मन्त्रीको निधनमा काङ्ग्रेस संसदीय दलद्वारा दुःख व्यक्त

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन १६, २०७५
|
|
१७ पटक हेरिएको
Shares
मन्त्रीको निधनमा काङ्ग्रेस संसदीय दलद्वारा दुःख व्यक्त

सारांश

  • काठमाडौँ, १६ फागुन ।
  • नेपाली काङ्ग्रेस संसदीय दलले ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीप्रति दुःख व्यक्त गरेको छ ।
  • काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले बुधबार राति एक विज्ञप्ति जारी गरी मन्त्री अधिकारीसहित मृत्यु भएका सातै जनाप्रति गहिरो दुःख व्यक्त गर्नुभएको हो ।

काठमाडौँ, १६ फागुन । नेपाली काङ्ग्रेस संसदीय दलले ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीप्रति दुःख व्यक्त गरेको छ । काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले बुधबार राति एक विज्ञप्ति जारी गरी मन्त्री अधिकारीसहित मृत्यु भएका सातै जनाप्रति गहिरो दुःख व्यक्त गर्नुभएको हो ।

दुर्घटनामा मन्त्रीसहित वरिष्ठ पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाली नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, निर्देशक धु्रवदास भोछिभया, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, नेपाली सेनाका जमदार अर्जुन घिमिरे र हेलिकप्टर पाइलट प्रभाकर केसीको निधन भएको थियो ।

“शालीन तथा भद्र व्यक्तित्वका युवा एवं जुझारु नेता अधिकारीको निधनले राष्ट्रलाई अपुरणीय क्षति पुगेको छ, उहाँहरुको निधनले हामीलाई अत्यन्त मर्माहत बनाएको छ”, विज्ञप्तिमा भनिएको छ । काङ्ग्रेस संसदीय दलले दिवङ्गत आत्मको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारततर्फ बिजुली निर्यात बढ्दो
भारततर्फ बिजुली निर्यात बढ्दो
१९औँ एसियाली खेलकुद : महिला फुटबलमा नेपालले आज जापानसित खेल्ने
१९औँ एसियाली खेलकुद : महिला फुटबलमा नेपालले आज जापानसित खेल्ने
सत्य निरुपण आयोगका अध्यक्ष र सदस्यद्वारा राजिनामा
सत्य निरुपण आयोगका अध्यक्ष र सदस्यद्वारा राजिनामा
अबिवाहित नायीका केकी ले भनीन् ‘गर्भमा ५ महिनाकाे बच्चा बाेकेर हिंडिरहेकि छु’
अबिवाहित नायीका केकी ले भनीन् ‘गर्भमा ५ महिनाकाे बच्चा बाेकेर हिंडिरहेकि छु’
राप्रपा केन्द्रीय समितिको बैठक साउन ४ मा
राप्रपा केन्द्रीय समितिको बैठक साउन ४ मा
मुख्यमन्त्रीसँग राससको कार्ययोजनासहितको प्रस्ताव
मुख्यमन्त्रीसँग राससको कार्ययोजनासहितको प्रस्ताव
तपाईलाई अर्थमन्त्रीले बजेट पेश गर्न लाग्दा ब्रिफकेस खोसेर तोड्ने प्रतिपक्ष चाहिएको हो ?: विश्वप्रकाश शर्मा
तपाईलाई अर्थमन्त्रीले बजेट पेश गर्न लाग्दा ब्रिफकेस खोसेर तोड्ने प्रतिपक्ष चाहिएको हो ?: विश्वप्रकाश शर्मा
पूर्वीनाकाबाट रु छ अर्बको तरकारी र फलफूल आयात
पूर्वीनाकाबाट रु छ अर्बको तरकारी र फलफूल आयात
जीवित सालक सहित पक्राउ
जीवित सालक सहित पक्राउ
चिकित्सक ली वेनलियाङको मृत्युबारे छानविन गर्न एक टोली वुहान पठाउने चीनको निर्णय
चिकित्सक ली वेनलियाङको मृत्युबारे छानविन गर्न एक टोली वुहान पठाउने चीनको निर्णय

तपाईंले छुटाउनुभयो कि?