शनिबार उत्साहित देखिएका बाबुराम भोलिपल्टै निराश, भाँडियो उपेन्द्रसँगको एकता
सारांश
- काठमाडौं ।
- नयाँशक्ति पार्टी नेपाल र संघीय समाजवादी पार्टीवीच हुने भनिएको पार्टी एकता प्रक्रिया तत्कालका लागि लगभग अन्त्य भएको छ ।
- पूर्वप्रधानमन्त्री डा.
काठमाडौं । नयाँशक्ति पार्टी नेपाल र संघीय समाजवादी पार्टीवीच हुने भनिएको पार्टी एकता प्रक्रिया तत्कालका लागि लगभग अन्त्य भएको छ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको निवासमा आयोजित छलफलमा सहमति जुट्न नसकेपछि नयाँ शक्ति पार्टीका नेताहरु तत्काल फोरमसँग एकता नगर्ने निश्कर्षमा पुगेका छन् ।
‘फोरमसँगको एकता वार्ता सफल हुन सकेन,’ नयाँशक्ति पार्टीका एक नेताले भने, ‘वार्ताको ढोका बन्द नगरिए पनि अब तत्काल उहाँहरुसँग पार्टी एकता नहुने निश्कर्षमा पुगिएको छ, एजेण्डामा संयुक्त मोर्चा बनाएर चाहिँ अघि बढ्न सकिन्छ ।’
नयाँशक्ति स्रोतका अनुसार शनिबारसम्म जसरी भए पनि उपेन्द्र यादवसँग पार्टी एकता गर्नुपर्छ भन्ने अडान राखेका संयोजक डा. बाबुराम भट्टराई पनि आइतबार उपेन्द्र यादवसँगको छलफलपछि निराश बनेका छन् । आइतबारको छलफलपछि डा. भट्टराईसमेत अब एकता नगरौं भन्दै ‘ब्याक’ फर्केको स्रोतले बतायो ।
‘हिजोसम्म उहाँ जसरी पनि एकता गर्नुपर्छ भन्दै हुनुहुन्थ्यो, आज फोरम नेताका कुरा सुनेपछि पछि सर्नुभयो,’ नयाँ शक्तिका नेताले भने-‘ पार्टीभित्रका बहुमत साथीहरु यथास्थितिमा उपेन्द्र यादवसँग एकता गर्नुहसँदैन भन्ने पक्षमा उभिएकाले पनि डा. भट्टराई अघि बढ्न सक्नुभएन ।’
साभार : अनलाइनखबर
प्रतिक्रिया