अमेरिकाको न्यु मेक्सिकोमा १८ वर्षे किशोरद्वारा ३ जनाको हत्या

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ २, २०८०
|
|
२१ पटक हेरिएको
Shares
अमेरिकाको न्यु मेक्सिकोमा १८ वर्षे किशोरद्वारा ३ जनाको हत्या

सारांश

  • फार्मिङ्टन ।
  • अठार वर्षीय बन्दुकधारीले युवकले सोमबार यहाँस्तित गिर्जाघर बाहिर गोली हानेर तीन जनाको हत्या गरेका छन् ।
  • गोली लागेर दुई प्रहरी अधिकारीहरू सहित अन्य केही व्यक्तिहरू घाइते भएको अल जजीराले उल्लेख गरेको छ ।

फार्मिङ्टन । अठार वर्षीय बन्दुकधारीले युवकले सोमबार यहाँस्तित गिर्जाघर बाहिर गोली हानेर तीन जनाको हत्या गरेका छन् ।

गोली लागेर दुई प्रहरी अधिकारीहरू सहित अन्य केही व्यक्तिहरू घाइते भएको अल जजीराले उल्लेख गरेको छ । गोली हान्ने ती युवकलाई प्रहरीले गोली हानी मारेको छ ।

अल जजीराका अनुसार न्यु मेक्सिकोको फार्मिङ्टनको आवासीय क्षेत्रमा सोमबार गोली हानाहान गर्ने किशोर बन्दुकधारीले दुई प्रहरीसहित धेरै व्यक्ति घाइते भएको प्रहरीले बताएको छ ।

सो घटनाबाट अन्य थुप्रै नागरिक पीडित भएको फार्मिंग्टन प्रहरीले फेसबुक मार्फत जानकारी दिदै एकजना संदिग्धलाई घटनास्थलमै गोली हानी मारेको बताएको छ । यसैबीच फार्मिङ्टनमा भएको गोलीकाण्डपछि शहरभरका विद्यालयहरू बन्द गरिएको प्रहरीले जनाएको छ ।

बिहान ११ बजे गोली चलेको खबर आएपछि आसपासका विद्यालयमा विद्यार्थिहरूलाई विद्यालयमै सुरक्षित राखिएको थियो । शहरको प्रहरी विभागले फेसबुक पोस्टमा भनेको छ– कम्तिमा तीन जना सर्वसाधारणको हत्या भएको थियो र संदिग्धलाई मारिएको छ । घाइतेहरूको सान जुआन क्षेत्रीय मेडिकल सेन्टरमा उपचार भइरहेको छ ।

प्रहरीले मारिएका र घाइते भएकाहरूको नाम सार्वजनिक गरेको छैन । घटना बारे विस्तृत विवरण पनि सार्वजनिक गरिएको छैन । गम्भीर अनुसन्धान भइरहेको मात्र उल्लेख गरुएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?