२०१८ कै चर्चित प्रसंग #ME TOO ह्यासट्याग,हलिउड देखि बलिउडसम्म को को मुछिए ?
सारांश
- सन् २०१७ को अक्टोबर १६ मा हलिउड अभिनेत्री एलिसा मिलानोले ट्वीटरमा यदि तपाईहरु यौन दुव्र्यवहारमा पर्नु भएको छ भने आफ्नो अनुभवलाई मि टु लेखेर रिप्लाई गर्न आग्रह गरिन् ।
- एलिसाले ट्वीट गरेको केही घण्टामै संसारभरबाट हजारौ महिलाले ह्यासट्याग मि टु लेखेर आफुले भोगेको यौन दुव्र्यवहारको अनुभवलाई सामाजिक सञ्चालमा राख्न थाले ।
- त्यसपछि ह्यासट्याग मि टु विश्वव्यापी ट्रेण्ड बन्यो ।
सन् २०१७ को अक्टोबर १६ मा हलिउड अभिनेत्री एलिसा मिलानोले ट्वीटरमा यदि तपाईहरु यौन दुव्र्यवहारमा पर्नु भएको छ भने आफ्नो अनुभवलाई मि टु लेखेर रिप्लाई गर्न आग्रह गरिन् । एलिसाले ट्वीट गरेको केही घण्टामै संसारभरबाट हजारौ महिलाले ह्यासट्याग मि टु लेखेर आफुले भोगेको यौन दुव्र्यवहारको अनुभवलाई सामाजिक सञ्चालमा राख्न थाले । त्यसपछि ह्यासट्याग मि टु विश्वव्यापी ट्रेण्ड बन्यो ।
सन् २०१७ बाट सुरु भएको मि टु अभियानले सन् २०१८ मा व्यापकता पायो । यो अभियान सुरु भए पछि हलिउडबाट लेडी गागा, एञ्जेलिना जोली लगायतले यौन दुव्र्यवहारको विरुद्धमा बोले । अभिनेत्रीहरुको संलग्नता सँगै यो अभियानको चर्चा झनै उत्कर्षमा पुग्यो । अभिनेत्रीहरु एकजुट भएर हलिउडका चर्चित निर्माता हार्वे विन्स्टन विरुद्ध खनिए । निर्माता हार्वे विन्स्टन विरुद्ध हलिउड अभिनेत्रीहरु एकजुट भएर लागे पछि मि टु अभियान साच्चीकै प्रभावकारी मात्रै देखिएन, विश्वव्यापी पनि बन्यो । विन्स्टन विरुद्ध एक पछि अर्को गर्दै एक दर्जन भन्दा बढीले यौन दुव्र्यवहारको आरोप लगाए । अभिनेत्री एनाबेला सिओराले सन् १९९० मा बलात्कार विन्स्टनले बलात्कार गरेको घटनालाई मि टु अभियानमार्फत नै सार्वजनिक गरिन् । यी सबै आरोपहरुको विन्स्टनले ठूलो मुल्य चुकाउन पर्यो । विन्स्टनलाई उनी कार्यरत कम्पनीले पदमुक्त गरिदियो, पत्नी जियार्जिना स्याम्पमेनले सम्बन्ध विच्छेद गरिन् । त्यस्तै उनलाई अस्करको जुरीबाट समेत हटाइयो । मि टु अभियानको असर यतिमै सिमित रहेन । अभिनेत्रीहरुले गरेको प्रहरीमा उजुरी गरे पछि २०१८ सेप्टेम्बर २५ देखि विन्स्टन जेलमै छन् ।
विन्स्टन बाहेक पूर्व अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू बुस, सीबिएस कर्पोरेसनका कार्यकारी प्रमुख लेस मुभ्स, अस्कर अवार्ड विजेता मोग्र्यान फ्रिम्यान लगायतका अन्य चर्चित व्यक्तिहरु पनि यो अभियानमा मुछिए ।

हलिउडका चर्चित र शक्तिशाली निर्माता विन्स्टन विरुद्ध अभिनेत्रीहरुले पाएको सफलताले अन्य मुलुकका फिल्मी उद्योग पनि तरंगीत बन्यो । चर्चित र शक्तिशाली व्यक्तिहरुबाट यौन दुव्र्यवहार भोगेका महिलाहरुले विश्वका कुना कुनाबाट आफुले भोगेको दुव्र्यवहारलाई सामाजिक सञ्जालमार्फत विश्वव्यापी बनाए ।
मि टु अभियानको प्रभाव भारतमा पनि राम्रैसँग देखियो । राजनीतिज्ञ, कलाकार, व्यवसायी लगायतका भारतका थुप्रै चर्चित व्यक्तिहरुमाथि यौन दुव्र्यवहारको आरोप लाग्यो । भारतमा तनुश्री दत्ताले यो अभियानको सुरुवात गरिन् । उनले चलचित्र हर्न ओके प्लिजको छायांकनका बेला नाना पाटेकरले दुव्र्यवहार गरेको आरोप लगाइन् । नाना बाहेक आलोकनाथ, अन्नु मल्लिक, शक्ति कपुर, साजिद खान लगायत मिटु लागेका बलिउडक कलाकार तथा निर्देशक हुन् । मिटुकै कारण भारतीय विदेश राज्यमन्त्री एमजे अकबरले पनि पदबाट राजिना दिनुपर्यो । उनलाई २० भन्दा बढी महिला पत्रकारले यौन उत्पीडनको आरोप लगाएका थिए ।
मिटुको असर सन् २०१८ मा नेपालसम्म पनि आइपुग्यो । काठमाडौँका पूर्व मेयर तथा प्रदेश ३ का निवर्तमान भौतिक योजनामन्त्री केशव स्थापितलाई महानगरपालिकाकै पूर्व कर्मचारी रश्मिला प्रजापतिले यौन दुव्र्यवहारको आरोप लगाइन् । त्यस्तै सञ्चारकर्मी सुबिना श्रेष्ठ र मीना कैनीले नाम सार्वजनिक नगरिकनै आफुमाथि भएको दुव्र्यवहारको खुलासा सामाजिक सञ्जालमार्फत् गरे । मिटुको चर्चा भए पनि नेपालमा भने यसले अन्यत्र जस्तो विशाल रुप लिन सकेन । चर्चामा आएका एक दुई घटना बाहेक नेपालमा मिटुले कुनै ठूलो उतारचढाव ल्याउन सकेन । यद्यपी महिला अधिकारको मुद्दासँग जोडेर मिटुमार्फत् यौन दुव्र्यवहारको विषयमा सञ्चारमाध्यममा भने बहस राम्रैसँग भयो ।
प्रतिक्रिया