साउन १ देखि मतदाता नामावली सङ्कलन हुँदै, कहाँ गएर टिपाउने आफ्नो नाम ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ २७, २०७४
|
|
२३ पटक हेरिएको
Shares
साउन १ देखि मतदाता नामावली सङ्कलन हुँदै, कहाँ गएर टिपाउने आफ्नो नाम ?

सारांश

  • काठमाडौं, असार २७—निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको आगामी निर्वाचन प्रयोजनका लागि आगामी साउन १ देखि १५ गतेसम्म सबै जिल्लास्थित निर्वाचन कार्यालयमा मतदाता नामावली सङ्कलन कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
  • प्रमुख निर्वाचन आयुक्त डा.
  • अयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले मतदाता नामावलीमा नाम समावेश गर्न नाम दर्ता कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।

काठमाडौं, असार २७—निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको आगामी निर्वाचन प्रयोजनका लागि आगामी साउन १ देखि १५ गतेसम्म सबै जिल्लास्थित निर्वाचन कार्यालयमा मतदाता नामावली सङ्कलन कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले मतदाता नामावलीमा नाम समावेश गर्न नाम दर्ता कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । आयोगबाट गत वैशाख ३ गते प्रकाशित मतदाता नामावलीमा आफ्नो नाम समावेश नभएका व्यक्तिले स्थायी बसोबास भएको जिल्लाको निर्वाचन कार्यालयमा मतदाता नामावलीमा नाम दर्ता गराउने सकिने व्यवस्था मिलाइएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

मतदाता नामावलीमा नाम दर्ता गराउन चाहने व्यक्तिले नागरिकताको प्रमाणपत्र आफूसाथ लैजानुपर्नेछ । हालको मतदाता नामावलीमा आफ्नो नाम तथा ठेगानामा कुनै त्रुटि भएको भए त्यो सच्याउन, दोहोरो नाम हटाउन वा स्थान परिवर्तन गर्न तथा मतदाता नामावलीबाट नाम हटाउन उक्त अवधि अर्थात् साउन १ देखि १५ गतेसम्ममा सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिन सकिने व्यवस्थासमेत गरिएको आयोगले जनाएको छ ।

मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिले पुनःनाम दर्ता गराउन नपर्ने जनाउँदै आयोगले नाम दर्ता भइसकेपछि साउन १६ देखि २० गतेसम्म मतदाता नामावलीमा दावी विरोध गर्न सकिने व्यवस्था मिलाइएको जनाएको छ । आयोगले मतदाता नामावलीमा समयसापेक्ष सुधार गर्दै जाने क्रममा तस्बिरसहितको मतदाता नामावली तयार गर्दै आएको छ ।

पछिल्लो पटक आयोगले गत फागुन ९ गते अगाडि १८ वर्ष उमेर पूरा भएका मतदाताको नाम अन्तिम मतदाता नामावलीमा कायम गरेको थियो । सोही मतदाता नामावलीका आधारमा आयोगले स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचन गरेको हो । हाल एक करोड ४२ लाख ५४८ नेपाली नागरिकको नाम मतदाता नामावलीमा दर्ता गरिएको छ ।

यसअघि जिल्ला निर्वाचन, जिल्ला प्रशासन र इलाका प्रशासन कार्यालयबाट निरन्तर दर्ता, घुम्ती दर्ता, विशेष दर्तालगायत कार्यक्रमबाट मतदाता नामावली सङ्कलन गरिँदै आएको थियो । स्थानीय तहको निर्वाचनको मिति घोषणासँगै फागुन ९ गतेदेखि यो कार्य स्थगन भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इपिएस सम्झौताको १७ वर्ष : नेपाल सन् २०२३ मा बढी कामदार पठाउने पहिलो मुलुक
इपिएस सम्झौताको १७ वर्ष : नेपाल सन् २०२३ मा बढी कामदार पठाउने पहिलो मुलुक
कसले बाहिर ल्यायो पाइलट र एअर ट्राफिक कन्ट्रोलरबीचको संवाद? ६ जना कर्मचारी सरुवा
कसले बाहिर ल्यायो पाइलट र एअर ट्राफिक कन्ट्रोलरबीचको संवाद? ६ जना कर्मचारी सरुवा
यात्रु चढिसकेको जहाज दिल्लीमा ६ घण्टा रोकिएपछि…
यात्रु चढिसकेको जहाज दिल्लीमा ६ घण्टा रोकिएपछि…
सर्लाहीका ४६ वटा वडाको मत परिणाम सार्वजनिक, अहिलेसम्म वडामा माओवादी बलियो
सर्लाहीका ४६ वटा वडाको मत परिणाम सार्वजनिक, अहिलेसम्म वडामा माओवादी बलियो
Market price hike on eve of festivals rile NA members
Market price hike on eve of festivals rile NA members
पाकिस्तानका पूर्वप्रधानमन्त्री खान भ्रष्टाचारको अभियोगमा पक्राउ
पाकिस्तानका पूर्वप्रधानमन्त्री खान भ्रष्टाचारको अभियोगमा पक्राउ
उत्तर कोरियासँग ९९.९ प्रतिशत आशावादी दक्षिण कोरिया
उत्तर कोरियासँग ९९.९ प्रतिशत आशावादी दक्षिण कोरिया
म्हः पूजा आज गर्ने कि भोली भन्नेमा नेवार समुदाय विभाजित
म्हः पूजा आज गर्ने कि भोली भन्नेमा नेवार समुदाय विभाजित
फुसको छाना हटाउँदै शिवराज नगरपालिका
फुसको छाना हटाउँदै शिवराज नगरपालिका
सदन र सडकबाट सशक्त प्रतिपक्षकाे भूमिका निर्वाह गर्ने माओवादीको निर्णय
सदन र सडकबाट सशक्त प्रतिपक्षकाे भूमिका निर्वाह गर्ने माओवादीको निर्णय

तपाईंले छुटाउनुभयो कि?