विवेकपूर्वक मतदान गर्न राप्रपा अध्यक्ष थापाको आग्रह

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख ३०, २०७४
|
|
७१६ पटक हेरिएको
Shares
विवेकपूर्वक मतदान गर्न राप्रपा अध्यक्ष थापाको आग्रह

सारांश

  • काठमाडौँ, ३० वैशाख ।
  • राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विगतको कहालीलाग्दो अवस्थालाई समीक्षा गर्दै पार्टीको निहित स्वार्थभन्दा माथि उठेर राष्ट्रलाई केन्द्रविन्दुमा राखी विवेकपूर्ण ढङ्गले मताधिकारको प्रयोग गर्नुहुन सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा आग्रह गर्नुभएको छ ।
  • आइतबार हुने स्थानीय तहको निर्वाचनका सन्दर्भमा आज गृह नगर हेटौँडाबाट अपिल जारी गर्दै राप्रपा अध्यक्ष थापाले मतदान नागरिकको अधिकार मात्र नभई कर्तव्य पनि भएको जनाउँदै ऐतिहासिक महत्वको यस महान् प्रजातान्त्रिक अभ्यासमा सहभागी हुनुहुने सम्पूर्ण नेपाली मतदातामा शुभकामना पनि व्यक्त गर्नुभएको छ ।

काठमाडौँ, ३० वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विगतको कहालीलाग्दो अवस्थालाई समीक्षा गर्दै पार्टीको निहित स्वार्थभन्दा माथि उठेर राष्ट्रलाई केन्द्रविन्दुमा राखी विवेकपूर्ण ढङ्गले मताधिकारको प्रयोग गर्नुहुन सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा आग्रह गर्नुभएको छ ।

आइतबार हुने स्थानीय तहको निर्वाचनका सन्दर्भमा आज गृह नगर हेटौँडाबाट अपिल जारी गर्दै राप्रपा अध्यक्ष थापाले मतदान नागरिकको अधिकार मात्र नभई कर्तव्य पनि भएको जनाउँदै ऐतिहासिक महत्वको यस महान् प्रजातान्त्रिक अभ्यासमा सहभागी हुनुहुने सम्पूर्ण नेपाली मतदातामा शुभकामना पनि व्यक्त गर्नुभएको छ ।

विगत २१ वर्षको अवधिमा अवलम्बन गरिएका गलत नीति र त्रुटिपूर्ण मार्गचित्रको परिणामस्वरुप देश अहिले गम्भीर सङ्कटको चक्रब्युहमा फसेको बताउँदै उहाँले यो चुनाव निश्चय पनि सङ्कट समाधानको दिशामा एक महत्वपूर्ण कोसेढुङ्गा र खुड्किलो बन्ने र यसले संविधान कार्यान्वयनलाई अग्रगति प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

“मुलुकमा न्यूनतम शान्ति, स्थायित्व र प्रजातान्त्रिक वातावरण तयार गर्नसमेत यो चुनावले महत्वपूर्ण योगदान पु¥याउने छ । यो चुनावको सफलताले दोस्रो चरणको चुनावलाई पनि सहज तुल्याउने छ” – उहाँले भन्नुभएको छ ।

 

 

 

Source : RSS

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?