बजेटको लक्ष्य: ५ लाख रोजगारी, ८ प्रतिशत आर्थिक वृद्धिदर , एक सय ग्राम काँचो सुन ल्याउन पाइने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ १५, २०७५
|
|
२१ पटक हेरिएको
Shares
बजेटको लक्ष्य:  ५ लाख रोजगारी, ८ प्रतिशत आर्थिक वृद्धिदर , एक सय ग्राम काँचो सुन ल्याउन पाइने

सारांश

  • काठमाडौं, १५ जेठ।
  •   वैदेशिक रोजगारीबाट घर फर्कनेले एक सय ग्राम काँचो सुन लिएर आउन पाउने भएका छन् ।
  • अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बजेट सार्वजनिक गर्दै एक सय ग्रामसम्म काँचो सुन लिएर आउन पाउने घोषणा गर्नुभएको हो ।

काठमाडौं, १५ जेठ।  वैदेशिक रोजगारीबाट घर फर्कनेले एक सय ग्राम काँचो सुन लिएर आउन पाउने भएका छन् ।

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बजेट सार्वजनिक गर्दै एक सय ग्रामसम्म काँचो सुन लिएर आउन पाउने घोषणा गर्नुभएको हो । यसअघि सरकारले ५० ग्रामसम्म सुनका गहना मात्रै ल्याउन पाउने नियम थियो । तर अर्थमन्त्री खतिवडाले त्यसको दायरा फराकिलो पार्दै १ सय ग्रामसम्मको काँचो सुन ल्याउन पाउने व्यवस्था मिलाउनुभएको हो ।

त्यसका लागि कर तिर्न नपर्ने पनि बजेटमा उल्लेख छ । सुन तस्करी भइरहेको भन्दै यसअघि सरकारले विदेशबाट फर्कनेलाई सुन ल्याउन कडाइ गर्दै लगेको थियो ।

सरकारले आगामी आर्थिक वर्ष २०७५/७६ मा ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य लिएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार प्रस्तुत गरेको बजेट बक्तव्य अनुसार आर्थिक वर्ष ०७५/७६ को बजेट कार्यान्वयनबाट ८ प्रतिशत आर्थिक वृद्धिदर कायम हुने बताएका हुन् । उनले बजेट कार्यान्वयनबाट ५ लाख जनाले रोजगारी पाउने र मूल्यवृद्धि ५ प्रतिशतमा सीमित हुने पनि बताएका छन् ।

चालू आवमा भने सरकारले ७.२ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य लिएको थियो । तर, चालू आवमा ५.९ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल हुने प्रक्षेपण अर्थ मन्त्रालयले गरेको छ ।

गत आव २०७३/७४ मा सरकारले ७ दशमलव ३५ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरेकामा यस्तो अंक ६.५ मा सीमित भएको थियो । जुन विगत अढाई दशक यताकै उच्च आर्थिक वृद्धिदर थियो । गत आवदेखि सरकारले उच्च आर्थिक वृद्धिदरको लक्ष्य लिँदै आएको छ । पछिल्लो एक दशकको आर्थिक वृद्धिदर औसत ४.३ प्रतिशत छ ।

गत ७ जेठमा सरकारले जारी गरेको आव २०७५/७६ को बजेटका नीति तथा कार्यक्रममा आगामी पाँच वर्षमा दोहोरो अंकनजिकको र पाँच वर्षभित्र दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्ने उल्लेख गरेको थियो ।

नेपालीको हालको प्रतिव्यक्ति आयलाई आगामी पाँच वर्षमा दोबर बनाउने, १० वर्षभित्र नेपाललाई मध्यम आय भएको मुलुकमा स्तरोन्नती गर्ने र निर्धारित समयअगावै दिगो विकासका लक्ष्य हासिल गर्ने लक्ष्य उक्त नीति तथा कार्यक्रममा उल्लेख थियो ।

प्रतिक्रिया

5 कमेन्ट

    Comment Author

    Kul Bahadur

    बिस्कुट सुन पनि ल्याउन पाइने भो अब कि के हो?जानकारी पाउन!

      Comment Author

      Rajan Raya

      Paune vo tara tax tirnu parcha. Aba hami lai tax tirna mann lagdaina. Nepali jo pareu haina kaka.

      Comment Author

      Kul Bahadur

      Rajan Raya ट्याक्स चाहिँ कति कसरी लाग्ने रहेछ हौ भतिज

      Comment Author

      Prasad Lila

      100 g laai tax pardaina free ho

    Comment Author

    Ganesh Shakya

    अर्थमन्त्री जिउ, तपाईको त १७ पुस्ताको लागि सम्पती छ, दिन दुखी जनताको बाल मतलब? हैन र?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 5
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?