हामी धर्तीमा अन्धकार छर्दैछौ ।
सारांश
- कथा विजय तिमिल्सिना क्यान्सर होस्पितल बाट निस्कना साथ चुरोट सल्काउन हातर हुन्छ ।
- भित्र बिरामीको अवास्ता देख्दा किन खान्छन मान्छे चुरोट,किन खन्छु म आँफै पनि साह्रै ग्लानी हुन्छ ।
- तर त्यो पिँडा होस्पिटल बाहिर निस्कना साथ भुलिहालिन्छ ।
कथा
विजय तिमिल्सिना
क्यान्सर होस्पितल बाट निस्कना साथ चुरोट सल्काउन हातर हुन्छ । भित्र बिरामीको अवास्ता देख्दा किन खान्छन मान्छे चुरोट,किन खन्छु म आँफै पनि साह्रै ग्लानी हुन्छ । तर त्यो पिँडा होस्पिटल बाहिर निस्कना साथ भुलिहालिन्छ । कस्तो लात लाग्यो लाग्यो । हरेक दिन छोड्ने कोसिस गर्छु,हरेक दिन फेल हुन्छु ।
स्कुल पढदा गनाउने टवाइलेट भित्र बसेर किन ज्ञान बहादुरले चुरोट तान्थ्यो आज बल्ल थाहा भो । ज्ञानेलाई त्यती नै बेला लत लागिसकेको थियो । पुरै बिग्रिने समयमा लाइन समाएको टोलकै उदाहरण मान्छे पनि चुरोटको लतमा फसेछ भन्दै सबैले कुरा काट्न थाली सकेछन । मलाई भने पत्तो नै छैन ।
पाइन्टो पछील्लो खल्तीमा एउटा कापी भिरी जब क्याम्पस पढ्न थालियो । लाग्थ्यो अब सबै सपना पुरा गर्ने ढोका खुल्यो । तर कहाँ सोचे जस्तो हुदोरहेछ । यो १५-१६ वर्षको उमेरपो झन डर लाग्दो हुदोरहेछ । देखे जती सबै गर्न मन लग्ने । कुन बाटो सही कुन बाटो गलत छुटाउन नै गर्हो पर्यो । देखासिकी र फेसनले छुदै गरेको शहरमा ईंग्लिस र हिन्दी फिलिमको प्रभावमा चुर्लुमै डुबियो । घरमा अभिभावकको किचकिचको सामना गर्दा गर्दै बल्ल बल्ल २० काटियो ।
जुँगाको रेखी बसे पछी बुद्धी पनि आउछ भन्थे हो जस्तो पनि लाग्न थान्यो । ठेट्नाको संगत अब कम गर्नु पर्छ र आँफै कमाउनु पर्छ भन्ने लाग्यो । सधैं अभिभावकको पकेटमा भर पर्दा आफ्नो खुशीको गला रेटिएको महसुस भयो । जागिर खाने आफ्नो कमाइले आफ्नो गर्ने सोचका साथ अगी बढीयो । तर पहिलो महिनाकै तलबमा घरकाको आँखा लाग्दो रे छ । अभिभावकलाई जिम्मेवारी कम भएको मात्रै होइन आधार पनि थपिदो रे छ । मेरो कमाइ मेरो लागि मात्रै होइन रेछ । घरका लागि पनि खर्चिनु पर्ने ठुलो दायीत्व रेछ । म माथिको लगानी त आमा बाबुले मलाई साँवा,ब्याज उठाउने गरी दीइेएको सापटीको रहेछन ।
घडीको सुही एक्नास चल्छ तर मौसम र जिन्दगीमा फेरबदल किन ? जब २-३ वर्षकै उमेरमा घर बाट झोला बोकाइ स्कूल पठाइन्छ हो त्यही दिन देखी नै मान्छेले तनाव बोक्न सुरु गरी सकेको हुनेरेछ ? पढाईको तनावमा जीवनलाई घिसार्दा घिसादै अर्को व्याबहारिक तनावले भेटाइ हाल्छ । पढाई,घर परिवार,समाज र राष्ट्र सोच्दा सोच्दै जीवनले पूर्ण श्वास फेर्ने समय पनि आईहाल्छ ।
अभिभावकले डक्टर,इन्जिनियर,पाइलट,प्रोफेसर सबै बनाउने सपना देखे होलान ? हालको परिणाम म मेरो पोजिसन खोइ कहाँ छ ? त्यो स्कुल फर्स्ट ब्वाई के गर्दैछ भनेर आज पनि मलाई स्कुल खोज्दै होला ? मेरा साथी जो म भन्दा पढाईमा कम्जोर थिए तिनीहरुले मलाई ठुलो मान्छे भएको ठान्दा हुन । तर म चुरोटको धुवाको मुस्लोमा हराएको छु । कहिले काँही त म आफुले आँफैलाई पनि भेटदिन ।
‘सोचे जस्तो हुन्न जीवन’ यो गीत जस्तै वास्तवमै जस्तो भोग्यो उस्तै हुदोरहेछ जीवन । काम,घर,परिवार,आफन्त,समाज आदी इत्यादी भोज्दा भोग्दै जीवनले बिट मार्दै रहेछ । म जस्तै धेरैलाई यो लतले सतायको छ । सुरुमा धुवामा रमाउने म जस्ता धेरैको अहिले दु:ख भुल्ने साथी भएको छ । सरासर गलत लतको शिकार भएको थाहा हुँदा हुँदै पनि किन यस्तो गल्ती गर्दैछु म ? आँफैले आँफैलाई प्रश्न गर्यो बेतुकको प्रश्न भैरहेको छ । सुन्छु प्रधान मन्त्रीको फोक्सोमा दाग छ रे,गृहमन्त्री सुधारको कुरा धुवा उडाउदै गर्छन् रे अनी स्वास्थ्य मन्त्री पनि होसियार भन्दै चोर औंलाको ठाउमा चुरोट ठडाउछन रे । अर्थमन्त्रीको लत ठीक छ उनी पैसाको लतमा भएको कुरा बेला बेलामा भाईरल भैरहन्छ । कर्मचारी नियतमै दाग लिएर कार्यालय छिर्छन त्यो पनि सबैलाई थाहा भएको कुरा हो । सोच्छु दाग न भएको को छ र,दाग चन्द्रमा पनि छ । फरक यती छ कि हामी धर्तीमा अन्धकार छर्दैछौ,चन्द्रा आकाशमा दागी भएर पनि उज्यालो दिन सफल छ ।
प्रतिक्रिया