३ स्थानीय तहको नतिजा आउन बाँकी, कहाँ कसको अग्रता

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ २५, २०७४
|
|
२० पटक हेरिएको
Shares
३ स्थानीय तहको नतिजा आउन बाँकी, कहाँ कसको अग्रता

सारांश

  • काठमाडौं, असार २५—असार १४ गते सम्पन्न दोस्रो चरणको निर्वाचन भएका ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमध्ये ३३१ तहको अन्तिम परिणाम आइसकेको छ भने अब ३ स्थानीय तहको मात्र नतिजा आउन बाँकी छ ।
  • निर्वाचनको अन्तिम मत परिणाम आउन बाँकी रहेका स्थानीय तहहरुमा सुनसरीको धरान उपमहानगरपालिका, झापाको अर्जुनधारा नगरपालिका र कञ्चनपुरको पुनर्वास नगरपालिका रहेका छन् ।
  • अहिलेसम्म यी तिनै स्थानमा नेकपा एमालेका उम्मेदवारहरुले अग्रता लिइरहेका छन् ।

काठमाडौं, असार २५—असार १४ गते सम्पन्न दोस्रो चरणको निर्वाचन भएका ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमध्ये ३३१ तहको अन्तिम परिणाम आइसकेको छ भने अब ३ स्थानीय तहको मात्र नतिजा आउन बाँकी छ ।

निर्वाचनको अन्तिम मत परिणाम आउन बाँकी रहेका स्थानीय तहहरुमा सुनसरीको धरान उपमहानगरपालिका, झापाको अर्जुनधारा नगरपालिका र कञ्चनपुरको पुनर्वास नगरपालिका रहेका छन् । अहिलेसम्म यी तिनै स्थानमा नेकपा एमालेका उम्मेदवारहरुले अग्रता लिइरहेका छन् ।

धरान उपमहानगरपालिकाको मेयरमा एमालेका एमालेका तारा सुब्बा १३ हजार ४ सय ५० मतसहित अग्रस्थानमा रहेका छन् । उनलाई १० हजार ६ सय ३७ मतसहित नेपाली कांग्रेसका तिलक राईले पछ्याइरहेका छन् ।

यस्तै झापाको अर्जुनधारा नगरपालिकामा पनि एमाले अघि रहेको छ । मेयरमा एमालेका हरि राना १२ हजार ६ सय ३३ मतसहित अग्रस्थानमा रहेका छन् भने उनलाई कांग्रेसका हेमराज खरेलले ८ हजार ७ सय ४४ मतसहित पछ्याइरहरहेका छन् ।

कञ्चनपुरको पुनर्बास नगरपालिकाको प्रमुखमा एमालेका जीवन थापा ५ हजार ९४ मतसहित अघि छन् । उनलाई कांग्रेसका तोयाप्रसाद शर्माले ४ हजार ५ सय २१ मतसहित पछ्याइरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?