सधैंभरि तुइनकै भर, कहिले बन्ला पुल!

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन २४, २०७४
|
|
३३ पटक हेरिएको
Shares
सधैंभरि तुइनकै भर, कहिले बन्ला पुल!

सारांश

  • काठमाडौं, २४ फागुन – जीविकोपार्जनका लागि जिल्लाका सयौँ परिवार अझै पनि तुइनको जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।
  • ०७२ असोजमा केपी ओली पहिलोपटक प्रधानमन्त्री बन्दा दुई वर्षभित्र तुइन विस्थापित गर्ने पहिलो निर्णय गरेका थिए ।
  • तर, सबै ठाउँमा झोलुंगे पुल नबन्दा ठूला नदीमाथि तुइनमा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् स्थानीय बासिन्दा ।

काठमाडौं, २४ फागुन – जीविकोपार्जनका लागि जिल्लाका सयौँ परिवार अझै पनि तुइनको जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । ०७२ असोजमा केपी ओली पहिलोपटक प्रधानमन्त्री बन्दा दुई वर्षभित्र तुइन विस्थापित गर्ने पहिलो निर्णय गरेका थिए । तर, सबै ठाउँमा झोलुंगे पुल नबन्दा ठूला नदीमाथि तुइनमा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् स्थानीय बासिन्दा । जीविकोपार्जनका लागि जोखिमपूर्ण तुइनको यात्रा गर्न बाध्य रहेको स्थानीयको गुनासो छ । नदी वारपार गर्न सहज बनाउन तनहुँका ठूला नदीहरूमा तुइन जडान गरिएको थियो । सरकारले जडान गरेका ६ वटा तुइनमध्ये दुई अहिले पनि सञ्चालनमा छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

उत्पादन बिक्री गर्न पनि तुइनको यात्रा

तनहुँको रिसिङ गाउँपालिका वडा–१ सेटाङ्दीका टीकामाया राना जोखिम मोल्दै तुइन चढ्छिन् । उनी उत्पादन गरेको कृषि सामग्री बिक्री गर्नका लागि तुइनको जोखिमपूर्ण यात्रा गरेर सदरमुकाम दमौली, भिमाद, खैरेनीटार र आसपासका बजारहरूमा पुग्ने गरेकी छन् । जीविकोपार्जनका लागि दुलेपहरोको सेती नदीमाथि तुइनबाटै बजार आवतजावत गर्नुपर्ने बाध्यता रहेको उनले बताइन् । उनी भन्छिन्, ‘गाउँमै कृषिजन्य तरकारी खेती गरियो तर बजारसम्म पु¥याउन गाह्रो हुन्छ । बजार पुगेपछि पनि उत्पादित वस्तुले भाउ पाउनै गाह्रो हुन्छ ।’

उनले बजारमा पिँडालु, खुर्सानी, बोडी, अदुवालगायतका कृषिजन्य वस्तुहरू डोकोमा बोकेर बजारमा बिक्री गर्न ल्याउने गरेकी छिन् । ‘सामान बिक्री गर्न जाँदा तुइनको लठ्ठो तान्दा निकै कठिन हुन्छ, हातमा फोरा उठ्छ,’ उनले भनिन्, ‘नदीपारि नपुगिन्जेलसम्म मर्ने हो कि बाँच्ने हो भगवान् भरोसा ।’ टीकामायाले जस्तै रिसिङका सयौँ परिवारले नदी वारवार गर्न तुइनको जोखिमपूर्ण यात्रा गर्दै आएका छन् ।

सराङघाटमा पनि उस्तै समस्या

सराङघाट क्षेत्रका सर्वसाधारण पनि तुइनकै प्रयोग गरेर नदी वारपार गर्दै आएका छन् । तुइनको यात्रामा महिलालाई लठ्ठो तान्न कष्ट हुने गरेको उनीहरू बताउँछन् । राममाया थापा भन्छिन्, ‘पुरुषहरू बलिया भएका कारण उनीहरूलाई लठ्ठो समातेर तर्न सजिलो हुन्छ तर महिलालाई भने कठिन हुन्छ ।’

छिट्टै तुइन विस्थापित गर्ने लक्ष्य

जिल्लामा छिट्टै तुइन विस्थापन गर्ने योजनाका साथ काम भइरहेको सरकारी अधिकारीहरूले बताएका छन् । जिल्ला प्राविधिक कार्यालय तनहुँका सबइन्जिनियर सुरेश अधिकारीका अनुसार सराङघाटमा ९० र खहरेमा ७० लाखको लागतमा झोलुंगे पुल निर्माण भइरहेको छ । उनले निर्माण सम्पन्न गरेर जिल्ला तुइनमुक्त बनाउने बताए । आर्थिक वर्षको अन्त्यसम्ममा दुवै ठाउँको तुइन विस्थापित हुने बताए । जिल्लामा रहेका ६ तुइनमध्ये चारवटा विस्थापित भइसकेको र अब दुई ठाउँमा झोलुंगे पुलको निर्माण कार्य भइरहेको छ ।

सधैँ साथी खोज्नुपर्ने बाध्यता

तुइनबाट यात्राका लागि सधँै साथी खोज्नुपर्ने अर्को बाध्यता छ । एक्लै तुइन तर्न नसकिने भएकाले सिरिङका बासिन्दा साथी खोजेर बजार झर्ने गरेको स्थानीय सोममाया आलेले बताइन् । ‘एक्लै तुइनको लठ्ठो तानेर पार गर्नै सकिन्न, त्यसैले दुईजना मिलेर आउँछाँै । अनि पालैपालो लठ्ठो तानेर नदी वारपार गर्छांै,’ उनले भनिन् । यस क्षेत्रका मात्र १ सय ५० परिवारले तुइन प्रयोग गर्दै आएका छन् । रिसिङका सर्वसाधारणले जस्तै गरी सेटाङ, भाल्बोन, बाझालगायतका स्थानीयले तुइनको प्रयोग गरेको पाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारले ल्यायो नया व्यवस्था अब कक्षा ११ मा विज्ञान पढ्न ग्रेड नचाहिने
सरकारले ल्यायो नया व्यवस्था अब कक्षा ११ मा विज्ञान पढ्न ग्रेड नचाहिने
यसरी खस्यो प्रशान्त महासागरमा हवाइजहाज, सबै यात्रु सकुशल उद्दार
यसरी खस्यो प्रशान्त महासागरमा हवाइजहाज, सबै यात्रु सकुशल उद्दार
संगठित सुन तस्करीको मुद्दामा थप ५ जना जेल चलान
मेलम्चीको पानी वितरणका लागि पाँच सय ३३ किमी पाइप बिछ्याइयो
मेलम्चीको पानी वितरणका लागि पाँच सय ३३ किमी पाइप बिछ्याइयो
कञ्चनपुर घटनामा भारतले माफी माग्नुपर्छ: सुरेन्द्र
सरकारको नीति र कार्यक्रम : के समाजवाद उन्मुखसम्बन्धी नीति परित्याग नै गरिएको हो ?
सरकारको नीति र कार्यक्रम : के समाजवाद उन्मुखसम्बन्धी नीति परित्याग नै गरिएको हो ?
आईजीका छोरामाथि मुद्दा नचलाउने निर्णय महान्यायाधीवक्ता रमणकुमारको पालामा सुटुक्क भएछ
आईजीका छोरामाथि मुद्दा नचलाउने निर्णय महान्यायाधीवक्ता रमणकुमारको पालामा सुटुक्क भएछ
महोत्तरीको हाटबजारमा सिक्का पैसा चल्दैन
महोत्तरीको हाटबजारमा सिक्का पैसा चल्दैन
नगरपालिकाका मेयरलाइ मारेर फाल्दिने धम्की !
नगरपालिकाका मेयरलाइ मारेर फाल्दिने धम्की !
Neha Kakkar’s alleged boyfriend Himansh Kohli blasts trolls for slamming her!
Neha Kakkar’s alleged boyfriend Himansh Kohli blasts trolls for slamming her!

तपाईंले छुटाउनुभयो कि?