वीर अस्पताल सर्ने खबरले भक्तपुरमा जग्गाको मूल्य अकासियो

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ १६, २०७३
|
|
२३५ पटक हेरिएको
Shares
वीर अस्पताल सर्ने खबरले भक्तपुरमा जग्गाको मूल्य अकासियो

सारांश

  • सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) को केही अंश भक्तपुरस्थित दुवाकोटमा सार्ने खबरले यस क्षेत्रको जग्गाको मूल्य अकासिएको छ ।
  •  दुवाकोटमा गत वर्षसम्म प्रतिआना दुईदेखि तीन लाख रुपियाँ मूल्य रहेको जग्गाको अहिले प्रतिआना आठ लाखदेखि १२ लाख रुपियाँसम्म पुगेको छ भने भक्तपुरका अन्य क्षेत्रमा पनि जग्गाको मूल्य अकासिएको छ।
  • यो खबर हामीले आजको गोरखापत्रबाट लिएका हौ।

सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) को केही अंश भक्तपुरस्थित दुवाकोटमा सार्ने खबरले यस क्षेत्रको जग्गाको मूल्य अकासिएको छ ।  दुवाकोटमा गत वर्षसम्म प्रतिआना दुईदेखि तीन लाख रुपियाँ मूल्य रहेको जग्गाको अहिले प्रतिआना आठ लाखदेखि १२ लाख रुपियाँसम्म पुगेको छ भने भक्तपुरका अन्य क्षेत्रमा पनि जग्गाको मूल्य अकासिएको छ। यो खबर हामीले आजको गोरखापत्रबाट लिएका हौ।

भक्तपुरको सिर्जनानगर, कटुन्जे, सल्लाघारी, दूधपाटी, सूर्यविनायक, थिःमि क्षेत्रमा गतवर्ष प्रतिआना सात लाखदेखि १० लाख रुपियाँसम्म पर्नेमा हाल ती क्षेत्रमा आनाकै १७ देखि २२ लाख रुपियाँसम्म पुगेको छ।  दुवाकोटका स्थानीय  हेम खत्रीले गत वर्ष मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय अनुसार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) को केही अंश भक्तपुरस्थित दुवाकोटमा सार्ने निर्णय गरेलगत्तै दुवाकोटलगायत नजिकका क्षेत्रमा जग्गाको मूल्य तेब्बर भएको बताए।  खत्रीले वीर अस्पताल बन्न अझै वर्षौँ लाग्ने भए पनि जग्गाको भाउ भने अत्यधिक बढेको जानकारी दिए ।

वीर अस्पताल बन्ने हल्लाका कारण यहाँका स्थानीयवासी ढल, यातायात लगायत विभिन्न  सेवा सुविधाको विकास हुनेमा निश्चिन्त छन् ।  भक्तपुरका हरिश लामाले अस्पतालको केही अंश दुवाकोटमा सार्ने हल्लाले गर्दा दुवाकोटमा मात्र नभई वरिपरिका स्थानहरू चाँगुनारायण, झौखेल, कमलविनायक, व्यासी लगायत क्षेत्रमा जग्गाको मूल्य अकासिएको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

परिवारसँग कतारमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा  (हेर्नुहोस् ४ तस्बिरमा)
परिवारसँग कतारमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा (हेर्नुहोस् ४ तस्बिरमा)
‘गगन थापाको अभिव्यक्ति युवाको होईन, बालकको हो’: मिन विश्वकर्मा
‘गगन थापाको अभिव्यक्ति युवाको होईन, बालकको हो’: मिन विश्वकर्मा
‘क्वालिटी इज दि बेस्ट फुड अराउन्ड’को थेममा खुल्यो वार्बल लाउन्ज एण्ड रेष्टुरेन्ट
‘क्वालिटी इज दि बेस्ट फुड अराउन्ड’को थेममा खुल्यो वार्बल लाउन्ज एण्ड रेष्टुरेन्ट
धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह
धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह
निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न अपराधी यति शक्तिशाली ?
निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न अपराधी यति शक्तिशाली ?
विधानमा सहमति जुटाउँदै कांग्रेस
विधानमा सहमति जुटाउँदै कांग्रेस
साँढे तीन खर्ब रकम अभाव हुने भएकोले दाता सम्मेलनको आयोजना गर्ने तयारीमा छौं : पूर्ननिर्माण प्राधिकरण सिईओ भुसाल
साँढे तीन खर्ब रकम अभाव हुने भएकोले दाता सम्मेलनको आयोजना गर्ने तयारीमा छौं : पूर्ननिर्माण प्राधिकरण सिईओ भुसाल
राजीनामा दिने छानविन समितिका सदस्य केसी पुनः काममा फर्कने गृहमन्त्री बादलकाे भनाई !
राजीनामा दिने छानविन समितिका सदस्य केसी पुनः काममा फर्कने गृहमन्त्री बादलकाे भनाई !
अछाम र बझाङमा कांग्रेस र माओवादीबीच चुनावी तालमेल
अछाम र बझाङमा कांग्रेस र माओवादीबीच चुनावी तालमेल
कुलमान घिसिङले विद्युत प्राधिकरणमा कार्यकारी निर्देशकमा निरन्तरता नपाउने !
कुलमान घिसिङले विद्युत प्राधिकरणमा कार्यकारी निर्देशकमा निरन्तरता नपाउने !