सिन्डिकेट रोक्न सर्वोच्चको परमादेश….

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष १, २०७३
|
|
१५८ पटक हेरिएको
Shares
सिन्डिकेट रोक्न सर्वोच्चको परमादेश….

सारांश

  • काठमाडौः सर्वोच्च अदालतले यातायात क्षेत्रमा रहेको सिन्डिकेट अन्त्यका लागि उच्चस्तरीय छानबिन आयोग गठन गर्न बिहीबार सरकारलाई परमादेश दिएको छ ।
  • सरकारले सवारीमा भएको सिन्डिकेट नरोकेका कारण बर्सेनि दुर्घटना बढिरहेको दाबीसहित दायर रिटमा सर्वोच्चका न्यायाधीश डा.
  • आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संयुक्त इजलासले छानबिन आयोग गठनका लागि परमादेश जारी गरेको हो ।

काठमाडौः सर्वोच्च अदालतले यातायात क्षेत्रमा रहेको सिन्डिकेट अन्त्यका लागि उच्चस्तरीय छानबिन आयोग गठन गर्न बिहीबार सरकारलाई परमादेश दिएको छ । सरकारले सवारीमा भएको सिन्डिकेट नरोकेका कारण बर्सेनि दुर्घटना बढिरहेको दाबीसहित दायर रिटमा सर्वोच्चका न्यायाधीश डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संयुक्त इजलासले छानबिन आयोग गठनका लागि परमादेश जारी गरेको हो । सर्वोच्चको परमादेश सरकारका लागि बाध्यकारी हुन्छ ।
यात्रुवाहक र मालवाहक सार्वजनिक यातायातमा सिन्डिकेट, कार्टेलिङ र मनोमानी चलेका कारण दण्डहीनता बढेको भन्दै उपभोक्ता अधिकारकर्मी अधिवक्ता ज्योति बानियाँले सर्वोच्चमा रिट दिएका थिए । मनपरीका कारण बर्सेनि दुर्घटना भई हजारौं नागरिकले ज्यान गुमाउनुपरेको तथ्यांकसमेत रिट निवेदकले पेस गरेका छन् ।
सर्वोच्चले रुट पर्मिट, सवारी दर्ता, द्रुत र स्थानीय श्रेणीका साधन, मासिक/दैनिक खेप निर्धारण, भाडादर, दुर्घटनाको दायित्व निर्धारण, गुनासो सुनुवाइ, विभिन्न प्रतिवेदन कार्यान्वयन, बिमा दुर्घटना, सिन्डिकेटमाथिको कारबाही सिफारिस, अवधि नाघेका सवारीसाधनको रुट पर्मिट खारेजी, यातायात सञ्चालनमा विधि र प्रक्रिया निर्धारण गर्न आयोग गठन गर्न परमादेश दिएको हो । जाँचबुझ आयोग ऐनअनुरूप आयोग गठन भई छानबिन भएपछि आयोगबाटै सिफारिस कार्यान्वयन भएनभएको अनुगमन गर्नसमेत आदेश भएको छ ।
वैज्ञानिक भाडादर कायम गरी मनपरी रोकेर विधि र प्रक्रिया निर्माण गर्न यसअघि २०६३ सालमा पनि सर्वोच्चले आदेश दिएको थियो । आदेश कार्यान्वयनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, अर्थ, गृह, यातायात मन्त्रालय निष्क्रिय देखिएको प्रश्नसमेत निवेदकले उब्जाएका थिए ।
हाल समिति र कार्यालयबाट रुट पर्मिट पाएका व्यवसायीले त्यस रुटमा आफूबाहेक अन्यलाई यातायात प्रवेशमा निषेध गर्दै आएका छन् । रुट पर्मिट लिएका व्यक्तिले संघ दर्ता गरी अनुमतिबिना रुट पर्मिट वा सार्वजनिक सवारी सञ्चालन गर्न नपाउने व्यवस्था लागू गरिएको छ ।
यस्ता संस्थाले अनुचित रूपले रकम उठाउने गरेका छन् । बाध्यकारी रूपमा आलोपालो प्रणाली, कोटा प्रणाली, चक्रप्रणाली, खेपप्रणाली, डायल प्रणाली, टोकन प्रणाली, लोडिङ प्रणाली र स्लिप प्रणालीका कारण आफूबाहेक अरूलाई बजार प्रवेशमा रोकेको प्रश्न निवेदकले उठाएका थिए । यसले एउटा सवारीसाधनलाई महिनामा एकदुईपटकभन्दा बढी सेवा सञ्चालन गर्न नपाउने गरी एकाधिकार जमाएको तथ्यांकसमेत सर्वोच्चमा पेस गरिएको थियो ।
यातायात व्यवस्था नियमावलीमा एउटा सार्वजनिक सवारीसाधन आठ वर्षभन्दा बढी सञ्चालन गर्न नपाइने भनिए पनि दसदेखि २० वर्षसम्म लगातार सञ्चालन गरिएको अवस्थासमेत दर्साइएको छ । यस्तै लामो रुटमा सार्वजनिक यातायात सञ्चालन गर्न सात सय २० भन्दा बढी व्यवसायीले आपसी मिलोमतो गरी बढी भाडा लिने गरेको जनाइएको छ ।
एउटा ट्रकको प्रतिखेप ७५ हजार रुपैयाँ खर्च लाग्ने तातोपानी-काठमाडौं रुटमा तीन लाख ७५ हजार रुपैयाँ तोकिएको छ । यस्तै केरुङ-काठमाडौं, वीरगन्ज-काठमाडौं, भैरहवा-काठमाडौंलगायत रुटको अवस्था पनि भयावह छ ।
सरकारका नीति तथा कार्यक्रम र बजेटमा यातायात सिन्डिकेट र कार्टेलिङ नियन्त्रण गर्ने भनिए पनि प्रभावकारी कदम चालिएको छैन । ‘पुराना गाडीलाई मानिससहित दुर्घटना गर्दा बिमा रकम सहजै पाइने हुँदा पछिल्लो समयमा सवारीसाधनको बिमा लिने नियतले सवारी दुर्घटनामा पारी उपभोक्ता मार्ने, चालक र सहयोगीलाई भाग्न व्यवसायीले बाध्य गराउँदै आएका छन्’, बानियाँले रिटमा भनेका छन् ।
सर्वोच्चमा पेस गरिएको ट्राफिक प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०६७/६८ मा सवारी दुर्घटनामा परी एक हजार ६ सय ८९ को मृत्यु तथा १३ हजार दुई सय चारजना घाइते भएका छन् । ०६८/६९ मा एक हजार आठ सय ३७ को मृत्यु तथा आठ हजार २९ जना घाइते, आव २०६९÷७० मा एक हजार आठ सय १६ जनाको मृत्यु तथा ११ हजार नौ सय ८६ जना घाइते, २०७०/७१ मा पनि एक हजार सात सय ८७ जनाको मृत्यु ११ हजार तीन सय ९३ घाइते एवं आव २०७१÷७२ मा आठ सय २२ को मृत्यु तथा पाँच हजार एक सय १५ जना घाइते भएका छन् ।
यातायातमा हाल सेवा सञ्चालन गरिरहेका व्यवसायीले बाहेक अरूले संघ दर्ता गर्न नपाउने स्थिति छ । व्यवसायीले कुनै सवारीसाधनको रुट पर्मिट लिन नपाउने र लिएमा बन्द, हडताल, अवरोध, तोडफोड र बल प्रयोग गर्दै सेवा नै अवरुद्ध गर्ने गरिएको छ भनी आजको अन्नपूर्ण पोस्टले लेखेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोखरा नयाँनयाँ उडान गन्तव्यमा जोडिँदै
पोखरा नयाँनयाँ उडान गन्तव्यमा जोडिँदै
प्रेमकुमार राईको ट्वीटर एकाउन्टमा लेखियोः मेरो पहिलो काम भनेकै क्यान्टोनमेन्टको भ्रष्टाचार र ललिता निवासको फाइल खोल्ने हुनेछ
प्रेमकुमार राईको ट्वीटर एकाउन्टमा लेखियोः मेरो पहिलो काम भनेकै क्यान्टोनमेन्टको भ्रष्टाचार र ललिता निवासको फाइल खोल्ने हुनेछ
बचतकर्ताको ६ अर्ब ठगी गरेको आरोपमा लालीगुराँस सहकारीका सीइओ सुरेन्द्र भण्डारी पक्राउ
बचतकर्ताको ६ अर्ब ठगी गरेको आरोपमा लालीगुराँस सहकारीका सीइओ सुरेन्द्र भण्डारी पक्राउ
खतिवडाबाटै अर्थमन्त्री चलाउने प्रधानमन्त्री ओलीको रणनीति
खतिवडाबाटै अर्थमन्त्री चलाउने प्रधानमन्त्री ओलीको रणनीति
नहरमा डुबेर एक बालकको मृत्यु
नहरमा डुबेर एक बालकको मृत्यु
मन्त्री शर्मा भन्छिन् :सूचनाको हकको प्रयोगलाई जनस्तरसम्म पु-याउनुपर्छ
मन्त्री शर्मा भन्छिन् :सूचनाको हकको प्रयोगलाई जनस्तरसम्म पु-याउनुपर्छ
साताको ६ दिन कुवेत–काठमाडौं सिधा उडान शुरु !
साताको ६ दिन कुवेत–काठमाडौं सिधा उडान शुरु !
धर्मराउन लागेको अदालतको जनआस्था बढाउन प्रतिवद्ध छु : प्रधानन्यायधीश राणा
धर्मराउन लागेको अदालतको जनआस्था बढाउन प्रतिवद्ध छु : प्रधानन्यायधीश राणा
सन्दर्भ चौथो संविधान दिवस : संविधान कार्यान्वयनको अवस्था सन्तोषजनक
सन्दर्भ चौथो संविधान दिवस : संविधान कार्यान्वयनको अवस्था सन्तोषजनक
‘क्यालिब्रेसन’बिनै १८०० ट्यांकरबाट ढुवानी
‘क्यालिब्रेसन’बिनै १८०० ट्यांकरबाट ढुवानी