वीरगञ्जबाट २ जना व्यक्ति औषधसहित नियन्त्रणमा

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २०, २०७५
|
|
२९ पटक हेरिएको
Shares
वीरगञ्जबाट २ जना व्यक्ति औषधसहित नियन्त्रणमा

सारांश

  • अस्बिन खड्का उदयपुर, २० साउन ।
  • प्रहरीले वीरगञ्जबाट २ जनालाई लागू औषधसहित नियन्त्रणमा लिएको छ ।
  • प्रहरीले नियन्त्रणमा लिएका व्यक्तिहरु भारतको बिहार मोतिहारी जिल्ला ग्राम पञ्चायत बस्ने ३० वर्षीय निराजन कुमार र गाडीमा सवार भारतकै रक्सौलका १९ वर्षे राजन गुप्ता रहेका छन् ।

अस्बिन खड्का

उदयपुर, २० साउन । प्रहरीले वीरगञ्जबाट २ जनालाई लागू औषधसहित नियन्त्रणमा लिएको छ । प्रहरीले नियन्त्रणमा लिएका व्यक्तिहरु भारतको बिहार मोतिहारी जिल्ला ग्राम पञ्चायत बस्ने ३० वर्षीय निराजन कुमार र गाडीमा सवार भारतकै रक्सौलका १९ वर्षे राजन गुप्ता रहेका छन् ।

वीरगञ्ज महानगरपालिका– १६ वीरगञ्ज भन्सार कार्यालय अगाडिको सडकबाट उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । विभिन्न सवारीसाधन तथा पैदल यात्रीहरुसमेतको चेकजाँच गर्ने क्रममा भारतको रक्सौलबाट वीरगञ्जतर्फ आइरहेको बीआर ०५ एच ५८४३ नम्बरको सेतो रंगको स्कार्पियो गाडी चेक जाँचको क्रममा उनीहरुको साथबाट लागूऔषध बरामद भएको हो ।

कपडाको झोलामा लागूऔषध इन्जेक्सन डाइजेपामा ५०० एम्पुल, नुफिर्न ५०० एम्पुल र फेनार्गन ५०० एम्पुल गरी जम्मा १५ सय एम्पुल लागूऔषध उनीहरुको साथबाट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए । उनीहरुविरुद्ध लागू औषध शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

(https://www.softlay.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?