डा. केसी पक्ष र सरकारबीच वार्ता प्रारम्भ
सारांश
- काठमाडौं, ९ साउन ।
- अनशनरत डा.
- गोविन्द केसी पक्ष र सरकारबीच वार्ता शुरु भएको छ ।
काठमाडौं, ९ साउन । अनशनरत डा. गोविन्द केसी पक्ष र सरकारबीच वार्ता शुरु भएको छ । २६ दिनदेखि अनशनमा बसेका प्राडा गोविन्द केसी र सरकारी पक्षको वार्ता भर्खरै शुरु भएको हो ।
सरकारी पक्षले आन्तरिक छलफलपछि आज बिहान ९ बजेका लागि बोलाइएको वार्ता पौने २ बजेदेखि सिंहदरबारमा शुरु भएको हो । केसी पक्षको वार्ता टोलीका संयोजक डा. अभिषेकराज सिंहले सरकारसँगको आजको वार्ता टुङ्गोमा पुग्ने आशा व्यक्त गरे । वार्तामा सरकार पक्षबाट शिक्षा मन्त्रालयका सचिव तथा वार्ता टोलीका संयोजक खगराज बराल, सहसचिव केदार न्यौपाने र स्वास्थ्य मन्त्रालयका सहसचिव गुणराज लोहनी सहभागी छन् ।
डा. केसीको पक्षबाट डा. अभिषेक सिंह, डा. जीवन क्षेत्री, अधिवक्ता ओमप्रकाश अर्याल, कानून व्यवसायी सुरेन्द्र भण्डारी र डा. सुमित पाण्डे सहभागी छन् । अहिलेको सबैभन्दा जल्दोबल्दो मुद्दाको रुपमा उठेको डा. केसीको अनशन र उनको मागबारे वार्ताले गाँठो फुकाउँला कि नफुकाउँला भन्ने कुरा सर्वसाधरणले समेत चासोका साथ हेरिरहेका छन् । डा. केसीको आन्दोलनका कारण अहिले देशभरको स्वास्थ्य सेवा प्रभावित भएको छ ।
Bhola Mishra
वार्ता सफल बनोस् ,शुभकामना !