७ गते उपत्यका बन्द गर्ने विप्लव माओवादीको घोषणा…

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष ६, २०७३
|
|
२४२ पटक हेरिएको
Shares
७ गते उपत्यका बन्द गर्ने विप्लव माओवादीको घोषणा…

सारांश

  • काठमाडौं ।
  • विप्लव नेतत्वको नेकपा माओवादीले पुस ६ गते बिहान ९ बजेदेखि १० बजेसम्म चक्काजाम र पुस ७ गते उपत्यका बन्दको घोषणा गरेको छ ।
  • विप्लव माओवादीले मंगलबार विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थमा भएको मुल्य वृद्धि खारेजको माग गर्दै उपत्यका बन्द घोषणा गरेको हो ।

काठमाडौं । विप्लव नेतत्वको नेकपा माओवादीले पुस ६ गते बिहान ९ बजेदेखि १० बजेसम्म चक्काजाम र पुस ७ गते उपत्यका बन्दको घोषणा गरेको छ ।

विप्लव माओवादीले मंगलबार विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थमा भएको मुल्य वृद्धि खारेजको माग गर्दै उपत्यका बन्द घोषणा गरेको हो ।

विज्ञप्तिमा अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धिको कारण भनिए पनि विगतमा लिइएको चर्को मूल्यको तुलनामा नेपालमा अझै पेट्रोलियम पदार्थको मुल्य घटाउनु पर्ने उल्लेख गरिएको छ ।

एकैचोटी भारी मात्रामा मूल्य वृद्धि गर्नु पर्ने कुनै कारण नभएको भन्दै यसरी मूल्य वृद्धि गरिनु आयल निगमले गर्दै आएको घोटाला, राज्य संञ्चालकहरुले गर्दै आएको भ्रष्टाचार र कालोबजारीलाई टेवा पुगेको भन्दै आन्दोलन गर्न बाध्य बनाईएको विज्ञप्तीमा जनाइएको छ ।
हेर्नुहोस् विज्ञप्ति

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?