सरकारले तुरुन्त वार्ता समिति बनाएर डा. केसीको माग सम्बोधन गरोस् : गगन थापा
सारांश
- श्रावण १२, २०७४- पूर्वस्वास्थ्यमन्त्री गगन थापाले सरकारले तुरुन्त वार्त्ता समिति बनाएर चार दिनदेखि अनशनरत प्रा.
- डा.
- गोविन्द केसीको माग सम्बोघन गर्नुपर्ने बताएका छ्न् ।
श्रावण १२, २०७४- पूर्वस्वास्थ्यमन्त्री गगन थापाले सरकारले तुरुन्त वार्त्ता समिति बनाएर चार दिनदेखि अनशनरत प्रा. डा. गोविन्द केसीको माग सम्बोघन गर्नुपर्ने बताएका छ्न् । थापाले वीर अस्पतालको १२८औं वार्षिकोत्सव समारोहलाई बिहीबार सम्बोधन गर्दै उक्त कुरा बताएका हुन। ‘जैले पनि अनशन १४/१५ दिनमा पुग्दा वार्ता समिति बनाउने गरिँदै आएको छ’, थापाले यो स्थिति तत्काल अन्त भएर बिहीबार नै सरकारद्वारा वार्ता समिति बनाउन माग गरे।
डा केसीको पुनः पुनः अनशन सबैको लागि लज्जाको विषय रहेको भन्दै थापाले भने- ‘हामी पटक पटक समझदारी गर्नै तर कार्यान्वयनमा उदासिनता देखाउने भएका समझदारीविपरीत काम गर्ने गरेका छौ ।’ आफूले पटक पटक मन्त्री परिषद्मा डा केसीसँगको सहमति विपरीत निर्णय हुन लाग्दा रोकेको घटना समेत थापाले सम्झे । उनले डा केसीका सबै माग तत्काल पूरा गर्न सकिने समेत बताए।
प्रतिक्रिया