भक्तपुरबाट ईटालियन पेस्तोल र पाँच राउण्ड गोलीसहित चार जना पक्राउ
सारांश
- काठमाडौं, १४ पुस ।
- भक्तपुरको सल्लाघारीबाट ईटालियन पेस्तोल र पाँच राउण्ड गोलीसहित चार जना युवा पक्राउ परेका छन् ।
- सशस्त्र प्रहरी बलको विशेष टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
काठमाडौं, १४ पुस । भक्तपुरको सल्लाघारीबाट ईटालियन पेस्तोल र पाँच राउण्ड गोलीसहित चार जना युवा पक्राउ परेका छन् । सशस्त्र प्रहरी बलको विशेष टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा कालिकोट तिलागुफा नगरपालिका वडा नम्बर ३ का २५ वर्षीया मोती शाही र २१ वर्षका बलजित शाही, कालिकोटकै महाबै गाउँपालिका वडा नम्बर ६ का १८ वर्षीया जागेश शाही र मुगुका २२ वर्षीया भीम प्रकाश दाहाल रहेका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया