रतिस्पर्धा, सूर्यको मत दोब्बर
काठमाडौं ७ मा गाई र तराजुको प्रतिस्पर्धा, सूर्यको मत दोब्बर
हटेनन् तुइन, कहाँ पुग्यो प्रधानमन्त्री ओलीको योजना !
हटेनन् तुइन, कहाँ पुग्यो प्रधानमन्त्री ओलीको योजना !
केरलाको बाढीः मृत्यु हुनेको संख्या ४४५ !
केरलाको बाढीः मृत्यु हुनेको संख्या ४४५ !
अफगानिस्तानमा बम विस्फोटमा आठजना मारिए बिस्त्रित जानकारी…..
अफगानिस्तानमा बम विस्फोटमा आठजना मारिए बिस्त्रित जानकारी…..
ब्रैथवेटको सतकले जोगाउन सकेन वेस्ट इण्डिजलाई, न्युजिल्याण्ड शीर्ष स्थानमा
ब्रैथवेटको सतकले जोगाउन सकेन वेस्ट इण्डिजलाई, न्युजिल्याण्ड शीर्ष स्थानमा
भारतको लोकसभाले १० बर्षपछि पायो विपक्षी दलको नेता
भारतको लोकसभाले १० बर्षपछि पायो विपक्षी दलको नेता
आइजीपी भन्छन् : निर्मला प्रकरणमा सुरुबाटै गडबडी भयो, अपराधीलाई छाड्दैनौँ
आइजीपी भन्छन् : निर्मला प्रकरणमा सुरुबाटै गडबडी भयो, अपराधीलाई छाड्दैनौँ
जस्काे कार्यक्रममा गए उसैलाइ थर्काएर फर्किए मन्त्री पोखरेल
जस्काे कार्यक्रममा गए उसैलाइ थर्काएर फर्किए मन्त्री पोखरेल
राष्ट्रिय पोशाक लगाएर बहस चलाउने धमलाको घोषणा
राष्ट्रिय पोशाक लगाएर बहस चलाउने धमलाको घोषणा
यि हुन् कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेटले गरेका निर्णयहरु
यि हुन् कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेटले गरेका निर्णयहरु