हेटौडा सिमेन्ट उत्पादनको ३४ औ बर्षमा प्रवेश

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर २६, २०७५
|
|
१९ पटक हेरिएको
Shares
हेटौडा सिमेन्ट उत्पादनको ३४ औ बर्षमा प्रवेश

सारांश

  • दिपक पराजुली ,हेटौडा,२६ मंसिर।
  • हेटौडा सिमेन्ट उद्योगले आफ्नो ३३ औ बार्षिकउत्सब सम्पन्न गरेको छ।
  • हेटौडा उपमहानगरपालिका  ९लामसुरेमा अवस्थित रहेको आफ्नै उद्योगको हाताभित्र कार्यक्रम आयोजना गरिएको थियो।

दिपक पराजुली ,हेटौडा,२६ मंसिर। हेटौडा सिमेन्ट उद्योगले आफ्नो ३३ औ बार्षिकउत्सब सम्पन्न गरेको छ। हेटौडा उपमहानगरपालिका  ९लामसुरेमा अवस्थित रहेको आफ्नै उद्योगको हाताभित्र कार्यक्रम आयोजना गरिएको थियो। उद्योग संचालक समिति अध्यक्ष रघुरमण न्यौपानेको सभाध्यक्षता र उद्योग बाणिज्य तथा आपूर्ति संघीय मन्त्री मात्रिका यादवको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा प्रदेश मन्त्री , जिल्लाका राजनीतिक दल लगायत बिभिन्न क्षेत्रका व्यक्तित्व हरुको उपस्थिति रहेको थियो।

उद्योग मन्त्री यादबले देश समृद्द भए मात्र हामी नेपाली समृद्द हुने भएकोले सबैले आआफ्नो जिम्मेवारी अनुसार काम गर्नु पर्ने बताउनु भयो। घाटा गएको उद्योग लागातार ३ बर्ष सम्म उद्योग नाफामा गएकोमा खुशी व्यक्त गर्द्दै वहाले काम गर्नेलाई अझ हौसला र प्रोत्साहन दिनु पर्ने बताउनु भयो। सरकारको चाहना आत्मनिर्भर अर्थतन्त्रको बिकाश गर्ने र सबै सहभागी हुने रहेको बताउदै उहाँले यो अभियानमा सबै मिलेर जानुको बिकल्प नरहेको बताउनु भयो। ट्रेड युनियनहरुले आफ्नो हक हितको लागि लड्नु जायज भएपनि काम नगर्ने प्रवृति गलत भएको भन्दै उहाले आगामी दिनमा कामको मुल्यांकन गरी दण्ड र पुरस्कारको व्यवस्था गरिने बताउनुभयाे।

भ्रटाचार कुनै हालतमा स्वीकार्य नहुने बताउदै उहाले उद्योगलाई अझ राम्रो काम गर्न सुझाब दिदै राम्रो कामको लागि सधै आफ्नो साथ् र समर्थन रहने बताउनुभयाे।संचालक समितिका अध्यक्ष रघुरमण न्यौपानेले उद्योग फाइदा जानुमा सबै कर्मचारी र व्यवस्थापनको मेहनतको फल रहेको भन्दै सबैमा आभार प्रकट गर्नुभयो। महाप्रबन्धक प्रेम शंकर सिंहले उद्योगको उत्पादन क्षमता बृद्धि गरि उत्पादन लागत घटाउन नसके निजि उद्योगहरुसंग प्रतिस्पर्धा गर्न नसकिने बताउदै क्षमता बृद्धिको बिकल्प नरहेको बताउनु भयो। कार्यक्रममा प्रदेश आन्तरिक मामला तथा कानुन मन्त्री शालिक राम जमरकटेल ,प्रदेश बिपक्षि दलका नेता इन्द्र बानिया ,उद्योग बिभाग निर्देशक बिनोद प्रकाश सिंह , प्रदेश सभा सदस्य जुनेली श्रेष्ठ ,प्रेम बहादुर पुलामी लगायतले मन्तब्य राख्नु भएको थियो।

कम्पनी एेन २०२१ अनुसार स्थापना भएको हेटौडा सिमेन्ट उद्योग लिमिटेड २०३३ असोज १३ गते विधिवत रुपमा दर्ता भएपनि २०४२ मङ्सिर २६ देखि व्यवसायिक उत्पादन गर्न थालेको हो। दर्तापुजी ३०० करोड रहेको यस उद्योगको जारी पुजी १५० करोड र चुक्ता पुजी ९० करोड रहेको छ। कुनै बेला धराशायी भई बन्द हुने अवस्थामा रहेको यो उद्योगले लगातार ३ बर्षदेखी नाफामा गएको देखिन्छ। २०७०र२०७१ मा भएको संचित नोक्सानी ९२ करोड ६२ हजार घटेर २०७४र२०७५ मा ५१ करोड ८२ हजारमा आएको छ। पुरानो प्रबिधि र मेशिन औजारका कारण पनि नया प्रविधिमा खुलेका उद्योगहरुसंग प्रतिस्पर्धा गरी उद्योग फाइदा जानुलाइ उपलब्धीको रुपमा मान्न सकिए पनि आगामी दिनमा समयानुकुल नयाप्रबिधि र मेशिनको माध्यमबाट उत्पादन क्षमता बढाई लागत कम गरी बिक्रि गर्न सके धेरै उपलब्धी हासिल गर्न सकिन्छ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

७० स्थानीय तहमा मतगणना जारी, दुर्इ वटा वडामा माअाेवादी र एकमा संघीय समाजवादी विजयी
७० स्थानीय तहमा मतगणना जारी, दुर्इ वटा वडामा माअाेवादी र एकमा संघीय समाजवादी विजयी
उपत्यका भित्र पाइने गोलभेँडा र काउलीमा धेरै विषादी
उपत्यका भित्र पाइने गोलभेँडा र काउलीमा धेरै विषादी
टाइ टेईको असर ५ दिनसम्म जारी रहने
टाइ टेईको असर ५ दिनसम्म जारी रहने
भूटानी शरणार्थी प्रकरणका दोषीलाई छाड्न हुँदैन: रास्वपा
भूटानी शरणार्थी प्रकरणका दोषीलाई छाड्न हुँदैन: रास्वपा
कांग्रेस-एमाले मिलेर समानुपातिक प्रणाली हटाउन लागेका हुन्?
कांग्रेस-एमाले मिलेर समानुपातिक प्रणाली हटाउन लागेका हुन्?
प्राधिकरणको नयाँ नियमविरुद्ध हुम्लावासी आन्दोलित
प्राधिकरणको नयाँ नियमविरुद्ध हुम्लावासी आन्दोलित
इमान्दारीको नमूना : नगदसहित भेट्टाइएको झोला फिर्ता १
इमान्दारीको नमूना : नगदसहित भेट्टाइएको झोला फिर्ता १
प्रधानमन्त्री ओली स्वदेश फर्किए, सञ्चारकर्मीसँग चुइक्क बोलेनन्
प्रधानमन्त्री ओली स्वदेश फर्किए, सञ्चारकर्मीसँग चुइक्क बोलेनन्
करिब २ करोड रकम हिनामिना गरी कहाँ भागे यी लेखापाल?
करिब २ करोड रकम हिनामिना गरी कहाँ भागे यी लेखापाल?
भाइरल झाँक्री भुजेललाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
भाइरल झाँक्री भुजेललाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

तपाईंले छुटाउनुभयो कि?